जुवाको अखडामा प्रहरीको छापा, एमाले नेतासहित १८ लाख ५१ हजार बरामद

 न्यूज विराट
जुवाको अखडामा प्रहरीको छापा, एमाले नेतासहित १८ लाख ५१ हजार बरामद

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पुर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पुर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ ह्जार  ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राती गोप्य सूचनाको आधारमा पक्राउ गरिएको एसपी कार्कीले बताए । यसरी पक्राउ पर्नेहरुमामा सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनक कुमार मास्के, मोहतरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का अहिलाल माझी, धरान १५ का युवक राई, दमक १० का ऋतुबर्ण नेम्वाङ, लेटाङ ९ का लोकनाथ सापकोटा र सुन्दरहैचा ३ का प्रताप राई रहेका छन् ।

सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको  एसपी  कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।
ग्रामथान ४ मोतीपुर क्षेत्रमा जुवाको अखडा बनाएर नामुद जुवाडेहरु जुवा खेल्ने गरेका थिए । यहाँ कोशी प्रदेशको विभिन्न जिल्ला र मधेश प्रदेशबाट पनि जुवाडेहरु ग्रामथानमा जुवा खेल्न आउने गरेका थिए । खोला छेउ छाउको घरहरुमा व्यवस्थित रुपमा जुवा खेल्ने अखडा बनाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको साथबाट र जुवा खालबाट १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ । जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई छलेर ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र केही वर्षयता नियमित जुवा खाल संचालन गरिँदै आएको थियो ।

जुवा खाल कसले संचालन गरेको थियो भनेर यकिन भइसकेको छैन । उक्त खाल ‘बाह्रमासे’ जुवा खालका रूपमा परिचित थियो । प्रहरीले लामो समयदेखि नियन्त्रणमा लिने प्रयास गरिरहे पनि सम्भव हुन सकिरहेको थिएन ।

यसअघि पनि प्रहरीले जुवा नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, प्रहरीलाई परै देख्नासाथ खालबाट फरार भएका कारण जुवाडे पक्राउ परेका थिएनन् ।

चाडपर्व नजिकिएसँगै जुवाजन्य गतिविधीहरु हुने भएकोले प्रहरीले कडा निगरानी गरेको एसपी कार्कीले बताए । यसअघि पनि डिएसपीको नेतृत्वमा खटिएको प्रहरी टोलीले यस क्षेत्रको पुगेर अनुसन्धान गर्दै आएको उनले बताए ।
पक्राउ परेका जुवाडेहरुलाई इलका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ । उनीरुलाई आज जुवा ऐन अन्तर्गत मोरङ अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गर्ने प्रहरीले तयारी गरेको छ ।

सम्बन्धित समाचार

दशैँ अघिनै प्रदेश १ सरकार परिवर्तन हुन्छः प्रमुख सचेतक कार्की

विराटनगर, १ भदौ । प्रदेश १ को प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दशैं अघि नै प्रदेश १ को सरकार परिवर्तन भइसक्ने दाबी गरेका छन् । आज विराटनगरमा पत्रकारहरूसँगको भेटमा कार्कीले यस्तो दाबी...

मेरिल्याण्ड कलेजमा ‘बिजनेस आइडिया इनोभेसन’ कार्यक्रम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया इनोभेसन कार्यक्रम आयोजना गरेको छ ।व्यवस्थापन संकायमा अब्बल कलेजको रूपमा स्थापित मेरिल्याण्डमा विद्यार्थीहरुलाई व्यापार व्यवसायको बारेमा आइडिया दिने उद्देश्यले बिजनेस आइडिया इनोभेसन कार्यक्रम आइतबार गरेको हो ।बिजनेस आइडिया...

अमेरिकाको कोलोराडोमा गोली चल्यो, १० जनाको मृत्यु

एजेन्सी, १० चैत । अमेरिकाको कोलोराडोमा गोली चलेको छ । हतियारधारी एक व्यक्तिले गोली चलाउँदा एक जना प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।बीबीसीका अनुसार कोलोराडोस्थित बोल्डर सहरमा भएको उक्त गोलीकाण्डमा हतियार बोकेका ती व्यक्तिले...

मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा  

काठमाडौं, २४ जेठ-गर्भवती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३०  कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् । गत मंगलबार अस्पताल भर्ना भएकी दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको...

युएनडीपीद्धारा कोशी अस्पतालाई सरसफाइ सामाग्री वितरण

विराटनगर । युएनडीपीद्धारा विराटनगरस्थित कोशी अस्पताललाई सरसफाइ गर्ने उपकरणहरु हस्तान्तरण गरेको छ । अस्पतालमा एक कार्यक्रम आयोजना गरी १० लाख ८४ हजार ८ सय ३८ मुल्य बरावरको सरसफाइ सामाग्री हस्तान्तरण गरिएको हो ।युएनडीपका प्रोग्राम कोडिनेटर...

प्रभु बैंकको नारायणगढ शाखामा आगलागी

चितवन, १५ वैशाख-चितवनको नारायणगढस्थित प्रभु बैंक शाखामा आगलागी भएको छ ।विद्युत चुहावट भएर आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र...

कोरोनाको उच्च जोखिममा छ देश : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमणमा देश अति जोखिममा रहेको बताएका छन् । उनले देशबासीको नाममा सम्बोधन गर्दै अहिलेसम्म ९ जनामा सीमित रहे पनि उच्च जोखिममा रहेको बताएका हुन् । उनले कोरोनाविरुद्धको लडाइमा सरकार ऐक्यबद्धता...

नुहाउन गएका बेला भालुको आक्रमण

जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिजाे बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्