कृषि एक्स्पोको तयारी पुरा, पाँच ब्लकमा १३० वटा स्टल रहने

 न्यूज विराट
कृषि एक्स्पोको तयारी पुरा, पाँच ब्लकमा १३० वटा स्टल रहने

विराटनगर । प्रदेशमै पहिलो पटक कृषि एक्स्पो २०८१ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गते सम्म कटहरी कृषि थोक बजारमा एक्स्पो हुने भएको हो ।
एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको उद्योग वाणिज्य महासंघ कोशीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओट्ने कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तारको सम्भावनालाई मध्येनजर गर्दै यसको उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।
एक्स्पोमा नविनतम् औजार, यन्त्र तथा प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपक्षि प्रदर्शनी, पर्यावरण–मैत्री ज्ञान, शिप र प्रविधि, कृषि विज्ञसंग छलफल तथा सेमिनार कार्यक्रम, नयाँ नयाँ अनुसन्धान र परियोजनाहरूको प्रस्तुती हुनेछ । यस्तै बजार तथा व्यापारका अवसरहरु, पशुपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेत देखी भान्साको अनुभव तथा फुड फेस्टिवल एवं जिल्ला बाहिरबाट मेला अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको पनि व्यवस्था रहने राउतले जानकारी दिए ।

एक्स्पो हुने स्थानमा जम्मा ५ वटा ब्लक छुटयाइएको छ । जसमा ए मा पशुपंक्षी, विमा कृषि, सि मा मेशिनरी डि मा फूड स्टल र ई मा गोष्ठी तथा परामर्श सेवा रहेको छ । एक्स्पोमा करीव १३० वटा स्टल रहने छन् जसमा भारतको विहार तथा कोलकत्ताबाट २० वटा स्टल आउने जनाईएको छ ।
एक्स्पो अवधिभर कृषि, पशुपंक्षी, कष्टम हाइरिंग, क्लाईमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायतका विषयमा नेपाल तथा भारतका विज्ञवाट संवाद कार्यक्रम राखिएको छ । यसैगरी कृषि व्यवसायी वीच विटुवी कार्यक्रम समेत राखिएको छ ।
काठमाण्डौं विश्वविद्यालयले कृषि विषयमा परामर्श दिने कार्यक्रम रहेको छ जुन लोकसेवाको तयारीमा रहेका परिक्षार्थीहरुका लागि उपयोगी हुनेछ । एक्स्पोमा जिल्ला नगर उद्योग वाणिज्य संघहरु, कृषि ज्ञान केन्द्र, १३७ वटा स्थानीय तह, कृषक, कृषी व्यवसायी, सहकारी, काठमाण्डौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि कलेजबाट सहभागी हुनका साथै समुद्घाटन कार्यक्रममा भारत, विहार राज्यका माननीय कृषि मन्त्री लगायत कृषि विभाग र विज विभागका विज्ञहरुको सहभागिता रहने कार्यक्रम रहेको छ । कृषि एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ ।
प्रदेश सरकार, कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ, स्वीस सरकार विकास सहयोग एसडीसीले एक्स्पोको प्रवर्द्धन गरिरहेको छ । यस्तै नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउँपालिका सहयोगी संस्था रहेका छन् । यसैगरी एक्स्पोको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक रहेको छ भने प्रायोजकमा बोहरा ग्रुप, कृषि विकास बैंक र मुक्तीनाथ कृषि विकास कम्पनी लि. रहेका छन् ।
यसैगरी एक्स्पोको सह प्रायोजकमा एनएमवि बैंक, सिद्धार्थ बैंक, नविल बैंक, बुढीगंगा गाउंपालिका र जहदा गाउँपालिका रहेको छ । उक्त एक्स्पो संचालन गर्न १ करोड खर्च हुने अनुमान आयोजकको छ ।

सम्बन्धित समाचार

क्वारेन्टानमा खान नपाउँदा गाउँपालिका घेराउ

दैलेख, १९ जेठ-२ दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टानमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा १ हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टानमा रहेका...

मिल्स गोल्डकपको फाइनल : पहिलो हाफमा १–१ गोलको बराबरी

विराटनगर । विराटनगरमा जारी चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पहिलो हाफमा १–१ गोलको बराबरी भएको छ ।विराटनगर जुट मिलको खेलमैदानमा जारी फाइनल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी र पेमा युवा क्लब...

जनप्रतिनिधिहरुलाई दशै भत्ता कानुन विपरीतः प्रमुख सचेतक कार्की

विराटनगर, ५ कात्तिक–नेपाली काँग्रेस प्रदेश १ संसदिय दलका प्रमुख सचेतक केदार कार्कीले ऐन नियाम विपरीत दशै भत्ता लिने जनप्रतिनिधलाई कानुन बमोजिम कारवार्ही गर्न माग गरेका छन् । बुधबार विज्ञप्ती प्रकाशित गर्दै कोरोना कहरमा जनप्रतिनिधिहरु जनताप्रति...

एकैदिन देखियो १० जनामा कोरोना संक्रमण, नेपालगञ्जमा मात्रै ९ जना

काठमाडौं, २१ वैशाख-नेपालमा आइतबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका...

मुख्यमन्त्री राई राहत सामाग्रीका साथ सङखुवासभाको चित्रेडाँडा पुगे

विराटनगर, २९ असार–प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले संखुवासभाको सिलिचोङ्ग गाउँपालिकाको– १ को सिसिवा वेसिन्दाका पहिरो पीडित परिवारलाई राहत पु¥याउन आज अपरान्ह त्यसतर्फ गएका छन् । मुख्यमन्त्री राई नेपाली सेनाको हेलिकप्टरमा राहत सामाग्री...

लकडाउनमा ५ हजार विदेशी फिर्ता

काठमाडौं, २८ वैशाख-कोभिड-१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै ५ हजार विदेशी नागरिक आआफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा चार्टर फ्लाइटमार्फत् शनिबारसम्म विभिन्न मुलुकका...

एसईई स्थगितप्रति सरोकारवाला असन्तुष्ट

सरकारले एक दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरिदिएकाे छ । विश्वभर फैलिएकाे काेविड-१९ काे प्रकाेप नेपालमा फैलिन नदिन भन्दै सरकारले पूर्वसन्ध्यामा एसईई स्थगित गर्नुपरेकाे बताएकाे छ । तर, सराेकारवालाले भने सरकारकाे यस्ताे निर्णयप्रति असन्तुष्टि जनाएका छन्...

लकडाउनपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १७ वैशाख-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्