१५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर कटहरीको फलफूल तथा तरकारी थोक बजारमा संचालन

 न्यूज विराट
१५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर कटहरीको फलफूल तथा तरकारी थोक बजारमा संचालन

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर संचालनमा आएको छ । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले एक कार्यक्रमको बीच सोमबार उद्घाटन गरी कोल्ड स्टोर संचालनमा ल्याएका हुन् ।

प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना कार्यान्वय एकाइ मोरङ र कटहरी गाउँपालिकाले भ्याटसहित २४ लाख ३२ हजार ४ सय ९ रुपैयाँ लागतमा उक्त कोल्ड स्टोर निमार्ण गरी संचालनमा आएको छ । कोल्ड स्टोर निमार्णको लागि परियोजनाले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत व्यहर्ने सहमति अनुसार निमार्ण भएको हो । जस अनुसार परियोजनाले १९ लाख ४७ हजार ५७ रुपैयाँ र गाउँपालिकाले ४ लाख ८५ हजार ३५२ रुपैयाँ खर्च व्यहोरेको छ ।

कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएपछि कृषकको उत्पादन खेर जान बाध्यता अब अन्त्य भएको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘अब कृषकले आफ्नो उत्पादन खेर जाने समस्याबाट मुक्ति पाउँदैछन् । कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएको छ । कृषकले उत्पादन गरेको कृषी उपज खेर जाँदैन । भण्डारणको उचित व्यवस्थापन भएको छ,’ अध्यक्ष चौधरीले भने, ‘निमार्ण सुरू भएको दुई महिनापछि संचालनमा ल्याउन सफल भएका छौं । ’
परियोजनाले मोरङको कटहरी र जहदाको केही वडालाई समेटेर कृषी जोन क्षेत्र घोषणा गरेको छ । कटहरीको २, ३, ४ र ६, जहदाको ३ र ४ नम्बर वडालाई समेटेर ८ सय हेक्टर जग्गामा तरकारी जोन घोषणा गरेर व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएको छ । उक्त जोनबाट उत्पादन भएको बस्तु विक्री वितरण गर्नको लागि कोल्ड स्टोर निमार्णको लागि परियोजनाले गत मंसिर १३ गते सूचना जारी गरेको थियो । त्यसपछि उपयुक्त स्थान कटहरीको फलफूल तथा तरकारी थोक बजार भित्र उपयुक्त भएपछि त्रिपक्षीय सम्झौता गरिएको इकाइ प्रमुख मनोज कुमार यादवले बताए । १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरमा तीन वटा कोठा रहेको छ । ५ टन क्षमताको तीन वटा कोठा रहेको छ । प्रविधिमा आधरित निमार्ण भएको कोल्ड स्टोर कृषक र व्यवसायिक प्रयोजनको लागि भाडामा लइनेछ । ‘कृषकहरूले कृषीजन्य उत्पादन एक हप्तासम्म भण्डारण गरिएको शुल्क लाग्नेछैन । त्यसपछि उचित शुल्क लाग्नेछ । अन्य उत्पादक उद्यमी व्यवसायीहरुको सामाग्रीहरु भण्डारण गर्दा नियमानुसार शुल्क लिई सेवा दिइनेछ,’ इकाइ प्रमुख यादवले भने, ‘कोल्ड स्टोर निमार्ण भएपछि कार्यविधी बनाएर सुचारु हुनेछ । ’


कृषक र व्यवसायिक प्रयोजनको लागि कोल्ड स्टोरको माग बढदै गएमा थप विस्तार गरिने उनले बताए । ‘माग वृद्धि हुँदै गए आगमी आर्थिक वर्षहरूमा भण्डारण क्षमता वृद्धि गर्दै जाने योजना रहेको छ,’ उनले भने ।

सम्बन्धित समाचार

हिसान खेल ः पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी भएका छन् । विहिबार भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजले विकेभिएम...

कोरोना संक्रमणबाट प्रदेश १ मा एकैदिन २२ जनाको मृत्यु

काडमाडौं, १९ जेठ । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ९ महिला र १३ जना पुरुषको मृत्यु भएको हो । मृतकमध्ये सबैभन्दा बढी मोरङका ८...

संसद पुनर्स्थापनाका लागि कांग्रेसले झण्डा उठाओस :योगेश भट्टराई

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसले किन झण्डा उठाउन सक्दैन भनेर प्रश्न गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित विरोधसभा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले असंवैधानिक...

ओलीले पार्टीको निर्णय मान्नु पर्ने अगेनो रेष्टुरेन्ट भेलाको निष्कर्ष

काठमाडौं, १७ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको भेलाले ओलीलाई स्थायी कमिटीको बैठकले गरेको निर्णय मान्न निर्देशन दिने निष्कर्ष निकालेको छ । बुधबार दिउँसोबाट सुरु भएको ललितपुरको अगेनो रेष्टुरेन्टमा...

काँकरभिट्टा नाका लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

विराटनगर, चैत ९–पछिल्लो समय पूर्वीनाका काँकरभिट्टा लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पूर्वमा लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टानाका यतिखेर उनीहरुका लागि सुरक्षित यात्रास्थल जस्तै बनेको हो । केहीवर्ष अघिसम्म...

श्रीमान्‌लाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा श्रीमती पक्राउ

काठमाडौं, २६ चैत । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका- ८ दुर्गाचोकका ४२ वर्षीय उत्तम सुवेदीले बिहीबार आफ्नै घरको भान्छामा पासो लगाएर आत्महत्या गरेका थिए । उत्तमलाई आत्महत्या गर्न...

कोरोना संक्रमणबाट बाँकेमा अर्का १ युवकको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।  बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । ३० वैशाखमा भारतबाट आएका ती युवकको गएराति एक्कासि स्वास्थ्यमा...

यस्तो छ आजको मौसम

नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । मंगलबार बिहान मौसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्