श्रीमानसँगको रिसले दुई छोरीको हत्या

 न्यूज विराट
श्रीमानसँगको रिसले दुई छोरीको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा पाँच दिन अगाडी मृत फेला परेका २ नाबालिकाको हत्या आफ्नै आमाले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिको रिसका कारण आमा अस्मिता पौडेल (कार्कीले) १ वर्षीया छोरी आइङ्का र ३ वर्षीया छोरी अर्पणा कार्कीलाई विष खुवाएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

गत शनिबार सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरूको शव भेटिएको थियो । छोरीहरू मृत फेला परे पनि आमा अस्मिता सम्र्पकविहीन थिइन् । घटनापछि फरार बनेकी उनलाई पाँच दिनपछि बुधबार झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्ग नजिक एभरेष्ट बैंक अगाडि हिँडिरहेका बेला फेला पारिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ परेकी अस्मितालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।
‘मलाई पतिले धेरै तनाव दिन्थे । ‘मारेर गाड्छु’ भन्न थाले । ‘टर्चर’ सहन सकिनँ,’ उनले भनिन्, ‘त्यसपछि दुवै छोरीलाई लिएर हिँडे । मर्नलाई भनेर विष पनि लिएर गएकी थिएँ । छोरीहरूलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन ।’ सुरुमा आफूले विष सेवन गरेको र छात्ती पोल्न थालेपछि अब चाहिँ मर्छु होला भनेर छोरीहरूलाई समेत खुवाएको अस्मिताले बताएकी छन् । आफूलाई पतिले धेरै पहिलेदेखि तनाव दिँदै आएको र अति भएपछि यो बाटो अपनाएको उनले बताइन् । ‘सुरुमा मैले विष खाएँ । त्यसपछि छोरीहरूलाई खुवाएँ । उनीहरू मरे । तर, म चैं मरिन,’ उनले भनिन्, ‘यस्तो बाटो अपनाउन मन थिएन । घरमा कहिल्यै मेलमिलाप भएन । मलाई लामो समयदेखि ‘टर्चर’ थियो । सहन सकिनँ ।’ उनको भनाइ अनुसार पतिसँग बारम्बार झैझगडा र विवाद हुने गरेको थियो ।

तर, अस्मिता आफूले चाहिँ विष खाइन् कि खाइनन् भन्ने विषय अनुसन्धानपछि पत्ता लाग्ने एसपी कार्कीले बताए । ‘शारीरिक अवस्था हेर्दा विषको असर हो कि जस्तो देखिन्छ । तर, रगत परीक्षणपछि मात्रै पत्ता लाग्छ । परीक्षणको प्रक्रिया अघि बढाइसकिएको छ,’ एसपी कार्कीले भने ।
प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो । अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको थियो ।

सम्बन्धित समाचार

प्रदेश २ मा ३ हजार ७ सय ३७ जनामा कोरोना संक्रमण

जनकपुरधाम, २२ असार-प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना र धनुषामा १ जनामा संक्रमण देखिएको हो । सोमबार संक्रमण पुष्टि भएकाहरूमध्ये...

भारतबाट आएका आमालाई वडाध्यक्षले नै क्वारेन्टाइनबाट जबर्जस्ती घर लगे

रुपन्देही, २६ वैशाख-रुपन्देहीको समरीमाई गाउँपालिका-१ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् । समरीमाई-७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा २ दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव ३ दिनअघि भारतबाट लुकिछिपी...

कृषि सामाग्री कम्पनी विराटनगरद्वारा सहकारीलाई युरिया मल वितरण सुरु

विराटनगर, २९ साउन । धानबालीको उत्पादन वृद्धिका लागि आवश्यक पर्ने युरिया रसायनिक मल कृषि सामाग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आजदेखि वितरण कार्य शुरु गरेको छ। कार्यालयका प्रमुख नरेश कुमार सापकोटाले अहिले कम्पनीमा सात हजार ५००...

सुलभको ‘हिस्ट्री’ खोतल्दै प्रहरी

काठमाडौं, ३ वैशाख-महानगरीय प्रहरी अपराध महाशाखाले न्यायिक हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालको विषयमा विशेष अनुसन्धान गरिरहेको छ ।२५ चैत २०७६ मा पक्राउ परेका शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाललाई मंगलबार थप ५ दिनको लागि जिल्ला प्रशासनबाट...

विराटनगरमा रथयात्राको तयारी तीब्र

विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ ।बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ । रथ घुमाउन...

स्वास्थ्य मन्त्रालयले भन्यो -गर्भवती महिलाको मृत्युबारे अनुसन्धान गर्दै छौँ थप सामग्री

काठमाडौं, ३ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको अस्पताल ल्याउँदै गर्दा बाटोमा निधन भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले महिलाको स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याउँदै...

आगामी बजेटमा पूर्वले प्राथमिकता पाउँछ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन...

आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रचण्डको धोति फेरि खुस्कियोः महेश बस्नेत

काठमाडौँ, माघ २३ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो स्वार्थका लागि रास्ट्रघात र अपराध जे पनि गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको धोति फेरि एक पटक खुस्किएको बताउनुभयो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्