कोशी अस्पतलामा क्यान्सरको उपचार सेवा विस्तार, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक आउने

 न्यूज विराट
कोशी अस्पतलामा क्यान्सरको उपचार सेवा विस्तार, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक आउने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कोशी अस्पतालमा क्यान्सर रोगीहरुको उपचारको लागि थप सेवा विस्तार गरिएको हो ।

सेवा विस्तार कार्यक्रममा दुई पक्षीय सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेलको उपस्थितिमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक ठा.उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रबिनराज सिंहबीच सेवा विस्तार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकसहितको टोलिले कोशी अस्पतालमा महिनाको एक दिन सेवा दिनेछन् । त्यस वापतको यातायात तथा खाजा खर्चको व्यवस्थापन कोशी अस्पतालले गर्नुपर्नेछ । बहिरङ्ग, अन्तररङ्ग एवं उपचार सेवा बिरामीले पाउने छन् । जसका लागि कोशीमा क्यान्सर रोगको उपचार सेवाका लागि आवश्यक वातावरण तयार पार्ने, सेवाग्राहीलाई सेवा बारे जानकारी गराउने, कोशीको पूर्वाधार, औजार, उपकरण र जनशक्ति परिचालन गरिने उल्लेख छ ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक चालिसेका अनुसार कोशीमा बिरामी चापको आवश्यकता हेरेर सेवामा सहजीकरण गरिने बताए । उनका अनुसार क्यान्सरमा एकै विधाका चिकित्सकले सबै कुरा हेर्न नसक्ने भएकोले बिरामीको अवस्था र आवश्यकता अनुसार चिकित्सकहरु आउने बताएका छन् । अहिले भक्तपुर क्यान्स अस्पतालका चिकित्सकहरु महिनामा एक पटक कोशीमा आएर विरामीलाई सेवा प्रदान गर्ने उनले बताए ।

‘अहिले महिनामा एक पटक चिकित्सकको टोली आउने भनिएको छ । आवश्यकता पर्यो भने तेही अनुसार पनि आइन्छ,’ उनले भने, ‘अहिले सुरुवाती चरणमा ६ जना क्यान्सरका विशेषज्ञ चिकित्सकको टोली आएको छ ।’ यहाँका चिकित्सकसँग गरेर विरामीको आवश्यकत अनुसार क्यान्सरका विशेषज्ञ चिकित्सकको टोली आउने उनले बताए ।
कोशी अस्पतालमा यसअघि पनि क्यान्सरको ओपीडि सेवा मात्रै सुरु भएको थियो । कोशी अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. रवि कटेथले क्यान्सरका विरामीलाई सेवा दिदै आएका थिए ।
कार्यक्रममा मन्त्री पौडेलले क्यान्सर रोगमा सरकारले गर्ने सहयोगलाई व्यापक बनाउने तयारी स्वरुप पाँचलाखको स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयनमा ल्याउन चाहेको बताए । उनले त्यसका लागि स्वास्थ्य सेवा कर लाग्ने क्षेत्रबाट निश्चित रकम जम्मा गर्न लगाउने बताए । यसैगरी स्वास्थ्य सेवालाई जसरी पनि नागरिकको पहुँचयोग्य बनाउनका लागि सरकारले तत्काल गर्नसक्ने कार्यक्रमहरु कार्यन्वयनमा ल्याउन चाहेको बताए ।

सम्बन्धित समाचार

ज्वरो बढेपछि कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौं, ३१ भदौ-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका कोइराला ज्वरो बढेपछि मंगलबार राति ८ बजे अस्पताल भर्ना भएका हुन् ।  डा.कोइरालाको उपचारका अस्पतालका मेडिकल...

प्रदेश १ः पाँच दलिय गठबन्धनले सार्बजनिक गर्यो न्यूनतम साझा कार्यक्रम

विराटनगर, १० पुस । पाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । शनिबार गठबन्धनले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको हो । अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको...

मह जोडी बने महामूर्ख, प्रदेशमन्त्री जितेन्द्र सोनल मूर्ख शिरोमणि घोषित

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई यस वर्षको 'महामूर्ख' उपाधि प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषद्ले होली पर्वको अवसर पारेर आइतबार मह जोडीलाई सो उपाधि प्रदान गरेको हो । त्यस्तै प्रदेश- २ का...

विराटनगर रोडशेष चोकबाट ठुलो परिमाणमा भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद

विराटनगर, १३ माघ । विराटनगरको रोडषेश चोकबाट प्रहरीले ठुलो परिमाणमा अवैध कुखुरा बराबद गरेको छ । विराटनगर–१२ स्थित रोडशेष चोकबाट भारतको जोगवनीबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको ठुलो परिमाणमा बोइलर कुखुरा प्रहरीले बरामद गरेको हो ।...

दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा, रहस्यकाे पर्दा अझै खुलेन

नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा...

प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने बताएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८० ÷८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत...

विराटनगरमा २८ सहित प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

झापाकाे काँकरभिट्टास्थित जुत्ता कारखानामा भीषण आगलागी

विराटनगर, २० माघ । झापाकाे काँकरभिट्टामा रहेको एक जुत्ता कारखानामा आगलागी भएकाे छ । मेचीनगर- ६ काँकरभिट्टाकाे एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको हाे । आगलागी नियन्त्रणकाे प्रयास भइरहे पनि नियन्त्रण हुन सकेकाे छैन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्