विराटनगरमा आज ३ बजे रथयात्रा निकालिँदै, यी ठाउँमा लिन्छ विश्राम

 न्यूज विराट
विराटनगरमा आज ३ बजे रथयात्रा निकालिँदै, यी ठाउँमा लिन्छ विश्राम

विराटनगर । विराटनगरमा आज राधाकृष्णको रथयात्रा निकालिँदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौं सहभागी हुने गरेका छन् ।

१९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो ।
राधाकृष्णको युगल जोडीसहितको ९३ औं संस्करणको रथयात्रा विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुनेछ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

विगतभन्दा फरक र अझ भव्य रुपमा रथयात्रा निकाल्ने तयारी भइसकेको आयोजकले जनाएको छ । भक्तजनहरुलाई पूजाआजा गर्न सहज हुने गरी ४३ स्थानमा राधाकृष्णको रथलाई विश्राम गराउने निश्चित गरिएको छ । रथयात्रामा विराटनगर आसपासहित मोरङका विभिन्न स्थानका र भारतको विहारबाट पनि भक्तजन आउने गरेका छन् ।

यात्रामा चलाइने पेगोडा शैलीको रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । रथको अग्रभागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाइका लठ्ठा डोरी रहने छन् । ती डोरी तान्न भक्तजनहरुको तछाडमछाड हुने गरेको छ ।
रथयात्राका क्रममा कुनै अप्रिय घटना हुन नदिन र सुरक्षाका लागि ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गर्ने तयारी छ । श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेकाले कृष्णको स्मरण रथयात्राले गराउने बताइन्छ ।

रथयात्रामा यस पटक ५ लाख बढी भक्तजनको सहभागिता हुने अपेक्षा गरेको श्रीराधाकृष्ण राथयात्रा समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । विराटनगरको रथयात्रा भारतको जगनाथपुरीको रथयात्रापछिको दोस्रो ठूलो भएको उनले दावी गरे । भगवान राधाकृष्ण सवार रथयात्राको दर्शन गरेमा वा रथको डोरी छोएमा मात्रै पनि मनोकांक्षा पूरा हुने विश्वास रहेको उनको भनाइ छ ।

रथयात्रामा सुरक्षा योजनाका साथ ठूलो संख्यामा पोसाक र सादा पोसाकमा प्रहरी परिचालित गरिने मोरङ प्रहरीले जनाएको छ । भीडभाडमा चोरी, लुटपाट, पकेटमारजस्ता कार्य हुन नदिनका निम्ति सादा पोसाकमा पनि ठूलो संख्या प्रहरी परिचालन हुनेछन् ।

भीडभाडमा आउँदा बहुमूल्य गरगहना नलगाउन, बहुमूल्य वस्तु नल्याउन र स्वयं आफू पनि सचेत, चनाखो हुन प्रहरीले आग्रह गरेको छ । तीन वटै सुरक्षा निकायले रथयात्रालाई सुरक्षित र भयरहित बनाउन काम गर्ने मोरङ प्रहरीका उपरीक्षक नवराज कार्कीले बताएका छन् ।

सम्बन्धित समाचार

नेपालमा कोरोना परीक्षणको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २९ चैत=कोरोना भाइरस संक्रमणको आशंकामा गरिएको नमुना परीक्षणको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ हजार ४ सय २६ जनाको कोभिड-१९ सम्बन्धी नमुना परीक्षण गरिएको छ । मन्त्रलायलको...

उपचारका क्रममा मृत्यु भएका युवकको पीसीआर नेगेटिभ

चितवन, २४ जेठ-चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । माडी नगरपालिका-६ का २७ वर्षीय युवकको नतिजा नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । माडीको...

कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, एकै दिन ४४८ जना संक्रमण पुष्टि

काठकाडाैं, ३० जेठ-नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिन थप ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले...

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने

काठमाडौं, ४ मंसिर-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड-१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए...

कृषि उपजको सूचना प्रवाह गर्ने ‘कृषि मुल्य सूचना प्रणाली’ सञ्चालन

विराटनगर । कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । प्रमुख कृषि बजारहरुमा पाइने कृषि उपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले बुधबारदेखि उक्त सूचना प्रणाली संचालनमा ल्याएको हो । मूल्य सूचना प्रणाली सार्वजनिक...

जेठ २ मा फर्कंदा संस्थापन स्पष्ट बहुमतमा, माधव समुह अल्पमतमा (सूचीसहित)

काठमाडौं, असार १६ । नेकपा एमालेले माधव नेपाल समुहको माग पूरा गर्दै एकताअघि २०७५ जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेपछि केन्द्रीय कमिटीमा को बलियो भन्ने जिज्ञासा उत्पन्न भएको छ । अध्यक्ष केपी शर्मा...

विराटनगर लगायत पूर्वका ३ शहरमा ‘थ्री वाई थ्री बास्केटबल’ भदौ ६ गतेदेखि १० गते सम्म हुने

मोरङ –प्रदेश नं. १ का ३ शहरमा विपन्न बालबालिकाका लागी खेलकुद नेपाल  (पिडिसिएन) ले ‘थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । पिडिसिएनको आयोजनमा विराटनगर लगायत धरान र विर्तामोडमा गर्ने भएको छ । प्रतियोगिता...

नोबेलमा २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, २३ असोज–विराटनगरस्थित नोबेल शिक्षण अस्पतामा उपचाररत दुई जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्