इप्रका रंगेलीलाई सफलता, गोदाम छापा हानेर तस्करीको चप्पल बरामद

 न्यूज विराट
इप्रका रंगेलीलाई सफलता, गोदाम छापा हानेर तस्करीको चप्पल बरामद

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले छुटाछुट्टै दुई स्थानमा गोदाममा छापा हानेर भारतबाट तस्करीको भएको ठूलो परिमाणको चप्पल बरामद गरेको छ ।
मोरङको पूर्वी दक्षिण सीमाक्षेत्रबाट भारतीय नगरिकले पूर्वी सहरमा तस्करी गरि विक्री वितरण गर्न गोदाममा राखिएको ठूलो परिमाणको चप्पल प्रहरीले छापा हानेर बिहीबार नियन्त्रणमा लिएको हो ।

रंगेलीका अलगअलग दुई स्थानका भण्डारण गरिएको अवस्थामा १६ लाखको चप्पल इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले बरामद गर्यो । रंगेली नगरपालिका–३ आमतोला र रंगेली–८ दर्वेसामा छापा हानेरे चप्पल बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । आमतोलास्थित नजिया खातुनको घरको कोठाबाट ११ लाख मूल्य बराबरको १६ बोरा र दर्वेसास्थित यज्ञ अग्रवालको घरको कोठाबाट ५ लाख बराबरको ६ बोरा चप्पल बरामद भएको उनले बताए ।
उनका अनुसार एउटा बोरामा ३ सयदेखि ६ सय जोडीसम्म चप्पल भेटिएका छन् । जम्मा ८ हजार जोडी चप्पल बरामद भएको जानकारी बस्नेतले दिए । अवैध धन्दा चलाइरहेका व्यक्तिले खातुन र अग्रवालको घरको कोठा भाडामा लिएर विभिन्न ब्राण्डका चप्पलको तस्करी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रारम्भिक अनुसन्धानबाट तस्करीमा घरधनीको संलग्नता भने देखिएन । चप्पल तस्करीमा संलग्नको पहिचान नखुलेको डीएसपी बस्नेतको भनाइ छ । प्रहरीका अनुसार नाम, थर र वतन नखुलेका बंगाली भनेर चिनिने व्यक्तिले भन्सार छली गरेर विभिन्न ब्राण्डका चप्पल तस्करी गरी घरको कोठा भाडामा लिएर भण्डारण गरी राखेको सूचना आएको थियो ।
ती व्यक्तिले ५ महिना अघिदेखि घर भाडामा लिएर भारतबाट चप्पल तस्करी गरेर नेपाल भित्राउने गरेको प्रहरीको भनाइ छ । प्रहरी आएको थाहा पाएर तस्करीको धन्दा चलाइरहेका व्यक्ति भने फरार बनेका थिए । उनको खोजी भइरहेको डीएसपी बस्नेतले बताए । बरामद भएका चप्पल आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने जानकारी उनले दिए ।

प्रहरीले यसरी पत्ता लगायो गोदाम
सुरक्षामा खटिएका प्रहरीलाई विहान मोरङको धनपाथालन गाउँपालिका २ बेतनामा देखपछि अवैध रुपमा चप्पल ल्याउने कारोबारी साइकल छोडेर फरार भए । उनले उक्त साइकलमा २०० पिस चप्पल लाइएको पाइएको थियो । ‘एका बिहानै कहाँबाट यत्रो चप्पल ल्लायो भनेर खोजविन गर्दै जाँदा रंगेली नगरपालिका–३ आमतोला र रंगेली–८ दर्वेसामा गोदामा रहेको थाहा भयो । त्यसपछि गोदाम छापा हानेर १६ लाखको चप्पल बरामद गरिएको हो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘भन्सार छलेर क्यारिङहरु मार्फत थोरै थोरै गर्दै भण्डरण गरेको पाइएको छ । ’

सम्बन्धित समाचार

औषधीको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो

विराटनगर । लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । चिकित्सकको प्रेसक्रिप्सन विना लागु तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले सरोकारवालाहरूले...

बालिका बलात्कार आरोपमा २ युवक पक्राउ

कैलाली, ५ असार-कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।प्रहरीले गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका-४ बस्ने १९ वर्षका का नवीन सावद र सोही ठाउँका...

कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ६५ पुग्यो

काठमाडौं, २२ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मन्त्रालयका...

सङ्क्रमित किशोरलाई वीरगञ्ज पठाइयो

सर्लाही, १२ वैशाख-सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजिटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ । किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख...

राष्ट्रिय बाघ सर्वेक्षण : बाघको सङ्ख्या बढाउन चुनौती

वलपुर, १५ मङ्सिर-यही मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ । निकुञ्जले चितवन–पर्सा...

विराटनगर महानगरले ल्यायो ३ अर्व ४९ करोड ९८ लाखको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ३ अर्व ४९ करोड ९८ लाख ८६ हजार रुपैयाको बजेट ल्याएको छ ।महानगरपालिको चौथो नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले सोमबार  सो बरावरको आगमी आर्थिक वर्षको...

इलाममा आइटिएफ गठन, अध्यक्षमा किसान सुब्बा

विराटनगर । इलाममा आइ.टिएफ तेक्वान्डो एसोसिएसन संघ गठन भएको छ । समितिको अध्यक्षमा किसान सुब्बा खजुम रहेका छन् । समितिको उपाध्यक्षमा बबिता लिम्बु, सचिबमा मन प्रसाद लोङदम, कोषाध्यक्षमा तुलसी देवी खजुम र सदस्यहरूमा कमला लिम्बु,...

लागुऔषधसहित युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्