सभापतिका आकांक्षी डा. शेखर कोइराला प्रदेश १ मै कमजोर, कोइराला परिवारको आधार क्षेत्रमै देउवाले गाडे झण्डा

 न्यूज विराट
सभापतिका आकांक्षी डा. शेखर कोइराला प्रदेश १ मै कमजोर, कोइराला परिवारको आधार क्षेत्रमै देउवाले गाडे झण्डा

विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो ।

पौडेल समूहबाट उम्मेदवार बनेका गुरुराज घिमिरे २ मतले पराजित भए । सुरुवातदेखि नै झिनो मतको अग्रता लिएका घिमिरे अन्तिम परिणाम आउँदासम्म २ मतले निराश भएका हुन् ।

थापा ८ सय ४४ मतका साथ विजयी हुँदा घिमिरेले ८ सय ४२ मत पाए । १ हजार ७ सय ५२ मत खसेको थियो । प्रदेश उपसभापति पदमा पनि संस्थापन पक्षका रमेशजंग रायमाझी ८ सय ९१ र टंकप्रसाद राईले ८ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् ।

महामन्त्रीमा संस्थापन समूहका भुपेन्द्र राई ८ सय २४ र संस्थापनइतरका उमेश थापाले ८ सय २३ मत ल्याएर विजयी भए । सहमहामन्त्रीमा खड्ग फागो, विनोद बस्नेत र प्रमिला गच्छदार निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College