रिसर्चमा आधरित विद्यार्थी उत्पादन गरिनुपर्नेमा जोड
आइतबार, ०२ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । रिसर्चमा आधिरित विद्यार्थी उत्पादन गरेर विराटनगर – ३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पुस्याट) लाई चिनाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
फुस्याट कलेजले दिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक हप्ता तालिमको आइतबार समापन कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले फुस्याट कलेजलाई रिसर्चको गरेर वर्षमा दुई वटा जनरल बनाएर प्रविधिसँग जोडेर अगाडी बढनुपर्नेमा जोड दिए । फुस्याट कलेजका डाइरेक्टर नरेश कुमार साहले शिक्षकहरुलाई सिर्चज बेस तालिम दिएर विद्यार्थीहरुलाई प्रविधसँग जोडेर अगाडी बढन सजिलो हुने बताए । रिसर्चमा आधरित पढाइ विद्यार्थीहरुलाई दिएर शिक्षकहरुलाई दक्ष बनाउन लागि परेको उनले बताए । ‘प्रविधिले फड्को मारेपछि विद्यार्थीहरुलाई समय सापेक्ष शिक्षा प्रदान गर्नको लागि कलेजले शिक्षकहरुलाई प्रविधिसँग जोडेर अगाडी बढाएको छ,’ उनले भने । स्कुल अफ साईन्स एण्ड टेक्नोलोजीका डिन डा. पवन कुमार झाको योजना अनुसार शिक्षकहरुलाई तालिम दिएर प्रविधिमा पोख्त बनाउन लागि परेको हो । खोज र विकासमा केन्द्रित गराउने गरी काठमाडौं विश्वविद्यालयका प्राडा सुदन झा र फ्युज मेशिनका रोजेश शिखराकरले सहभागीहरूलाई एआई सम्बन्धी विस्तृत प्रशिक्षण प्रदान गरिएको छ । प्रशिक्षणमा एआईको प्रयोगले कोडिङ्गदेखि मुखाकृति पहिचानसम्मको कार्य सजिलै सम्भव हुने बताइएको थियो । सहायक डिन मनोजकुमार हलुवाई साहले एआई आजको आवश्यकता भएको बताए । उनले एआईसँग परिचित नभई अध्ययन, अनुसन्धान, खोज र विकासलाई गति प्रदान गर्न नसकिने बताए । तालिममा सहभागि भएका शिक्षक कतिवा अधिकारी र गोपाल प्रसाद शर्माले एआइसम्बन्धी तालिम आगमी दिनमा पनि दिनुपर्ने बताए । तालिममा सिकेको प्रविधियुक्त सिकाइ विद्यार्थीहरुमा लागू गरेर अगाडी बढने उनले बताए । एक हप्तासम्म संचालन भएको तालिममा पूविका आंगिक क्याम्पस आवद्ध ५७ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
विराटनगर । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार...
पोखरा, १४ वैशाख-पोखरा महानगरपालिकाले शान्ति वनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइजर टनेल जडान गरेको छ ।कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वचालित सेनिटाइजर टनेल बनाएर महानगरले...
महोत्तरी, १९ कात्तिक-दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व...
काठमाडौं, १४ असार -आज नेपाली कांग्रेसको पदाधिकारी बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । उनका अनुसार...
एजेन्सी, २० कात्तिक-अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्मको मतपरिणामअनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडेनले महत्वपूर्ण अग्रता कायम गरेका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेर...
ललितपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेको छ । जिल्लाभर रहेका कुल ११ हजार ६ सय ९० संक्रमितमध्ये ९ हजार ६ सय ३ जनाले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा सक्रिय संक्रमितको...
धनगढी, ३१ वैशाख-बर्दियाकी कोरोना भाइरस संक्रमित बालिकाको सम्पर्कमा रहेका कैलालीका १ सय १ जनाको स्वाब संकलन गरिएको छ ।बर्दियाको राजापुर नगरपालिका-५ की ११ बर्षिया बालिकामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरूको मंगलबार स्वाब परीक्षण गरिएको...
काठमाडौं, २९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्समार्फत कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी लिएका छन् । सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म संचालन भइएको भर्चुअल छलफलका...