डेमोक्र्याटलाई महत्त्वपूर्ण अग्रता

 न्यूज विराट
डेमोक्र्याटलाई महत्त्वपूर्ण अग्रता

एजेन्सी, २० कात्तिक-अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्मको मतपरिणामअनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडेनले महत्वपूर्ण अग्रता कायम गरेका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेर सर्वाधिक मत पाउने राष्ट्रपतिका उम्मेदवार बनेका छन् ।

जो बाइडनले आफ्नो महत्त्वपूर्ण अग्रतापछि भने, ‘जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौं ।’ राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ। त्यसअघि ट्रम्पको चुनावी अभियानले विस्कन्सिनमा पुनः मतगणना माग्ने जनाएको थियो।

अहिलेसम्म ५० मध्ये ४३ राज्यबाट मतपरिणाम आइसकेको छ । अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका थिए ।

अहिलेसम्मको परिणामअनुसार डेमोक्र्याट उम्मेदवार जो बाइडनले अग्रता लिएका छन् । यद्यपि अझै स्पष्ट रूपमा कसले जित्छ भनेर भन्न सकिने अवस्था भने आइसकेको छैन ।

अन्तिम परिणाम ‘ब्याटलग्राउन्ड स्टेट’ भनिने एरिजोना, जर्जिया, विस्कन्सिन र पेन्सिल्भेनियाले निर्धारण गर्नेछन् । अहिलेसम्म टेक्सास, ओहायो र फ्लोरिडासहित २३ वटा राज्यमा ट्रम्प विजयी हुने देखिएको छ । यी राज्यमा मतसर्वेक्षणमा देखिएकोभन्दा राम्रो मतान्तरले ट्रम्प अघि देखिएका छन् ।

राष्ट्रपति ट्रम्पले धाँधली भएको आरोप लगाउँदै मतगणनालाई सर्वोच्च अदालतमा चुनौती दिने बताइसकेका छन् । ट्रम्प पक्षधरले पेन्सिल्भेनिया, विस्कन्सिन, जर्जिया र मिशिगनमा मतगणना रोक्न कानुनी प्रक्रिया अघि बढाएपछि बाइडेन पक्षधरहरूले ट्रम्पको टिप्पणीलाई आपत्तिजनक भन्दै मतगणना जारी राख्न माग गरेका छन् ।

अमेरिकामा यो निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको अनुमान गरिएको छ । यो अमेरिकामा १२० वर्षमा सर्वाधिक मतदान हो । मतगणना जारी रहेपनि अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो : नेपाल चेम्वर अफ कमर्श

विराटनगर, १३ जेठ । विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १...

खेलाडीहरुलाई सानो समूहमा प्रशिक्षण गर्न दिन प्रिमियर लिगका क्लबहरू सहमत

एजेन्सी, जेठ ६-इंग्लिस प्रिमियर लिगका क्लबहरु सानो समूहमा खेलाडीहरुलाई प्रशिक्षण गर्न दिन सहमत भएका छन् । अब प्रिमियर लिगका खेलाडीहरुले ५ जनासम्मको समूहमा प्रशिक्षण गर्न पाउने भएपनि खेलाडीहरुबीच सम्पर्क भने हुन पाउने छैन । सम्पर्क...

मतपेटिका बोकेको गाडी दुर्घटना

रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । ना ७ ख ३५०४...

प्रसिद्ध आरोही ‘हिउँ चितुवा’ आङरिता शेर्पाको निधन

काठमाडौं,  ५ असोज-प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ। ‘हिउँ चितुवा’ उपनामले चर्चित आङरिता शेर्पाको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले...

विदेशमा रहेका प्रदेश १ का नागरिकको तथ्यांक संकलन सुरू

विराटनगर, २७ जेठ-प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकको लागि अनलनाइनबाट तथ्यांक संकलन सुरू गरेको छ । कोभिड-१९ ले उत्पन्न गराएको विषम परिस्थितिका...

घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा उपाध्याय

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ को अध्यक्षमा शिवा उपाध्याय(अन्जु) निर्वाचित भएकी छिन् । महासंघको विराटनगरमा आइतबार भएको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट समितिको वरिष्ठ उपाध्यक्षमा प्रदिप गिरी, उपाध्यक्ष अशोक...

बालुवाटारमा ओलीलाई देउवाका ५ सुझाव

काठमाडौं,१२ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो निर्णयप्रति गम्भीर आपत्ति जनाएका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार गएको बताए । सुरुवातमा देउवा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५२ संक्रमित थपिए, ४४ जना डिस्चार्ज

विराटनगर, २६ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा एक÷एक र प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्