राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित छलफल, अधिकतम पदक जित्ने गरी तयारीमा लाग्न जोड

 न्यूज विराट
राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित छलफल, अधिकतम पदक जित्ने गरी तयारीमा लाग्न जोड

विराटनगर । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट प्रतिनिधित्व गरेर जाने खेलाडीहरुले अधिकतम पदक जित्ने गरी तयारीमा लाग्नुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा विराटनगरमा शुक्रबार भएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया कार्यक्रम सहभागिहरुले यस्तो बताएका हुन् ।
१० औं बृहत् राष्ट्रिय खेलकुदको आयोजना कर्णालीमा हुदैछ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले २०८१ साल मंसिर २ देखि ७ सम्म प्रतियोगिता गर्न कर्णाली प्रदेशलाई झण्डासमेत हस्तान्तरण गरिसकेको छ । पहिलोपल्ट राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुन लागेको हो । त्यसको तयारी स्वरुप प्रदेश खेलकुद विकास बोर्डले सरोकारवालहरुबीच अन्र्तक्रिया गरेको हो ।
कार्यक्रममा बोल्दै कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईको कोशी प्रदेशले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिकतम पदक जित्ने गरी तयारीमा लाग्नुपर्नेमा जोड दिए । मन्त्री राईले प्रदेशका खेलकुद क्षेत्रका सबै सरोकारवालाहरूले एकताका साथ कोशी प्रदेशलाई पहिलो स्थानमा पुर्याउने गरी आवश्यक तयारी गर्नुपर्ने बताए ।
कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण(पर्शुराम) बस्नेतले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरूलाई बोर्डले सहयोग गर्न कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले जिल्ला खेलकुद विकास समितिमार्फत् प्रत्येक जिल्लामा खेल सङ्घहरूको सहकार्य र समन्वयमा प्रतियोगिता लक्षित आयोजना अघि बढाउने बताए ।


कार्यक्रममा बोल्दै कोशी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयेश प्याकुरेलले सरकारले खेलकुद क्षेत्रमा भने जति लगानी गर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरे । प्याकुरेलले निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व (सिएसआर) अन्र्तगत खेल क्षेत्रमा लगानी बढाउनु सरकारले प्रोत्साहन गर्नुपर्ने बताए ।
त्यस्तै कोशी फुटवल सङ्घका अध्यक्ष किशोर राईले खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्ने अवस्था निर्माण गर्न सबैले दत्तचित्त भएर लाग्नुपर्ने बताए । राईले सामाजिक विकास मन्त्रालयले ५० वर्षअघिको अवस्थामा सम्झेर नभएर ५० वर्षपछिको योजना बनाएर खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले खेलकुद क्षेत्रलाई राज्यले प्राथामिकतामा राख्नुपर्नेमा जोड दिए । विगतको वर्षहरुमा पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट आइटिएम तेक्वान्दोबाट सबैभन्दा बढी पदक जित्न सफल भएको जानकारी गाराउँदै उनले आइटिएफलाई प्रदेश सरकारले लगानी गर्नुपर्ने बताए ।
प्रदेशका १४ वटा जिल्लाका जिल्ला खेलकुद विकास समितिको प्रतिनिधित्व गर्दै झापाका अध्यक्ष प्रशान्त भण्डारीले खेलकुदमा जनशक्तिको अभाव पूर्ति गर्न मन्त्रालयले तत्काल नयाँ प्रशिक्षकरूको नियुक्ति गर्नुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा बोर्डका सदस्य तथा विभिन्न खेलकुद सङ्घका प्रदेश अध्यक्ष, सचिव, खेलका प्रशिक्षकहरू ,१४ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ बाट बिहिबार ५ जनाको नमूना संकलन

विराटनगर, चैत २०–प्रदेश नं. १ मा बिहिबार कोरोना भाईरस (कोभिड–१९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा....

भारतीय अतिक्रमणविरुद्ध प्रर्दशनमा उत्रिएका कृष्ण पहाडीसहित ५३ पक्राउ

काठमाडौं, ३० वैशाख-भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विरोधमा प्रर्दशनमा उत्रिएका अधिकारकर्मी पक्राउ परेका छन् । प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै मानवअधिकारवादी नेता कृष्ण पहाडी, अभियन्ता ज्ञानेन्द्र शाहीलगायत ५३ जनालाई पक्राउ गरेको हो । नेपालले...

थप २७४ जनामा काेराेना संक्रमण पुष्टि, २२७ जना निकाे भए

काठमाडौं, १५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा...

कोरोना बीमाकाे भुक्तानी एक साताभित्रै गर्न बीमा समितिको निर्देशन

काठमाडौं, १९ कात्तिक-कोरोना बीमाको दाबी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीलाई बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीलाई दाबी परेको सात दिनभित्रै भुक्तानी...

अनेरास्ववियूका ऐन महरलाई रञ्जित तामाङले कारबाही गरे, ओली पक्ष प्रतिवाद गर्दै

काठमाडौं, १० पुस-अनेरास्ववियूका सहसंयोजक रञ्चित तामाङको समूहले संयोजक ऐन महरलाई कारबाही गरेको छ । संगठनको नीति, निर्णय र विधान विपरीतका काम जारी राखेकाले संगठनको बहुमतको निर्णयअनुसार महरलाई संयोजक पदमा नरहने गरी सहसंयोजक तामाङको समूहले कारबाही...

लर्डबुद्ध कलेजमा चार दिन निःशुल्क स्वास्थ्य शिविर, मंगलबारबाट सुरू हुने

विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजमा चारदिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विराटनगर १० मा रहेको कलेज परिसरमा असार १९ देखि २२ गतेसम्म विराटनगरस्थित न्यूरो हस्पिटका चिकित्सकहरूले निःशुल्क स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य उपचार...

संशोधन विधेयकमा कुनै पनि दलले विरोध नजनाएपछि संसदमा छलफलका लागि बाटो खुल्ला

काठमाडौं, १८ जेठ-संविधान दोस्रो संशोधन विधेयकमा कुनै पनि दलले विरोध नजनाएपछि संसदमा छलफलका लागि बाटो खुल्ला भएको छ । सभामुख अग्नि साप्कोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पेस गरेको नेपालको संविधानको दोस्रो...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनलाई विभिन्न २२ अवार्ड

विराटनगर, १२ आसार । विभिन्न सामाजिक कार्यहरु नियमित रुपमा गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन उत्कृष्ट बनेको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायत विभिन्न सामाजिक कार्यमा निरन्तर काम गर्दै आएको डाउनटाउन यस वर्ष उत्कृष्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्