आगामी महाधिवशेनमा सभापतिमा उठ्छु : काँग्रेस नेता कोइराला

 न्यूज विराट
आगामी महाधिवशेनमा सभापतिमा उठ्छु : काँग्रेस नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताएका हुन् ।

देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने उनको प्रष्टोक्ति छ । कोइरालाले मुलुकलाई स्थायित्व दिनका लागि ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए ।

राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ।

उनले कोशी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना देखाए ।

सम्बन्धित समाचार

सुनसरीको कोशी गाउँपालिकामा भयानक दुर्घटनाः ट्रक र बस ठोक्किँदा गाडीमा आगलागी हुँदा जलेर नष्ट, तीन जनाको घटनास्लमै मृत्यु

विराटनगर, २१ माघ । सुनसरीको कोशी गाउँपालिका–१ लोैकहीको खुनिया पुल नजिकै भयंकर सडक दुर्घटना भएको छ । पुर्वबाट पश्चिम जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पुर्व आउदै गरेको ना ६ ख...

कोरोना सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान

भद्रपुर, २ चैत–कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । धार्मिक...

लकडाउनकाे अवधिभर बिजुलीको महसुल नतिर्दा जरिमाना नलाग्ने

काठमाडौं, ६ वैशाख-सरकारले कोरोना भाइरसका कारण लागू भएको लकडाउनका बेलामा बिजुलीको महसुल तिर्न नसक्दा जरिवाना नलिने भएको छ । ऊर्जामन्त्री वर्षमान पुनले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागेको लकडाउनका बेला महसुल तिर्न नक्नेलाई जरिवाना नगर्ने...

ताप्लेजुङमा चट्याङ लागेर २३ वर्षीय युवककाे मृत्यु

चट्याङ लागेर ताप्लेजुङकाे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइएकामा...

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेकाे आराेप लगाउँदै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । ईडीको टोली बिहीबार साँझ ७...

राजस्व हिनामिना प्रकरण : फरार रहेका यातायताका पाँच जना पूर्व कर्मचारी पक्राउ

विराटनगर । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जना यातयातका पुर्व कर्मचारी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय सवारी, कोसी इटहरीका तत्कालिन लोखापाल मणिराज दाहालसहित पाँच जना पक्राउ परेका हुन्...

विराटनगरमा पहिचानवादीको जनलहर (फोटो फिचर)

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै असन्तुष्ट बनेका आदिवासी जनजाति संघ संगठनहरुले आज विराटनगरमा भव्य प्रदर्शन गरेका छन् । उनीहरुले विराटनगरमा भएको प्रदर्शनमा २० हजार मानिस सहभागी भएको दाबी...

कोशी प्रदेश खेलकुद विकासको बोर्डको सदस्य सचिवमा बस्नेतले गरे पुनः पदभार ग्रहण

विराटनगर /कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा पुनः कृष्ण बस्नेत (पर्शुराम)ले आज पदभार ग्रहण गरेका छन् । उच्च अदालतको आदेशपछि संस्थापक सदस्य सचिव बस्नेतले आज पदभार ग्रहण गरेका हुन् । तत्कालिन मुख्यमन्त्री भीम आचार्यको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्