सरस्वती पूजामा बालबालिकालाई शिक्षा आरम्भ गराउँदै अभिभावक - News Birat

सरस्वती पूजामा बालबालिकालाई शिक्षा आरम्भ गराउँदै अभिभावक

न्यूज विराट

आज ‘श्रीपञ्चमी’ अर्थात् सरस्वती पूजा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनु शुभ मानिन्छ ।

सोही मान्यता अनुसार अन्यत्रजस्तै काठमाडौंको स्वयम्भूनाथमा अभिभावकहरु आज आफ्ना बालबालिकालाई लेख्न सिकाउँदैछन् । त्यस्तै विद्यार्थीहरु सरस्वतीको पूजा गर्दैछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles