विराटनगरको अरनीको स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

 न्यूज विराट
विराटनगरको अरनीको स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा विराटनगरमा रहेको अरनीको स्कुलका बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

तीव्र गतिमा रहेको बसका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । अरनिको स्कुलको बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार को १ क १७०० नम्बरको बस विद्यार्थी लिनलाई विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको पाइएको छ ।
तीव्र गतिमा रहेको उक्त बसले रंगेली नगरपालिका–२ चेका पुलमा आइतबार बिहान ९ः४५ बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले जानकारी दिए ।

बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

प्रादेशिक स्टार्टअप नीति तर्जुमाका लागि सम्वाद

विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका विराटनगरमा सरोकारवालाहरु बीचको सम्वाद कार्यक्रम भएको छ ।नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा विराटनगरमा बिहीबार सम्वाद कार्यक्रम भएको हो । प्रादेशिक...

काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना

विराटनगर । काठमाण्डौं विश्व विद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना भएको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरी काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगर १४ स्थित एस्पायर कलेज परिसर भित्र स्थापना गरिएको हो । सम्र्पक कार्यालयको उद्घाटन...

विराटनगरमा मोटर साइकलको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर, २ असोज । विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–११ का ६० वर्षीय रामलखन साह रहेका छन् । शुक्रबार राति विराटनगरस्थित बि एफएम नजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश...

लुम्बिनीको पर्यटन विकासका लागि बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन 

काठमाडौं,  २४ भदौ-बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजको रुपमा विकास र प्रवद्र्धन गरी धेरैभन्दा धेरै बुद्धिष्ट पर्यटक भित्र्याउने योजनाका साथ नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन गरिएको छ ।  लुम्बिनी तथा बुद्घ र...

प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमित थपिए

विराटनगर, २८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा...

नेपाल औषधी व्यवसायी संघ मोरङको सदस्यमा गणेश थापा मनोनित

विराटनगर, चैत ३–नेपाल औषधी व्यवसायी संघ मोरङको सोमवार बसेको बैठकले औषधी व्यवसायी वेदबहादुर थापा (गणेश थापा) लाई कार्य समिति सदस्यमा मनोनित गरेको छ । विराटनगर स्थित संघको कार्यालयमा बसेको बैठकले विराटनगर अस्पताल चौक स्थित कलश...

नेपाल बन्द प्रभावहीन बनाउन गृह मन्त्रालयको निर्देशन, भोली विराटनगरका स्कुल/कलेज बन्द

विराटनगर, ३ फागुन । विभिन्न ६ वटा पार्टीले भोली गरेको नेपाल बन्दलाई प्रभावहीन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको...

विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्