विराटनगरको श्री हस्पिटलमा ठगी धन्दा, एम्बुलेन्सलाई कमिसन दिएर बिरामी कब्जा !
शुक्रबार, १८ साउन, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटलले विरामी ल्याउन एम्बुलेन्स चालकहरुलाई मोटो रकम कमिसन दिने गरेको पाइएको छ । विरामी लगेवापत चालकलाई मटो रकम दिने भएकोले एम्बुलेन्स चालकले विरामीलाई श्री हस्पिटल पुर्याएने गरेको पाइएको हो ।
कसिसन धेरै दिने अस्पतालको सेवा राम्रो रहेको भन्दै खासगरी ग्रामिण क्षेत्रका विरामी र आफन्तलाई चालकले प्रभावित बनाउने गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीया रञ्जित टुडु पेट दुखेपछि २८ असारमा विराटनगरस्थित कोशी अस्पतालमा उपचारको लागि आएका थिए । आर्थिक अवस्था कमजोर रहेका उनी सस्तोमा सरकारी अस्पतालमा उपचार गराउन कोशीमा आएका थिए । कोशीमा आएका उनलाई चिकित्सकले भिडियो एक्स–रे गर्न सुझाब दिए । एक्स–रे गर्दा उनको पेटमा समस्या देखियो । त्यसपछि चिकित्सकले आइसियूमा राखेर उपचार गरिनुपर्ने बताए । तर, कोशीमा आइसियू खाली थिएन । चिकित्सकले निजी हस्पिटल जान भनेपछि उनलाई आफन्तले विराट टिचिङ हस्पिटल लैजाने सल्लाह गरे । विराट जाने सल्लाह अनुसार एम्बुलेन्स लिन कोशीको गेटमा गएका थिए । एम्बुलेन्सका चालक रहेकामध्ये एक जनालाई सोधे, ‘विराट मेडिकल कलेज थप उपचारको लागि जानु छ, कति कति हो भाडा हस्पिटलमा राम्रो र सस्तोमा उपचार हुन्छ, किन विराटमा जानु हस्पिटलमा पुगे । त्यसपछि उनको उपचार सुरु भयो । आन्द्रामा समस्या देखिएपछि श्री हस्पिटलका सर्जन डा.अरविन्द यादवले शल्यक्रिया गर्नुपर्ने बताएका थिए । आर्थिक अवस्था नाजुक रहेका टुडुको परिवारले उपचार खर्चबारे सोधीखोजी गरेको थियो । ‘अहिले उपचार गर्दैगर्नु, पछि मिलाएर गरौला’ भन्ने अस्पताल प्रशासनको कुरापछि छोराको उपचार सुरु गरेको बाबु सर्दु टुडुले बताए । साउन १ गते रञ्जितको पेटको शल्यक्रिया भएकोमा पाँच दिनपछि रञ्जितको उपचार खर्चको बिल हस्पिटलले थमायो । अस्पतालले ३ लाख २० हजारको बिल बनाएकोमा टुडु परिवारले १ लाख ४५ हजार रुपैयाँ बुझाएपनि थप रकम दिन सकेन । बनिबुतो गरेर गुजारा चलाउने सुकुम्बासी टुडु परिवारले पालेको चौपाया बिक्री र ऋण खोजेर १ लाख ४५ हजार बुझाएका हुन् । हस्पिटलले उपचार सकिएको भन्दै १ लाख ५० हजार र फार्मेशीले ५० हजार गरि थप २ लाख रुपैयाँ माग्दै आएको थियो । तर, उनीहरुसँग तिर्ने पैसा थिएन । ‘सस्तोमा उपचार हुन्छ भनेर आएको, एम्बुलेन्स चालकले फसायो । यत्रो पैसाँ कहाँबाट तिर्नु’ भन्दै टुडु हारगुहार गर्दै आफ्नो निर्वाचन क्षेत्रका सांसददेखि प्रमुख जिल्ला अधिकारीसम्म पुगे । छोराको उपचार खर्च मिनाहा गरिदिनुपर्यो भन्दै उनले हारगुहार गरेपछि साउन १० गते नै हस्पिटलले पैसाँ बुझाएर टुडुलाई घर लैजान भनेको थियो । तर, पैसा बुझाउन नसक्दा रञ्जितलाई घर जान दिएको थिएन । कतैबाट पार नलागेपछि टुडु परिवारले श्री हस्पिटलले छोरा बन्धक बनाएको भन्दै बुधबार दिउँसो नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए । त्यसको जानकारी पाएपछि हस्पिटलले २ लाख रुपैयाँ छुट गरिदियो ।
पत्रकार सम्मेलनको तयारीमा टुडुको परिवार संचारकर्मीलाई आफ्नो गुनासो सुनाउदै गर्दा अस्पतालबाट फोन आयो । ‘पत्रकार सम्मेलन नगर्नु, बाँकी पैसा तिर्न पर्दैन, विरामी लैजानु’ भन्दै अस्पताल प्रशासनले फोनमा भनेपछि रञ्जितका बाबु सर्दु छक्क परेका थिए । ‘छोरालाई घर जान दिने भएपछि अब पत्रकार सम्मेलन नगरौं होला हैन सर ?’ उनले भने । पत्रकार सम्मेलनमार्फत खोजेको न्याय पाएपछि पत्रकार सम्मेलन नगरी उनी फर्किए । एम्बुलेन्स चालकले विरामीलाई कमिसन पाउने लोभमा चर्को शुल्क लिने हस्पिटलमा पु¥याएको यो एउटा उदाहरण मात्र हो । एम्बुलेन्स चालकलाई पनि कमिसन दिनुपर्ने भएकैले श्रीले विरामीसँग चर्को शुल्क असुल्ने प्रयास गरेको थियो । तर, पत्रकार सम्मेलन भएर आफ्नो कर्तुत सार्वजनिक हुने भएपछि अस्पताल २ लाख रुपैयाँ छुट दिन तयार भयो । जुन छुट विरलै पाइन्छ । विराटनगरको श्री हस्पिटल मात्र हैन, गोल्डेन अस्पताल, ग्रिनक्रस हस्पिटल, सञ्जीवनी हस्पिटल, लाइफगार्ड अस्पताललगायतले एम्बुलेन्स चालकलाई आफ्नो हस्पिटलमा विरामी ल्याएबापत निश्चित रकम दिने गरेको एम्बुलेन्स चालकहरु नै बताउँछन् । एम्बुलेन्स चलाएर पाउने रकमले त परिवारको गुजारा नै चल्दैन’ एक चालकले भने, ‘जुन अस्पतालमा गएपनि विरामीको उपचार गराउने हो, हामीलाई पनि २÷४ हजार दिन्छ । त्यहि भएर लैजान्छौं ।’ विरामीले आफैं कुनै अस्पतालमा जान चाहेको अवस्थामा भने त्यहि अस्पतालमा विरामी लैजाने उनको दावी छ । स्रोतले दिएको जानकारी अनुसार श्रीसहितका हस्पिटलले आइयिूमा जाने विरामी एम्बुलेन्स चालकले ल्याएमा २० हजार रुपैयाँसम्म दिने गरेका छन् । जनरल वार्डमा राख्नुपर्ने विरामी आए उनीहरुको हकमा भने विरामीको कुल उपचार खर्चमध्ये २ देखि ५ प्रतिशतसम्म एम्बुलेन्स चालकलाई दिने गरेको स्रोतको दावी छ । चालकको हिसाब महिनाको अन्तिममा हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले विरामीलाई ठगी गरेको उजुरी परे कारवाही हुने बताए । ‘विरामी ठगीमा परेको भनेर प्रशासन कार्यालयमा उजुरी आए प्रहरीलाई भनेर हामी कारवाहीको दायारमा ल्याउनेछौं,’ उनले भने ।
एम्बुलेन्सलाई दिने गरेको कमिसनको विषयमा बुझ्न श्री हस्पिटलका प्रशासन प्रमुख सुनिल यादवलाई सम्पर्क गर्दा उनी सम्र्पकमा आउनै चाहेनन् ।
काठमाडौं, भदौ ३०। नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको...
विराटनगर । विराटनगर १० मा रहेको कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको छ ।स्कुल परिसरमा तीनदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेर आइतबार सम्पन्न गरेको हो । वार्षिकोत्सव तथा अभिभावक...
काठमाडौं, १२ जेठ-अरबी पात्रो हिजरी संवतअनुसार १० औँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । १० औँ महिनाको पहिलो दिन...
प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी...
जनकपुर, ३१ वैशाख-वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट २ जना कोरोना संक्रमित भागेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले नारायणी अस्पतालबाट २ जना संक्रमित भागेको खबर आएको र...
विराटनगर, १३ असोज । ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती...
काठमाडौं, १० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र...
विराटनगर । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारी चालकहरुलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराएको छ ।मोरङ ट्राफिक प्रहरी कार्यालयको अगुवाईमा विराटनगरका सिटी सफारी...