चिकित्सक संघ कोशीका नवनिर्वाचित कार्यसमितिले गरे पदस्थापन

 न्यूज विराट
चिकित्सक संघ कोशीका नवनिर्वाचित कार्यसमितिले गरे पदस्थापन

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका छन् । विराटनगरमा एक कार्यक्रम आयोजना गरी नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका हुन् ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा.अनिल विक्रम कार्की र प्रमुख निर्वाचन अधिकृत प्राडा हेमसागर रिमालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गराए ।
केही दिन अगाडी सम्पन्न भएको निर्वाचनबाट नेपाल चिकित्सक संघको कोशी शाखामा डा राजेन्द्र चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
३ वर्षका लागि डा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कोशी चिकित्सक संघमा वरिष्ठ उपाध्यक्षमा डा नविन कुमार कर्ण, उपाध्यक्षमा डा शिलव सेन श्रीबास्तव, महासचिवमा डा बालकृष्ण साह निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्षमा डा सुनिल रेग्मी, स–सचिवमा डा रामकुमार यादव, सह– कोषाध्यक्षमा डा तेजेन्द्र कार्की छन् । यस्तै सदस्यहरुमा डा कोपिला अग्रवाल, डा प्रेक्षा दली, डा अमरकुमार यादव, डा रितेशकुमार सिंह, डा जीवनाथ धमला र डा राजाबाबु मण्डल रहेका छन् । अध्यक्ष लगायत सबै पदका कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

सम्बन्धित समाचार

उपत्यकामा कोरोना भेटिएपछि टेकु अस्पतालमा परीक्षण गराउनेको भीड

काठमाडौं, ३१ वैशाख-काठमाडौ र भक्तपुरमा कोरोना संक्रमित भेटिएसँगै टेकु अस्पतालमा परीक्षण गर्नेको भीड लागेको छ ।  परीक्षणका लागि आउने अधिकांश काठमाडौ बाहिरबाट आएका मानिस छन् । साना बच्चदेखि वृद्धवृद्धासम्म परीक्षण्का लागि यतिवेला लाईनमा वसेका छन्...

मेशिन थपेर कोरोनाको नमूना परीक्षणको क्षमता दोब्बर बनाइँदै

प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा...

ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको प्रतिबद्धता कमजोर : माधव नेपाल

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् । आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ लाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट...

मोरङ प्रहरीलाई सफलता, चोरीको ३६ केजी चाँदी भारत बेच्न लैजादा तीन जना प्रहरीको फन्दामा

विराटनगर । मोरङ प्रहरीले ३६ केजी चाँदी सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ...

प्रभु बैंकको नारायणगढ शाखामा आगलागी

चितवन, १५ वैशाख-चितवनको नारायणगढस्थित प्रभु बैंक शाखामा आगलागी भएको छ ।विद्युत चुहावट भएर आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र...

लकडाउन पछि अन्तर्राष्ट्रिय उडान : ११ हजार जना भित्रिए, १३ हजार बाहिरिए

काठमाडौं, १३ असार-त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक अनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र  चार्टड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार २८२ यात्रु  नेपाल प्रवेश गरेका छन्।...

लामो समय घरभित्रै थुनिनुपरेपछि अष्ट्रेलियामा लकडाउनप्रति असन्तुष्टि

काठमाडौं, ६ साउन । कोरोना महामारी रोकथामका लागि अष्ट्रेलियाको तीन शहरका एक करोड ३० लाख मानिस प्रभावित छन् । न्यू साउथ वेल्समा एक महिनादेखि, भिक्टोरियामा एक सातादेखि र साउथ अष्ट्रेलिया राज्यमा मंगलबारदेखि लकडाउन छ ।...

रोटरी क्लबद्वारा सदस्यहरुलाई अभिमुखिकरण

विराटनगर, २५ साउन । रोटरी क्लबले नयाँ सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बुधबार रोटरी क्लबले नयाँ सदस्यहरुका लागि भर्चुअलरुपमा जुम एप मार्फत अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । डिस्ट्रक्ट गभर्नर जितेन्द्र बहादुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्