अपाङ्गता भएका व्यक्तिलाई राज्यको हरेक निकायमा समान सहभागितकाको माग

 न्यूज विराट
अपाङ्गता भएका व्यक्तिलाई राज्यको हरेक निकायमा समान सहभागितकाको माग

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको हरेक निकाय र राजनीतिक क्षेत्रमा समान सहभागिता गराउनुपर्ने माग राखेका छन् । नेत्रहिन यूवा संघ मोरङले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।
उनीहरुले राजनीतिक दलमा अपाङ्गता भएको व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हासिल गरिनुपर्ने बताए । उनीहरुले पहुँचयुक्त निर्वाचन प्रणाली मार्फत मताधिकार उपयोग गर्ने र राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न संघले माग गरेको छ ।

नेत्रहिन यूवा संघले सरोकारवालाहरु सँग २० बुँदे ध्यानाकर्षण पनि गराएको छ । बिभिन्न किसिमका नीति निर्माण, रणनीति विकास र परियोजना विकासलगायतका काममा अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गराउनुपर्ने नेत्रहिन यूवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले बताए । ‘नागरिक समाज तथा युवा लक्षित संस्थामा अपाङ्गता भएका व्यक्तिको सहभागिताका निम्ति पहुँचयुक्त भौतिक वातावरण तयार गरिनु पर्दछ,’ अध्यक्ष योगीले भने, ‘पहुँचयुक्त सूचना तथा सञ्चार सेवादेखि अपाङ्गता भएका व्यक्तिहरूसँग कसरी आवद्दता कायम गर्ने भन्ने सम्बन्धी ज्ञान र दृष्टिकोण दुबै हुनुपर्दछ ।’
अपाङ्गता भएका व्यक्तिका संस्थासंग सहकार्य एवं साझेदारी गर्ने र अपाङ्गता सम्बन्धि समस्याहरू समाधान गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
संघका कार्यक्रम अधिकृत जीवन आचार्यले अपाङ्गता भएका व्यक्तिलाई राज्यले भूमिका दिन नसकेको गुनासो गरे । उनले अपाङ्गता भएका व्यक्तिका साना साना सवालहरुमा पनि राज्यको ध्यान पुग्न नसकेको उनको गुनासो रहेको छ । संविधानमा भएको व्यवस्था अनुशार काम हुनुपर्ने उनले बताए ।
नेत्रहिन यूवा संघ मोरङले अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता तथा प्रतिनिधित्व संकुचित गर्ने गरि रहेका मौजुदा निर्वाचन सम्बन्धी कानुनमा समेत तत्काल संशोधन गर्न माग गरिएको छ ।
निर्वाचन ऐन २०७४ ( दफा १३) (ञ) ले मानसिक सन्तुलन ठिक नभएको भन्ने शब्दावली थप परिभाषित नगरी त्यस्ता व्यक्तिलाई उम्मेदवार हुनबाट बञ्चित गरेकाले संशोधन गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार

भारतले सहयोग गर्‍यो २३ टन औषधि

काठमाडौं, १० वैशाख-भारत सरकारले नेपाललाई २३ टन औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई यो परिमाणको औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध...

होटल क्षेत्रका कर्मचारीलाई चैतको पूरै तलब, वैशाखबाट आधा

ठूला होटलहरूले चैत महिनामा कर्मचारीको पूरा तलब दिएको बताएका छन् । विशेषगरी तारे होटलहरूको संस्थाका रूपमा चिनिने होटल एशोसियसन अफ नेपालले चैतमा कमजोर अवस्थाका बीच कर्मचारीलाई पूरा तलब दिइसकेको जानकारी गराएको छ । अब भने...

२४ घण्टामा थप ५९४ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १७ हजार नाघ्यो

काठमाडौं ३० साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६१३ जनाको कोरोना...

लकडाउनमा १०८ अन्तर्राष्ट्रिय उडान, फर्किए ११ हजार ७ सय २ यात्रु

काठमाडौं, ४ असार-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ अन्तर्राष्ट्रिय उडान भएका बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा...

महाअभियोगबारे चोलेन्द्रले खोले मुख

काठमाडौं, फागुन २ । संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्‍याएर आफूलाई हटाउन चुनौती दिनुभएको छ । सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी...

७१ अंकले बढेर नेप्सेले गर्‍यो नयाँ आर्थिक वर्षको स्वागत

चालु आर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उछाल आएको छ । कारोबार खुलेको डेढ घण्टा नबित्दै ७१ अंकले बढ्दै नेप्सेले नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । पहिलो कारोबारमा नै अप्रत्याशित उछाल आएपछि यतिबेला...

तिब्बतले नेपालसँगको निर्यात अवरोधलाई हटाउने

काठमाडौं, ७ असोज । नेपाली महावाणिज्य दूतावासको आग्रहपछि तिब्बतले दशैंतिहारजस्ता चाडपर्व लक्षित निर्यातलाई सहजीकरण गर्ने भएको छ । महावाणिज्यदूत नवराज ढकालले आज तिब्बतको वाणिज्य, भन्सार र बन्दरगाह अधिकारीहरुसँग नेपालतर्फको निर्यातमा वृद्धि गर्न र तातोपानी तथा...

एसईइ रनिङ शिल्ड प्रतियोगिता, उपाधिको लागि बरहा राईजिङ र सत्यनारायण मावि भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि फाइनलमा पुगेको छ । विराटनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्