तस्करीको सामान समात्न इप्रका रानी सक्रिय, ११ दिनमा १४ लाख बढीको अवैध सामान बरामद
आइतबार, १३ साउन, २०८१,
न्यूज विराट
विराटनगर । भारतबाट अवैध रुपमा तस्करी भएर आउने सामान प्रहरीले धमाधम बरामद गर्दै आएको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले ११ दिनमा १४ लाख बढीको चोरी तस्करी भएर आएको सामान बरामद गरेको छ ।
इप्रका रानीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले साउन २ देखि १३ गतेसम्म १४ लाख ९९ हजार १० रुपैयाँको अवैध सामान बरामद गरेर विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । बरामद गरेको समान ३ लाख ६१ हजार ४ सय कपडा, ६४ हजार ५९० को किराना, ४ लाख १० हजार मावाइलका आइटम र २३ हजार ९२० रुपैयाको विद्युतिय सामान प्रहरीले बरामद गरेर विराटनगर भन्सार कायालयमा बुझाएको छ । त्यसैगरी सवारी साधान दुई वटा बरामद गरेको छ । तस्करीमा प्रयोग भएको दुई वटा सवारी साधन ५ लाख ५० हजार मुल्य बरावरको रहेको छ । चालु आर्थिक वर्षमा १२ लाख ५ हजार आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको प्रहरीले जनाएको छ ।
इप्रका रानीले केही दिन अगाडी क्यारिङ गर्ने सुरेश साहको कपडा बोकेको मारुती भेन प्रहरीले बरामद गरेको छ । तस्करीको कपडा भेनमा ल्याएपछि प्रहरीले बरामद गरेको थियो । त्यसैगरी अर्को तस्करी गुड्डु मियाको सिटी सफारीमा तस्करीको सामान ल्याएपछि प्रहरीले बरामद गरेको छ । यसरी एकपछि अर्को गर्दै तस्करीको सामान प्रहरीले बरामद गर्दै आएको छ । पछिल्लो समय चोरी तस्करी नियन्त्रणमा मोरङ प्रहरी सक्रिय रुपमा लागि परेको छ । व्यापारीले क्यारिङ गर्नेलाई निश्चित रकम दिने र उनीहरूले भनेको गन्तव्यसम्म पुर्याउने जिम्मा दिने गर्दछन् । त्यसबापत व्यापारीले भन्सारलाई बुझाउनुपर्ने भन्दा आधा रकम क्यारिङ गर्नेलाई दिएर गोदामसम्म पुर्याउन लगाउने गरेका छन् । खुल्ला सीमाको फाइदा उठाउँदै अहिले तस्करीमा लाग्ने गिरोह सक्रिया भएता पनि प्रहरीले चोरी तस्करी रोकथाम र नियन्त्रणमा कडाइको साथ लागि परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।
काठमाडौं, १ जेठ । १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त सिलिण्डर नाकासम्म आइपुगेको हो । नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २५० जना भन्दा बढीलाई खाना खुवाएको छ । विराटनगरस्थित कोशी अस्पतालमा पुगेर सो क्लबले खाना खुवाएको हो । उपचारका लागि अस्पताल आएका विरामी, कुरुवा र सेवाग्राहीहरुलाई खाना खुवाइएको...
विराटनगर । यस वर्षको चैत १५ गतेबाट सुरू हुने एसइइको परीक्षा मर्यादित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । एजुकेसन हेल्पलाईनको आयोजना तथा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशको समन्वय ग्लोबल एकेडेमी र मनकामना स्कुलको आयोजनामा विराटनगरमा...
पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारीसाधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटिरिक्सा तथा पैदलयात्रीलाई...
भक्तपुर, ६ वैशाख-सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका...
विराटनगर । विराटनगरमा दोस्रो संस्करणको एसईइ अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा विराटनगरमा असार ३० गतेदेखि उक्त प्रतियोगिता सुरु हुने भएको...
काठमाडौं, २९ असार-अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले अनलाईन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन् । अहिले प्रतिदिन एकवटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो...