प्राबिधिक जनशक्त्तिलाई स्वदेशै रोजगार दिन उद्योगहरुलाई विश्वविद्यालयको आग्रह

 न्यूज विराट
प्राबिधिक जनशक्त्तिलाई स्वदेशै रोजगार दिन उद्योगहरुलाई विश्वविद्यालयको आग्रह

विराटनगर । विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले उद्योगहरुसँग आग्रह गरेको छ ।

मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरुभरपर्दो अवसर नपाउँदा बैदेशिक रोजगारमा जान बाध्य हुनुपरिरहेकोले उनीहरुलाई स्वदेशमै रोजागार दिएर पलायन हुनबाट रोक्न उद्योगहरुसँग आग्रह गरेको हो ।

मनमोहन प्राविधिक विश्विद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले आफुहरुले व्यवहारिक रुपमा स्वदेशका उद्योगहरुका लागि सुहाउँदो जनशक्त्ति उत्पादन गरिरहेकोले उद्योगहरुले रोजगारमा प्राथमिकता दिनु आग्रह गरे । उनले प्राविधिक विश्विद्यालयबाट उत्पादित जनशक्त्ति स्वदेशका लागि मात्र नएर विदेशका लागि पनि दक्ष हुनेगरेकोले स्वदेशमै रोजगार पाए अझै धेरै गुणस्तरिय जनशक्त्ति उत्पादन गर्न उत्प्रेरणा हुने बताए । उपकुलपति पोखरेलले उद्योगहरुलाई आग्रह गर्दै भने , ;हामी दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्न लगानी गर्छौ तर उद्योगहरुले स्वदेशमै रोजगाार दिन आनाकारी गर्नुहुदैन ।’ विश्वविद्यालयका रजिष्ट्रार डा दिलनाथ फुँयालले रोजगारमा प्राथमिकता दिए सुँहाउदो जनशक्त्ति उत्पादन गर्न हौसला बढने बताए । उनले देशका युवाहरुलाई प्राविधिक शिक्षा तर्फ अग्रसर बनाउन सके परनिर्भरता अन्त्य हुने र देश विकासको महाअभियान पनि सफल हुने बताए । रजिष्टार फुँयालले भने — ‘दक्ष जनशक्त्तिले स्वदेशमै रोजगार पाए देश आत्मनिर्भरतातर्फ उन्मुख हुनसक्छ ।’

कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मनमोहन प्राविधिक विश्वबिद्यालयका कुलपति हिक्मत कार्कीले सरकारले स्थापना गरेको देशको पहिलो प्राविधिक विश्वविद्यालले हरेक बर्ष अनुसन्धानमा मात्र नभएर व्यावारिक रुपमा पनि दक्ष जनशक्त्ति उत्पादन गर्नेगरेकोले उनीहरुले स्वदेशमै भरपर्दो रोजगार पाए देशको विकासमा सहयोग पुग्ने बताए । उनले दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गराउन विश्वविद्यालय र रोजगार सृजना गर्ने उद्योगहरुलाई प्राथकिता दिएर सहयोग गर्न प्रदेश सरकार तयार छ भने । मुख्यमन्त्री कार्कीले नेपालमा उत्पादन भएका दक्ष जनशक्त्तिलाई बेवास्ता गरेर भारतीयहरु मात्र दक्ष र भरपर्दा हुन्छन भन्ने सोचबाट उद्योगीहरु मुक्त्त हुनुपर्छ भन्दै स्वदेशी जनशक्त्ति रोजगार भएमात्र प्राबिधिक शिक्षाकोे लगानी सार्थक हुने बताए । मुख्यमन्त्री कार्कीले भने , प्राविधिक जनशक्त्ति विना देशको विकास अगाडी बढन सक्दैन यसैले रोजगार दिने उद्योग र शिक्षा दिने विश्बविद्यालयलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।,

कोशी प्रदेशका समाजिक विकास मन्त्री तथा मनमोहन प्राविधिक विश्विद्यालयका सहकुलपति पाँचकर्ण राईले उत्पादन भएका दक्ष जनशक्त्तिले स्वदेशमै रोजगार नपाएसम्म देशको बेरोजगारी अन्त गर्न सहयोग नपुग्ने भएकोले उद्योगहरुले आफनै जनशक्त्तिलाई रोजगारमा प्राथकिता दिन आग्रह गरे । मन्त्री राईले प्राविधिक जनशक्त्ति देश विकासका लागि आवश्यक भएकोले उनीहरुले स्वदेशमै रोजगार पाउन सकेमात्र दक्ष शिक्षित युवाहरु पलायन हुनबाट रोक्न सकिन्छन भने ।

पुर्व समाजिक विकास मन्त्री तथा मनमोहन विश्वविद्यालयका संरक्षक जिवन घिमिरेले मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश सरकारको गौरवको सम्पत्ती भएकोले लगानी बढाएर दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गराउन चासो दिन प्रदेश सरकारलाई आग्रह । घिमिरेले सम्झौता अनुसार प्रदेश सरकारले लगानी नगर्दा विश्वविद्यालयको स्तरउन्नतीमा ढिलाई भैरहेको भन्दै प्रदेश सरकारले लगानी बढाउन कन्जुस्याई गर्न हुदैन भने । उनका अनुसार सम्झौता अनुसार गर्नुपर्ने साठी प्रतिशत लगानी प्रदेश सरकारले नगरेको गुनासो गरे ।

विश्विद्यालयको आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकका प्राचार्य ईन्जिनियर सुदिप ढुंगानाले आफुहरुले हरेक बर्ष ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स र सिभिल ईन्जिनियरिडदेखी आईटी क्षेत्रका पाँचसय बढी दक्ष जनशक्त्ति उत्पादन गरिरहेको जानकारी गराए । तर उनीहरुले स्वेदशमा रोजगार नपाउँदा विदेश जानेगरेको बताए । प्रचार्य ढुंगानाले पोलिटेक्निकले स्वदेशका उद्योगहरुको आवश्यकतालाई अध्यन गरेर विभिन्न क्षेत्रका शीपपयुक्त्त जनशक्त्ति पनि उत्पादन गरिरहेकोले उनीहरुलाई रोजगारमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उद्योग संगठन मोरडका अध्यक्ष राकेश सुरानाले उत्पादन भएका नेपाली जनशक्त्तिहरुलाई आपेक्षा अनुसार पारिश्रमीक दिन उद्योगहरु असर्मथ भैरहेको भन्दै प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । अध्यक्ष सुरानाले उत्पादन भएका जनशक्त्तिहरु स्वदेशमा भन्दा विदेशको रोजगारतर्फ आर्कषित हुनेगरेकोले पनि उद्योगहरु भारतबाट प्राविधिक जनशक्त्ति ल्याउन बाध्य भैरहेको बताए । उनका अनुसार अर्कोतिर उत्पादित जनशक्त्ति सुहाउँदो नहुँदा रोजगार दिन उद्योगहरु असर्मथ हुनेगरेका छन ।अध्यक्ष सुरानाले भने , ’उद्योग सुहाउँदो प्राबिधिक जनशक्त्ति उत्यादन भए भारतीयलाई हैन स्वदेशीलाई नै रोजगार दिन उद्योगहरु तयार छन तर सरकारको सहयोग आवश्यक पर्छ ।’

दुहवी नगरपालिका प्रमुख बेदनारायण गच्छदारले प्राविधिक जनशक्त्ति उत्पादन गराउन आफुहरुले हरेक बर्ष छात्रबृत्ति दिईरहेको जानकारी गराउदै उद्योगहरुले भरपर्दो रोजगार दिएमा पालिकाले छात्रबृत्तिमा अझै लगानी बढाउने प्रतिबद्धता जनाए । उनले हरेक पालिकाहरुले पनि प्राविधिक जनशक्त्ति उत्पादन गराउन लगानी गर्नुपर्नेमा जोड दिए । पालिका प्रमुखले गच्दारले भने , ‘प्राविधिक जनशक्त्तिको स्नानिय तहमा एकदमै खाँचो छ यसैले पालिकाहरुले पनि लगानी गर्न चासो बढाउनुपर्छ । उनले विश्विद्याललाई पालिकाहरुसँग सहकार्य गर्न पनि आग्रह गरे । ’

अरिहन्त फाईबर्षका व्यावस्थापक नारायणप्रसाद लामिछानेले विश्वविद्यालयले उत्पादन गरेका जनशक्त्तिले पुरा अवधि काम गरेमात्र उद्योगहरु रोजगारमा लगानी गर्न उत्सुक हुने बताए । तर केही महिना रोजगार गरेर शिपमा थप दक्षता हासिल गरेर नेपाली जनशक्त्तिहरु विदेश पलायन हुनेगर्दा उद्योगहरु रोजगार दिन हिचकिचाउनु परेको बताए। प्रिमियर प्रालिका प्रशासन प्रमुख माधव घिमिरेले प्राविधिक जनशक्त्तिलाई रोजगार दिन आफुहरुले प्राथमिकता दिएपनि विचैमा काम छाडिदिँदा उद्योगलाई मर्का पर्नेगरेको बताए ।

रिलायन्स ईण्डिसट्रिजका व्यवस्थापक आषिस काफलेले विश्विद्यालयले उत्पादन गरेका जनशक्त्ति दक्ष भएको र आफुहरुले रोजगारमा प्राथमिकता पनि दिने गरेको भन्दै तर विचैमा काम छाडेर जाने गर्दा उद्योगको लगानी खेर जाने गरेको उद्योगको उत्पादनमा समेत बाधा पुग्ने गरेको बताए । व्यवस्थापक काफलेले ’भने पुरा अवधि काम गर्नसके मात्र स्वदेशका जनशक्त्तिमा भरपर्न सकिन्छ यसमा विश्विद्यालय र सरकारले पनि चासो दिनुपर्छ ।’

;कृष्णग्रिलका सञ्चालक लवमणी राजभण्डारीले विश्विद्यालयले सैदान्तिक मात्र नभएर प्रयोगात्मक रुपले पनि दक्ष जनशक्त्ति उत्पादन गराउनुपर्छ भन्दै अझै स्वदेशका उद्योगहरुलाई चाहिने जनशक्त्ति उत्पादन हुन नसकिरहेको बताए । सञ्चालक राजभणरीले प्रदेश सरकार र विश्विद्यालयलाई आग्रह गर्दै भने अझै ‘स्वदेशी उद्योगलाई चाहिने दक्ष ओभरसियर र ईन्जिनियहरु उत्पादन भैरहेका छैनन यसमा सरकार र विश्विद्यालयले चासो देओस ।’

कोशी प्रदेशका भौतिक बस्तु उत्पादन गर्ने उद्योगहरुमा मात्र नभएर अस्पताल , होटल र अन्य उद्यमहरुमा अझै दक्ष प्राविधिक जनशक्त्तिको अभाव छ । उद्योगहरु अझै भारतीय प्राविधिकहरुकै भरपर्ने गरेका छन ।

कोशी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगामा रहेको देशको पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले स्नातक र डिप्लोमा तर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिक बिषयका दक्ष जनशक्त्ति उत्पादन गर्दै आएको छ । यसैगरि स्नातक तर्फ फार्मेसीका दक्ष जनशक्त्ति उत्पादन गर्न लागिपरेको छ । साथै अस्पतालका लागि चाहिने दक्ष जनशक्त्ति उत्पादन गर्न अस्पताल मनेजमेन्ट विषयमा स्नातोकोत्तरको पठनपाठन पनि सुरु गरेको छ । मनमोहनले स्वदेशका उद्योगहरुलाई सुहाउँदो प्राविधिक जनशक्त्ति उत्पादन गर्न प्राकृतिक चिकित्सादेखी विषयको पठनपाठन गराउन पाठयक्रम पनि तयार गरिसकेको छ । मनमोहनले भावी दशबर्षे शैक्षिक कार्ययोजना बनाएर तीन वटा स्कूलहरु स्थापना गरि दशवर्षमा स्नातक, स्नातकोत्तरदेखी पिएचडी सम्मका २८ वटा विभिन्न विषयहरु सञ्चालनगरि हरेक बर्ष २८ सय ३१ ज्ना विभिन्न बिषयका दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्ने लक्ष्य छ ।

सम्बन्धित समाचार

इजरायलमा राजेशको शव, शोकमा सुनसरीको मधुवन

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका– ११ पट्वारीका २३ वर्षिय राजेश कुमार स्वर्णकारको प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको आक्रमणमा ज्यान गुमाउनु परेको छ । गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी राजेशसहित १० जना...

घरमै पुस्तकः शिक्षकले टोलमै पढाउने

स्याङ्जा, २४ जेठ-स्याङ्जाको भिरकोट नगरपालिकाले विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराएको छ । बन्दाबन्दीका कारण लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भइरहेका बेला नगरपालिकाले विद्यालयका शिक्षकमार्फत विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याएको हो । बन्दाबन्दीका कारण विद्यार्थीको शैक्षिक...

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन सभा छलेर उपसभामुख दनुवार लागिन् काठमाण्डौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएर उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छिन् । बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी...

सर्वदलीय सरकारका लागि तयार छु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् । जारी प्रदेशसभामा कार्कीले संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको बताए । त्यसका लागि आफू तयार रहेको उनले बताएका छन् ।...

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

चितवन, ९ मङ्सिर-नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान...

वातावरण सहज भएपछि मात्र एसईई परीक्षा

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति पूर्णरुपमा लकडाउन खुलेपछि मात्र तोकिने भएको छ । ‘पहिले लकडाउन खुल्नुप¥यो । त्यसपछि समिक्षा हुन्छ,’ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘विद्यार्थी परीक्षा केन्द्रमा जान...

कोशी अस्पताललाई १ करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण, अब आँखाको अल्ट्रासाउन्ड र जलबिन्दुको नशा जाँच हुने

विराटनगर । विराटनगरस्थित कोशी अस्पताललाई एक करोड ६ लाख बढीको अत्याधुनिक नेत्ररोग चिकित्सा उपकरण सहयोगमा आएपछि आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु भएका विरामीहरुको आँखाका नशा जाँचलगायतका सेवाहरु सुचारू भएको छ ।तीन महिना अगाडीदेखि मोतियाबिन्दु लागेका विरामीको...

विराटनगरमा ८ सहित प्रदेश १ मा ११६ जनामा कोरोना संक्रमण

विराटनगर, ४ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण भएको छ । ४५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्