मोरङको सुन्दरहरैँचामा फर्म संचालकको हत्या, काम गर्ने दम्पत्तीले हत्या गरेको आशंका

 न्यूज विराट
मोरङको सुन्दरहरैँचामा फर्म संचालकको हत्या, काम गर्ने दम्पत्तीले हत्या गरेको आशंका

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको आफ्नै कर्मचारीले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । बिहीबार विहान बजगाईंको शव आफ्नै कुखुरा फर्म भित्र भेटिएको थियो ।

मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले फर्म संचालकको हत्या भएको पुष्टि गर्दै घटनामा संलग्नको खोजी कार्य तिव्र बनाएको बताए । घटनाको अनुसन्धान गर्न आफै घटनास्थल पुगेका एसपी कार्कीले हत्यामा संलग्नको पहिचान भएको बताए । गत जेष्ठ १० गतेबाट फर्ममा काम गर्ने कर्मचारीबाट हत्या भएको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिएको उनले बताए । ‘हत्या गरेपछि दम्पती फरार छन् । हामीले खोजी कार्य तिव्र बनाएका छौं,’ उनले भने ।
घरनजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहीबार करिब साढे १० बजे शव फेला परेको हो । प्रहरीका अनुसार बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ । घटनास्थलमा रगत लतपतिएको अवस्थामा एउटा बन्चरो र दाउरा फेला परेको छ । मृतकको शरीरमा पनि बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

कोशी अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु

विराटनगर, ५ भदौ–विराटनगरस्थित कोशी अस्पतालका आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ । कारोनासँग मिल्दो लक्षण भएका एक जना बेवारिसे पुरूषका मृत्यु भएको छ । धनकुटाको भेरी गाउँपालिका–३ घर बताउने ५० वर्षीय पुरूषको शुक्रबार अस्पतालको आइसोलेसनमा...

कोरोना संक्रमणबाट पूर्वसभामुख महरा पत्नी सीताको निधन

काठमाडौं, १९ कात्तिक-कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । भेन्टिलेटरमा उपचारका क्रममा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६ः१५ मा निधन भएको हो । उनी माइस्थेनिया नामक रोगबाटसमेत विगत १०...

औषधि तथा बिक्री प्रतिनिधि संघको राष्ट्रिय महाधिवेशन विराटनगरमा

विराटनगर, माघ २३–नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २७औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । शुक्रबार र शनिबार हुन लागेको महाधिवेशनमा देशभरिबाट ५ सय जना एमआरहरू सहभागी हुने संघका केन्द्रीय सचिव सुनीलकुमार श्रेष्ठले जानकारी...

मिल्स गोल्डकपको फाइनल : पहिलो हाफमा १–१ गोलको बराबरी

विराटनगर । विराटनगरमा जारी चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पहिलो हाफमा १–१ गोलको बराबरी भएको छ ।विराटनगर जुट मिलको खेलमैदानमा जारी फाइनल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी र पेमा युवा क्लब...

१०१ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

काठमाडौं, ४ साउन-पछिल्लो समयमा सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले सुरु गरेको लकडाउनको अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी...

ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : कमल थापा

काठमाडौं, २७ पुृस-राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा...

अझै सुरु गरेन जनकपुरधाम उपमहानगरले राहत वितरण

जनकपुरधाम, १० वैशाख-लक डाउन सुरु भएको १ महिना पुगेपनि जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण शुरु गरेको छैन । प्रदेश २ सरकारले उपलब्ध गराएको राहतबापतको रकमसमेत खर्च नगरेकोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कडा आलोचना भइरहेको छ...

महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

महोत्तरी, माघ २१–कोरोना भाइरसको संक्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्