‘कैची’ प्रहार गरेर मोरङ कटहरीका करण यादवको हत्या, चार जना पक्राउ

 न्यूज विराट
‘कैची’ प्रहार गरेर मोरङ कटहरीका करण यादवको हत्या, चार जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – १ जमटोकी घर भएका २२ वर्षीय करण कामत हत्या भएको छ । चार जना युवाले कैची प्रहार गरेर उनको सोमबार राती हत्या गरेका हुन् ।

हत्या आरोपमा विराटनगर–११ घर भइ विराटनगर–२ स्थित विराट नर्सिङ होमअगाडि डेरा गरेर बस्दै आएका २० वर्षीय सोनु गिरी, ताप्लेजुङको दोखु घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका १८ वर्षीय सन्तोष भनिने निमा दावा शेर्पा, भोजपुरको भुल्के घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका २० वर्षीय सञ्जय गिरी र मोरङको रंगेली घर भइ विराटनगर–२ स्थित सनीहाटमा डेरा बस्दै आएका १६ वर्षीय बालक रहेका छन् । पक्राउ परेका मध्ये शेर्पाले कैची प्रहार गरेको प्रहरीले जनाएको छ ।
केटीको विषयलाई लिएर विवाद भएको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । मृतक र घाइते पक्षका युवाहरुले पीडक पक्षका केटीलाई जिस्क्याएको विषयमा विवाद भएको प्रहरीले जनाएको छ । ‘विवाद भएपछि करणमाथि कैची प्रहार भएको देखिएको छ,’ उनले भने ।

विराटनगर –२ स्थित नेपाल टेलिकमनजिक सेन्ट जोसेफ मोडमा सोमबार राति १० बजेतिर करणसहित उनका साथीहरूमाथि आक्रमण भएको उनले बताए । आक्रमणबाट करण गम्भिर घाइते भए । उपचारको क्रममा उनको कोशी अस्पतालमा मृत्यु भएको छ । उनको छात्ती र कम्मरको भागमा ‘कैची’ ले घोपेको चोट छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् ।
घाइतेमध्ये कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाखुरा र ढाडमा चोट देखिएका मण्डलको अवस्था मध्यम छ । कोशी अस्पतालमा सम्भव नभएपछि दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । बाटोमा हिँड्दै गरेकाहरुले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर उपचारका लागि अस्पताल लगेको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग गरिएको कैंची विराट नर्सिङ होमअगाडिको गोलबजार फार्मेसीबाट बरामद भएको डिएसपी बस्नेतले जानकारी दिए । उनका अनुसार शेर्पा र पुरीले नर्सिङ होमअगाडिको फार्मेसी (औषधि पसल)मा काम गर्ने गरेको पत्ता लागेको छ । घटनामा संलग्नलाई उनीहरु बस्दै आएको स्थानबाटै पक्राउ गरिएको बस्नेतले बताए ।
उनका अनुसार घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित समाचार

स्वाब दिए पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुहोला : मन्त्रालय

काठमाडौं, ७ भदौ-पीसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टाइनमा अनिवार्य बस्न अनुरोध गरेका...

वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता, विराटनगर ११ फाइनलमा

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर ११ फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर १५ नम्बर वडालाई ३–१ गोलले हराउँदै विराटनगर ११ फाइनलमा पुगेको हो...

२४ घण्टामा देशभर १३९ जनामा संक्रमण पुष्टि, ६२६ जनाले जिते कोरोना

काठमाडौं, १२ साउन-पछिल्लो २४ घण्टाको अवधिमा देशभरका १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनामा कोरोना...

२४ घण्टामा देशभर १ हजार ४१ संक्रमित थपिँदा १ हजार ५६६ डिस्चार्ज

काठमाडौं, २० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

१०३० कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा १ हजार जना कोरोना...

इँटाभट्टामा जिउँदै जलाउने घटनाका अभियुक्त पूर्वमन्त्री आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

बम तथा विस्फोटक पदार्थ प्रयोग गरेर मानिस मारेको आरोप लागेर पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई थुनामुक्त गराउन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सुष्मालता माथेमा र नहकुल...

दलित मुक्ति संगठनद्धारा इटहरीमा प्रदर्शन

विराटनगर, असार १०–दलित समदाय माथि भइरहेको जातीय विभेदका घटना विरुद्धमा नेपाल दलित मुक्ति संगठनले सुनसरीको इटहरीमा प्रदर्शन गरेको छ । अन्तरजातीय प्रेम बिवाह गर्न गएका नवराज बिक लगायत ६ जनाको क्रुर हत्या, दलित भएकै कारण...

स्वास्थ्यकर्मीको हौसलाका लागि दीप प्रज्वलन

काठमाडौं, २५ वैशाख-कोरोना भाइरस (कोभिड १९) रोकथामको अग्रभागमा खटिएकाहरुको हौसलाका लागि स्वास्थ्य सेवा विभागले दीप प्रज्वलन गरेको छ । बिहीबार साँझ बुद्ध जयन्तीको अवसरमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको उपस्थितिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको हौसलाका लागि दीप प्रज्वलन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्