विराटनगरको कलश फर्माको सेवा चौबिसै घण्टा, डिडिएमा दर्ता भएका सबै औषधी पाइने

 न्यूज विराट
विराटनगरको कलश फर्माको सेवा चौबिसै घण्टा, डिडिएमा दर्ता भएका सबै औषधी पाइने

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको ‘कलश फर्मा’ले चौबिसै घण्टा सेवा विरामीलाई दिने भएको छ । गणेश थापाले संचालन गरेको उक्त औषधी पसलले विरामीलाई चौबिसै घण्टा सेवा दिने भएको हो ।

स्वास्थ्य उपचार गरेका विरामीहरुले रातीको समयमा औषधी नपाएर थुप्रै सास्ती खेप्नु परेको छ । सो कुराको मध्यनजर राख्दै कलश फर्माले रातीको समयमा पनि औषधीको विक्री वितरण खुल्ला गरेको संचालक थापाले बताए । हस्पिटल भित्रको फार्मेशी बाहेक अन्य बाहिरका विराटनगरका धेरै औषधी पसल १० बजेपछि बन्द हुने गरेको छ । १० बजेपछि औषधी लिनुपर्ने विरामीका आफन्तले हस्पिटल भित्रको औषधी पसल धाउनुपर्ने बाध्यता रहेको थियो । ‘अब चौबिसै घण्टा औषधी पाइने भएपछि विरामीको आफन्त भौतारिनुपर्ने बाध्यताको अन्त्य भएको छ । रातीको समयमा पनि कलश फर्माले सहज रुपमा औषधीको विक्री वितरण गर्नेछ,’ संचालक थापाले भने ।
कलश फर्मामा औषधी व्यवस्था विभागमा दर्ता भएका र चिकित्सकले लेखिदिएको सबै प्रकारका औषधीहरु पाइने जनाएको छ ।

सम्बन्धित समाचार

उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मी पनि डिस्चार्ज

विराटनगर, बैशाख २६–कोभिड अस्पतालमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली आज डिस्चार्ज भएको छ । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव...

ताप्लेजुङका आगलागी पीडितको पुनःस्थापना गर्न सरकार साथमा छः मन्त्री भट्टराई

ताप्लेजुङ, २१ वैशाख-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरेका छन् । आज बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको...

प्रदेश १ मा दैनिक संक्रमणको नयाँ रेकर्डः आज १०३९ संक्रमित थपिए

विराटनगर, ३० वैशाख । प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा...

सरकारले कित्ता काट खोल्न गरेको पत्राचार स्वागतयोग्यः व्यवसायी

विराटनगर, २४ भदौ-मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारले कित्ता काट खोल्न गरेको पत्राचारको स्वागत गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते एक सूचना जारी गरी ४...

राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेशको अध्यक्षमा कला डाँगी

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय (नाबुन) कोशी प्रदेशको अध्यक्षमा विराटनगरकी कला डाँगी निर्विरोध निर्वाचित भएकी छिन् । झापाको बिर्तामोडमा बुधबार सम्पन्न भएको नाबुन प्रदेशको तेस्रो अधिवेशनबाट डाँगी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएकी हुन् ।नवनिर्वाचित अध्यक्ष...

एमसीसी सम्झाैता पढेको कोही भेटिनँ : प्रधानमन्त्री ओली

काठमाडौं, ४ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) काे सम्झौता नै नपढी हल्लाको पछाडि लागेको बताएका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘मान्छेहरूले पढे हुन्थ्यो नि लहैलहैमा लागेर हल्ला गर्नुभन्दा ।...

संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन: उपेन्द्र यादव

जनकपुर, माघ २७–समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालालाई...

नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि रूकुम पश्चिममा निषेधाज्ञा

रूकुम पश्चिममा साँझ ५ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । मंगलबार नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएर स्थिति तनावग्रस्त  बनेपछि जिल्ला प्रशासन कार्यालय मुसीकोट रूकुम पश्‍चिमले निषेधाज्ञा जारी गरेको हो । पूर्वमा घारी खोला, पश्चिममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्