सम्राट स्पोर्टिङ क्लबद्धारा लिग बिजेता खेलाडीलाई सम्मान
शनिबार, २२ असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।
लिग बिजेता खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गरे । सम्मान कार्यक्रमका प्रमुख अतिथि हिक्मत कार्की, बिराटनगरका पुर्बप्रधान पन्च राम कृष्ण भट्टराई, क्लबका संरक्षक सन्तोष बानियाँ बिराटनगर महानगर वडा अध्यक्ष ३ बासु बस्नेत , पुर्ब वडा अध्यक्ष ३ बिनोद बस्नेत, युवा समाजसेवी कृष्ण कार्की लगायतको कार्यक्रम उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति क्लबका अध्यक्ष किरण गिरिले गरेका थिए । खेलाडीहरुको मनोबल बढाउन सम्मान गरिएको अध्यक्ष गिरीले बताए । क्लबले मनोज चौहान, सांसद अमनलाल मोदि, रामकृष्ण भट्टराई, नरेश राठि, डम्बर राई, राजिब निरौला ,न्युरो हस्पिटल, एजेलिया स्कुल ,ओम शर्मा, कुमार खतिवडा र पारस हस्पिटल लाई पनि उक्त प्रतियोगित को लागि आर्थिक सहयोग गरेकोमा सम्मान गरेको छ। यस्तै कार्यक्रममा सर्कल अफ फिफ्थ म्युजिकल ब्याडलाई पनि सम्मान गरेको थियो ।
सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको थियो ।
विराटनगर । पहिलो अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि...
विराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगर आएको बेलमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजनी गरेका छन् । उनीहरूले आज विहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो...
विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले बुधबार डाक्टर ६८ वर्षीय कर्णसहित कटहरी गाउँपालिका –...
काठमाडौं, २४ असार-चान्द्रमासअनुसार २२ असारमा सोमबारदेखि श्रावण कृष्णपक्ष सुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान...
विराटनगर । एग्रो टुरिजमको प्रवर्द्धन गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् । इलामको सूर्योदय नगरपालिका – ५ समालबुंगमा रहेको अन्तु डाँडा एग्रो फन्समा आयोजना गरिएको अन्तुको पर्यटन प्रवद्र्धनका लागि अन्तक्रिया कार्यक्रममा सहभागि भएका पर्यटन व्यवसायीहरुले...
मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड —१९) विरुद्धको लडाइँमा सरकारसँगै रहेको जनाएको छ । कांग्रेसले कोभिड—१९ विरुद्धको सरकारले अघि सारेका रणनीतिहरूको पालना गर्ने प्रतिबद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको...
काठमाडौं, १३ भदौ ।युवाहरूको एक अभियानले एमसीसी सम्झौता खारेजीको माग गरेको छ । एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सम्झौता खारेज गर्न माग गरेको हो । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र...
काठमाडौं, २८ चैत-नेपाल निर्माण व्यवसायी महासंघले प्रत्येक प्रदेश सरकारलाई कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १३ लाखका दरले जम्मा ९१ लाख सहयोग गरेको छ । सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट कट्टागरि जम्मा भएको...