मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी

 न्यूज विराट
मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा शुक्रबार समानान्तर कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले दुवै कमिटी घोषणा गरेको हो ।

सो समूहले एमालेका पूर्वउपाध्यक्ष चन्द्रवीर राईको नेतृत्वमा तीन सय २५ सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल छन् । त्यसैगरी सचिवमा राजन केसी, उपसचिवमा वसिम आलम, निलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राय चयन भएका छन् ।

त्यसैगरी, युवा नेता पारुल क्षेत्रीको नेतृत्वमा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको पनि घोषणा गरेको छ । महानगर कमिटीको उपाध्यक्ष खेम तिम्सिना, सचिव हीरामिरा दाहाल, उपसचिव योगेशराज भण्डारी चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गतिविधि जारी राखेर पार्टीलाई विभाजनतर्फ धकेलेकाले आफूहरू हातमा दही जमाएर नबस्ने बताए । उनले पार्टी र कम्युनिस्ट आन्दोलन आफूहरूले जोगाउनेसमेत बताए ।

सम्बन्धित समाचार

विराटनगरमा ७ सहित प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर, १७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक...

प्रदेश १ का स्थानीय तहमा सवैभन्दा धेरै भ्रष्टाचार

विराटनगर, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश स्तरको बार्षिक प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुखलाई बुझाएको छ । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा अख्तियारको कार्यलय इटहरीले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई आर्थिक...

दाहाल–नेपाल समुहलाई कांग्रेसले दियो अर्को झट्का

जनकपुरधाम, माघ २४-नेपाली कांग्रेसले प्रचण्ड–नेपाल समुहलाई अर्को झट्का दिएको छ । सयुक्त आन्दोलनका लागि पटक पटक कांग्रेसको दैलोमा पुगेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कांग्रेसले अदालतको फैसला नआएसम्म केही हुन नसक्ने प्रतिक्रिया दिदै आएको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगर, २१ कात्तिक–प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन÷तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा एक÷एक र...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप, घरेलु टिम मिल्स भेट्रान्स सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम मिल्स भेट्रान्स फुटबल क्लब रानी सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा हाम्रो इटहरी भेन्ट्रान्स क्लबलाई टाइब्रेकरमा ५–३ गोलले...

पहिरो खस्दा पर्वत-बागलुङ खण्ड अवरुद्ध

पर्वत, ६ असार-गए रातिदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध बनेको छ । पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको...

मोरङ क्षेत्र नं. ६ मा गोपाल कटुवालको चुनावी अभियान आक्रामक बन्दै

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएको छ । मोरङको क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यमा ‘हलो’ चुनाव चिन्ह लिएर उम्मेदवार भएका गोपाल क्षेत्री (कटुवाल) यतिबेला आक्रमक रूपमा चुनावी मैदानमा जुटेकी...

३६ घण्टा व्रत बसेर सकियो जितिया पर्व 

धनुषा, २६ भदौ-मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्