सकियो तीन दिने महिला सेल्फ डिफेन्स तालिम, आत्मरक्षाको लागि ठूलो सहयोग पुग्ने
शुक्रबार, २१ असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सम्पनन भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा भएको उक्त तालिम शुक्रबार सम्पन्न भएको हो ।
आत्मरक्षा तालिममा मोरङका सामुदायिक विद्यालयका ८, ९, १० र १२ कक्षामा अध्ययरत १०८ जना किशोरीहरुको सहभागि रहेको समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले जानकारी दिइन् । तीन दिनसम्म संचालन भएको तालिमको प्रशिक्षकहरुमा सुजता बस्नेत राण, चन्द्रकला प्रसाइ, मनकुमारी लिम्बु, पवित्रा शर्मा र योग प्रशिक्षकमा लक्ष्मि घिमिरे रहेकी थिइन् ।
समापन कार्यक्रमको प्रमुख अतिथि पुर्व मन्त्री तथा नेकपा एमालेका नेता जिवन घिमिरले तालिममा सकारात्मक सोच, नेतृत्व विकास, आत्मरक्षा तथा प्रतिकार गर्ने तौरतरिका, महिला तथा बालबालिकाको हकअधिकार, घरेलु, सामाजिक र यौनजन्य हिंसा तथा न्यूनीकरणका उपायलगायत विभिन्न विषयबारे सचेतना मुलक यस्तो तालिमले ठूलो सहयोग पुग्ने बताए ।
कार्यक्रमको संयोजक तथा नेपाल खेलकुद महासंघकी स्थाइ कमिटि सदस्य सन्तोषी श्रेष्ठले महिलाहरुलाई सेल्फ डिफेन्स तालिमले आत्मरक्षाको लागि ठूलो सहयोग पुर्याउने बताइन् । यस्तो तालिम प्रदेश सरकारले गरिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताइन् ।
सुरुवाती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगको बचावट गर्नेदेखि अन्तिममा सुरक्षाका लागि उल्टै प्रहार गर्नेलगायत गतिविधि बारे प्रशिक्षण दिइएको छ । आफूमाथि हुने अप्रत्यक्ष र प्रत्यक्ष यौन हिंसा दुर्व्यवहारबारे सचेतना परामर्श लिएपछि किशोरीलाई आत्मरक्षाका लागि तयार गरिएको छ । ‘जुनसुकै समयमा पनि किशोरीमाथि सम्भावित विविध प्रकारको हिंसाको विरुद्धमा प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यका साथ तालिम दिइएको छ, यसले केही प्रभाव पार्नेमा हामी केही हदसम्म ढुक्क छौं,’ अध्यक्ष डाँगीले भनिन् ।
कार्यक्रममा विराटनगर ११ का वडाअध्यक्ष तिथेन्द्र न्यौपाने, वडा सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।
काठमाडौं, ८ जेठ-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीसँग १६ हजार...
काठमाडौं, ६ फागुन । काठमाडौंको कलंकीमा गएराति प्रेसर कुकर बम राखेर भाग्ने दुई जना सीसीटीभी फुटेजमा देखिएको थानकोट प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक रमानन्द चौधरीका अनुसार कलंकीमा मध्यराति हिँडिरहेका शंकास्पद दुई व्यक्तिलाई सोधीखोजी...
सुनसरी, मंसिर ४ । – नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकाङ्क्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि सहमतिमा नै...
सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले बिनाहिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड- १९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा...
विराटनगर, २ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...
काठमाडौं, ३० वैशाख-भारत सरकारले नेपाली भूमि मिचेर चीनको मानसरोवरसम्म पुग्ने सडक बनाएपछि त्यसको विरोध भइरहेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार धार्चुला-लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए । भारतले विवाद जमिनमा सडक बनाएर उद्घाटन...
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली काङ्ग्रेसका नेता महेश आचार्य हिँडेका छन् । प्रतिनिधिसभाका उम्मेदवार मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीको...
काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५१ पुगेको छ।आज थप दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नया २ संक्रमित पर्सा र बिरगंजका ५० वर्षिय पुरुष भएको मन्त्रलायले जनाएको...