आत्मरक्षाको लागि ‘सेल्फ डिफेन्स’ तालिम सुरू, एक सय बढी किशोरीको सहभागि
बुधबार, १९ असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचीव पुर्शराम बस्नेत (कृष्ण) बस्नेतले गरे । कार्यक्रममा बोल्दै उनले किशोरीहरुलाई आत्मरक्षाको लागि यस्तो तालिमले ठूलो सहयोग पुग्ने बताए । उनले तालिममा सहभागीहरूलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गरे । उनले तालिमसँगै हिंसा विरुद्ध सचेतना पनि फैलाउन आवश्यक रहेको बताए । हिंसा न्यूनीकरणको लागि शिक्षासँगै आत्मरक्षा तालिम जरूरी भएको बताए । ‘आत्मरक्षा तालिम भनेको हिंसा जहाँ शुरू हुन्छ, त्यहीं अन्त्य हुनुपर्छ भन्ने हो, ‘ उनले भने ।
कार्यक्रमको संयोजक तथा नेपाल खेलकुद महासंघकी स्थाइ कमिटि सदस्य सन्तोषी श्रेष्ठले महिलाहरुलाई सेल्फ डिफेन्स तालिमले आत्मरक्षाको लागि ठूलो सहयोग पुर्याउने बताइन् । यस्तो तालिम प्रदेश सरकारले गरिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताइन् । ‘महिलाहरु घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, कसरी आफूलाई बचाउ गर्नेबारेमा प्रशिक्षण दिइएको हो,’ उनले भनिन्, ‘आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउने विषयमा प्रशिक्षण दिँदै प्रयोगात्मक अभ्यास समेत गराइन्छ,’ उनले भनिन् ।
आत्मरक्षा तालिममा मोरङका सामुदायिक विद्यालयका ८, ९, १० र १२ कक्षामा अध्ययरत १०८ जना किशोरीहरुको सहभागि रहेको छ । तीन दिनसम्म संचालन हुने तालिमको प्रशिक्षकहरुमा चन्द्रकला प्रसाइ, मनकुमारी लिम्बु, पवित्रा शर्मा र योग प्रशिक्षकमा लक्ष्मि घिमिरे रहेकी छिन् । तालिमको उद्घाटन शत्रमा नेपाल खेलकुद महासंघका स्थाइ कमिटि सदस्य रोहित कोइराला, थरुराज भण्डारी, जिल्ला अध्यक्ष मनोज खड्कालगायतको उपस्तिथी रहेको थियो ।
काठमाडौं, जेठ ४-भूमि व्यवस्था मन्त्रालयले नेपालको नयाँ नक्सा तयार पारेको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । मन्त्रालयले तयार पारेका...
एजेन्सी, जेठ २८-ब्राजीलले कोरोना भाइरस संक्रमित र कोभिड–१९ बाट मृत्यु हुनेको तथ्यांक पुनः जोड्न सुरु गरेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई कोरोना भाइरसको तथ्यांक पारदर्शी ढंगले सार्वजनिक गर्न आदेश दिएको थियो । दुई दिनअघि...
विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट १ हजार ५ सय...
दुई वटा कोरोना भाइरस (कोभिड-१९) खोप उत्पादक कम्पनी फाइजर इण्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआई) ले भारतमा कोभिड-१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआई) समक्ष आवेदन दिएका छन्।...
संखुवासभामा लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको धर्मदेवी नगरपालिका-६ का ५१ वर्षीय जंगबहादुर जिमीको घरबाट लडेर मृत्यु भएको हो । जिमी मंलबार आफ्नै घर अगाडि ढुंगा निकाल्ने क्रममा चिप्लिएर लडेका थिए । जिमीलाई...
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एकै दिन ५९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । मंगलबार अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।...
प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका एकल अधिकार कार्यान्वयन गर्न संघीय सरकारको अनुमति लिनुपर्दा काम गर्न कठिनाइ भइरहेको बताएका छन् । उनले प्रदेश प्रहरी लगायतका एकल अधिकार प्रदेशको भए पनि कतिपय एकल अधिकार केन्द्र सरकार...
काठमाडौं, मंसिर ३०-सरकारले संवैधानिक नियुक्तिलाई सहज बनाउन संवैधानिक परिषदसम्बधी अध्यादेश ल्याएको छ । दुई पटक बोलाउँदा पनि सभामुख उपस्थित नभएपछि आज बसको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश,...