मिस कोशीको फाइनलमा २६ जना भिड्दै, कसको शिरमा पर्ला ताज ?

 न्यूज विराट
मिस कोशीको फाइनलमा २६ जना भिड्दै, कसको शिरमा पर्ला ताज ?

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको फाइनलमा २६ जना प्रतिस्पर्धीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजनामा असारको अन्तिम साता हुने उक्त प्रतियोगिताको फाइनलमा २६ जना पुगेका हुन् ।

फाइनलमा गोर्खाकी सबिता भट्ट, मोरङ मिक्लाजुङकी रिया आचार्य, बेलबारीकी हेखां चामलिगं राई, इटहरीकी एलिजा केशी, संस्कृती ओझा, स्वस्तिका राई, कल्पना सहनी, , शुभ लक्ष्मी राई, बबिना मगर , कटहरीकी सन्जना कुमारी राजबंशी, भोजपुरकी आलिया राई, निकिता राइ, रोमिका राई रहेकी छिन् । यस्तै धरानकी रेशु राई, निशा हागंमा लिम्बु, इना खापुङ, जेनिफर राई, समिस्टा बि.क, करुना गजमेर रहेकी छिन् । यसैगरी बराहक्षेत्रकी सृजना थापा, विराटनगरकी गंगा अधिकारी, जुम्लाकी कृती बस्नेत, रतुवामाईकी निगम मोक्तान तामाङ, सिरहाकी सुजिता कुमारी साह, उर्लाबारीकी रोजिना खड्का र धनकुटाकी दृष्टी कार्की फाइनलमा पुगेकी छिन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुदै आएको छ । आठौंैं संस्करणको मिस कोशी केही फरक र भव्य र सभ्य तरिकाले हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद १ लाख र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् ।
प्रतियोगिहरुले यसअघि ट्यालेन्ट शो पनि देखाएका छन् । उनीहरुले आफ्नो रुची अनुसारको प्रतिभा ट्यालेन्ट राउन्डमा देखाए । फाइनलमा पुगेका प्रतियोगिहरु अहिले बन्द प्रशिक्षणमा रहेका छन् । उनीहरुले बन्द प्रशिक्षणमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट फाइनलमा पुगेका प्रतियोगिहरुलाई प्रशिक्षण दिदै आएका छन् ।

सम्बन्धित समाचार

नम्वर प्लेट स्पष्ट नभएका सवारीलाई ‘अन द स्पोट’ नम्वर लेखाउँदै ट्राफिक

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्ला भित्र गुडिरहेका सवारी साधनहरूलाई चेकिङ गर्ने क्रममा नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरूलाई अन द स्पोट नम्वर लेखाउने अभियान सुरु गरेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी...

तस्करलाई सघाएको आरोपमा चार प्रहरी निलम्बित

जनकपुर, २२ जेठ-प्रहरीको मिलोमतोमा जनकपुर क्षेत्रका तस्करी भइरहेको आरोप लागिरहेका बेला प्रदेश २ का चार जना प्रहरी निलम्बनमा परेका छन् ।लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जित्यो १४ अवार्ड

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले एक दर्जन बढी विभिन्न अवार्ड जितेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२३–२४ को समतिले एकै पटक १४ वटा अवार्ड जितेको हो ।  आउटस्ट्याण्डीङ क्लब अफ...

माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

काठमाडौं, ९ जेठ । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।...

नेपाल फर्मास्युटिकल्स एशोसिएशन कोशी प्रदेशको निर्वाचन : शम्भु साह समूहले सार्वजनिक गर्‍यो १३ बुद्धे प्रतिवद्धता

विराटनगर । असार ९ गते हुने नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको निर्वाचनमा उठेको शम्भु साह नेतृत्वको समूहले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । साह नेतृत्वको समूहले १३ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो...

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ, २१ वैशाख-छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण...

फर्जि काममा ‘अब्बल’ उमेश विश्वकर्मा, कोषाध्यक्षको हस्ताक्षरबिना लेखा परिक्षण प्रतिवेदन

विराटनगर, असार १८| फर्जि साधारणसभा, संस्थापक र साधारणसदस्यहरुको हस्ताक्षर किर्ते, आर्थिक अनियमितता, करछलीलगायतको पर्दाफास भएका विराटनगर स्थित मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा फेरी अर्को खुलासा भएको छ । दलित...

कांग्रेस प्रदेश समिति सदस्य रहेका बुढीगंगाका शिव कोइराला बालिका बलात्कारको आरोपमा पक्राउ

विराटनगर, २ माघ । बालिकालाई बलात्कार गरेको आरोपमा नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य रहेका मोरङको बुढीगंगा गाउँपालिका–२ का ५० वर्षीय शिव कोइरालालाई प्रहरीले १० वर्षीया बालिकालाई बलात्कार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्