अजोड इन्स्योसेन्स विरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा दायर

 न्यूज विराट
अजोड इन्स्योसेन्स विरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा दायर

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ ।
कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा २०७९ जेठ १६ मा परमादेश जारी गरेपनि अदालतको आदेशको अबज्ञा गरेपछि पत्रकार महासंघ मोरङले आज अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्धा दर्ता गरेको हो ।
न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (२) ले उच्च अदालतले आफ्नो र मातहतको अदालत वा न्यायिक निकायको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारवाही चलाउन सक्ने कानूनी व्यवस्था गरेको छ । ०७९ जेठ १६ मा परमादेशको आदेश जारी भईसकेको अवस्थामा विपक्षीहरूले सो आदेशको अवज्ञा गरी सम्मानित अदालतको गरिमालाई ठेस पु¥याउने र अदालतको काम कारवाहीप्रति जनतामा अविश्वास फैलाउने कार्य गरेकाले अवहेलनामा मुद्धा दर्ता गरिएको नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए ।
परमादेशको आदेशको अवज्ञा गरी विपक्षीहरूले जनताको आस्थाको धरोहरको रूपमा रहेको स्वतन्त्र न्यायपालिकाको गरिमामा आँच पुयाउने, अदालतप्रति अनास्था उत्पन्न गराउने प्रयास गरी अदालतको आदेशलाई कागजी न्यायमा सीमित गराउने प्रयास गरिएकाले विपक्षीहरूलाई झिकाई न्याय प्रशासन ऐन वमोजिम हदैसम्मको जरीवाना तथा कैद सजाय गरी पाउन माग गरिएको सचिव अधिकारीले बताए ।
न्याय प्रशासन ऐन २०७३ दफा १७ (४) बमोजिम १ वर्ष सम्म कैद र १० हजार जरिवाना वा दुबै हुने व्यवस्था रहेको उच्च अदालत विराटनगरका उपरजिस्टार टिकेन्द्र जङ्गवीर राणाले बताए ।
अदालतको अवहेलनामा मुद्धा दर्ता गर्नुअघि उच्च अदालत विराटनगर गत वैशाख २४ गते निवेदकको माग बमोजिम निर्णय कार्यान्वयनका लागि पत्र पठाएपनि सो को पनि अबज्ञा गरेपछि अवहेलनामा मुद्धा दर्ता गरेको पत्रकार महासंघ मोरङका सचिव अधिकारीले जानकारी दिए ।
०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालिन कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बिमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा परामादेश दिएको थियो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले आफ्ना सदस्यहरूको कोरोना बिमाबापतको रकम भुक्तानीका लागि परमादेश माग गर्दै २०७८ भदौ २१ मा उच्चमा रिट दायर गरेको थियो । कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासंघ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई २ सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बिमा गरिएको थियो । त्यसमध्ये ५३ जना बिमित पत्रकार संक्रमित भएकामा २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए । अझै ३३ जनाले भुक्तानी पाउन बाँकी छ ।
कोरोना बिमा गरेका मोरङका पत्रकारले सम्झौताअनुसारको रकम भुक्तानी नपाएपछि सोमबार नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दर्ता गराएको हो ।
अजोड इन्स्योरेन्सले जारी गरेको बिमालेख तोकिएको अवधिसम्म कुनै पनि हालतमा खारेज गर्न नसकिने, पिसिआर टेस्ट पजिटिभ देखिएमा संक्रमित व्यक्तिलाई एक लाखसम्मको दाबी भुक्तानी दिने, बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्ने र बिमितले रितपूर्वक निवेदन दिएको सात दिनभित्र रकम भुक्तानी दिने सम्झौता गरेको छ ।
कम्पनीको नियमअनुसार आवश्यक प्रिमियम तिरेर बिमा गरेका बिमितलाई भुक्तानी दिन नसकिने भन्ने गैरजिम्मेवार जवाफ दिएपछि नेपाल पत्रकार महासंघले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै २०७८ साउन ३२ मा रिट दायर गरेको थियो ।

सम्बन्धित समाचार

जनकपुर उपमहानगरको काम ३ महिनादेखि ठप्प,

जनकपुर, माघ २७–जनकपुरधाम उपमहानगरपालिकाको काम कारबाही करिब ३ महिनादेखि ठप्प छ । प्रदेश २ को अस्थायी राजधानीको उपमहानगरको आर्थिक कारोबार ठप्प हुँदा कर्मचारीहरूले कात्तिक महिनादेखिको तलब पाउन सकेका छैनन् भने पालिकाअन्तर्गतका शिक्षकहरू समेतले ३ महिनादेखि...

डब्लुएचओसँग अमेरिकाले सम्बन्ध तोडेको ट्रम्पको घोषणा

एजेन्सी, जेठ १७-अमेरिकाले कोरोना भाइरसको महामारीबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ पूर्ण रुपमा चीनको इशारामा चलेको आरोप लगाउँदै सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन्...

छुटे महरा, कारागार बाहिर भव्य स्वागत

काठमाडौं, फागुन ५–पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएपछि महरा केहीबेर अघि छुटेका हुन् । डिल्लीबजार कारागार बाहिर उनलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता एवं उनका शुभचिन्तकले माला,...

विद्यालयमा पढाउन छाडेर कटहरीका एक शिक्षक कांग्रेसको महाधिवेशनमा व्यस्त, क्षेत्रीय प्रतिनिधिमा उठेर पराजित

विराटनगर, १२ असोज । मोरङको कटहरीमा एक शिक्षक विद्यालयमा बालबालिकालाई पढाउन छाडेर सत्तारुढ दल कांग्रेसको महाधिवेशनमा व्यस्त भएको पाइएको छ । कटहरी–४ खरबनास्थित श्री आधारभूत विद्यालयका शिक्षक निरज साह विद्यालय समयमा विद्यार्थीलाई पढाउन छाडेर कांग्रेसको...

सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइँदै

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल...

आज देशभर २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं, २० साउन-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा...

भारतबाट आएका थिए चितवनका संक्रमित दम्पति

हेटौँडा, १० जेठ-चितवनका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दम्पति भारतबाट आएको खुलेको छ । भरतपुर महानगरपालिका–६ केशरबाघका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धालाई शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्