कटहरीमा सांस्कृतिक नृत्य प्रतियोगिता

 न्यूज विराट
कटहरीमा सांस्कृतिक नृत्य प्रतियोगिता

विराटनगर । कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कटहरी गाउँपालिकको आयोजना तथा कटहरी ४ खयरबना स्थित श्री आधारभुत विद्यालयको संयोजनमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा पालिकाभित्रका ८ वटा सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालय सहित ११ वटा विद्यालय सहभागी भएका छन् । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराएर प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि १२ सम्म दुई समुहमा विभाजनगरि प्रतिस्पर्धा गराईएको थियो । विद्यार्थीहरुलाई नृत्य र गायन विधामा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ गायन विधामा श्री आधारभुत विद्यालयकी छात्रा गायत्री मगर प्रथम, सोहि विद्यालयकी बिना कुमारी उराव दोश्रो र प्रजातन्त्र माध्यमिक विद्यालयकी बालसरी उराव तेश्रो भएकी छिन । यस्तै कक्षा ६ देखी १० सम्म नृत्य तर्फ भगवती आधारभुत विद्यालय प्रथम,श्री आधारभुत विद्यालय दोश्रो र जनता माध्यमिक विद्यालय तेश्रो भएका छन । संस्थागत विद्यालय नृत्यतर्फ ध्रुवतारा बोर्डिङ प्रथम,क्रिम्शन नेश्नल पब्लिक स्कुल दोश्रो र राष्ट्रिय आदर्श विद्या मन्दिर तेश्रो भएको छ ।
विजयीहरुलाई कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र श्री आधारभुत विद्यालयका प्रधानाध्यापक बलबहादुर बस्नेतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताका विजयी प्रथम,दोश्रो र तेश्रोलाई क्रमश २ हजार पाँच सय,२ हजार र एक हजार पाँच सय मूल्य बराबरको शैक्षिक सामाग्री,मेडल र प्रमाणपत्र प्रदान गरिएको श्री आधारभुत विद्यालयका प्रधानाध्यापक बस्नेतले जानकारी दिए ।

सम्बन्धित समाचार

वडा प्रहरी कार्यालय विराटनगर सुविधा सम्पन्न भवनमा

विराटनगर । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ आफ्नै तीनतले सुविधा सम्पन्न भवनमा सरेको छ । ४ करोड ४ लाख ६३ हजार ८४३ रुपैयाँ लागतमा निमार्ण भएको सुविधा सम्पन्न भवनमा सरेको हो । २०७७ असार ४...

इलाममा ग्याँस अभाव

विराटनग, चैत ९–उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले ग्यास बिक्री वितरणलाई सहज नबनाए बल प्रयोग गर्ने चेतावनी दिइरहँदा पूर्वी पहाडी जिल्लामा भने ग्यासको अभाव भएको छ । केही दिनदेखि बजारमा उपभोक्ताले सहज रुपमा खाना...

व्यवसायीले भने : यथास्थितमा सार्वजनिक यातायात चलाउँदैनौँ

काठमाडौं, २५ असार-व्यवसायीले यथास्थितिमा सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेलगत्तै व्यवसायीले यथास्थितिमा यातायात चलाउन नसकिने बताएका हुन् । यातायात व्यवसायीले साविक...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्। शनिबार विश्वासको मत...

पेट्रोलको मूल्य १५० पुग्यो, डिजेलको १३३

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि गरेको छ । निगमले बिहीबार रातीदेखि लागुहुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ५/५ रुपैयाँले बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल १५० रुपैयाँ लिटर पुगेको छ भने डिजेल र...

माथिल्लो तामाकोसीको बाँध परीक्षण सफल

निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधको परीक्षण सफल भएको छ । आइतबारसम्ममा बाँधमा पानी जम्मा गरेर गरिएको परीक्षणको क्रममा कतैबाट पनि पानी चुहावट नभएपछि बाँधको परीक्षण सफल भएको हो । अघिल्लो सोमबारदेखि...

जोनल फुटसलको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जित्यो

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोट्रयाक्ट क्लब अफ विराटनगर डाउनटाउनद्वारा संयुक्तरुपमा आयोजित जोनल फुटसल प्रतियोगिताको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जितेको छ ।  युवा दिवसको अवसर शनिबार विराटनगर शनिहाटस्थित स्पोर्टस्...

अन्तर्राष्ट्रिय शृंखला: कतारविरुद्धको अन्तिम टी-२० आज

काठमाडौं । एक खेल अगावै शृंखलाल आफ्नो पक्षमा पारेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबार टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल खेल्दै छ । नेपाली समयअनुसार दिउँसो ३: ४५ बजे कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्