विराटनगरमा छुरा प्रहार गरी हत्या आरोपमा १ जना पक्राउ

 न्यूज विराट
विराटनगरमा छुरा प्रहार गरी हत्या आरोपमा १ जना पक्राउ

विराटनगर । विराटनगरमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर(४ का २४ वर्षीय गणेश भन्ने रमेश यादव छन् ।

उनलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह आरआईटी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गरेको हो ।

असार ५ गते बुधबार राति रमेश यादवले छिमेकीको घरमा पाहुना आएका दुहबी नगरपालिका १२ सुनसरीका २३ वर्षीय अक्लेशकुमार यादवलाई सामान्य विवादका क्रममा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट घाइते भएका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रमेश यादवलाई प्रहरीले भाग्दै गरेको अवस्थामा सुनसरीको लौकहीबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

रोटरीको लोगो भएको जुटको झोला वितरण

विराटनगर । प्लास्टिक झोलालाई होइन भनौ अभियान अन्तर्गत जुटबाट निर्मित झोला वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आदर्श विद्यालयमा आयोजना गरेको तीन महिने सिलाई तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई २० वटा वातावरणमैत्री जूटका...

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७५ पुग्यो

काठमाडौं, १२ जेठ-नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, भेरी...

कोरोना कहरपछि दक्षिण कोरियामा २० लाखले गुमाए रोजगारी

एजेन्सी, जेठ ६-दक्षिण कोरियामा गएको ४ महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका...

प्रधानमन्त्री ओली फेरि शीतल निवासमा

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा सचिवालय बैठक बस्नु केही समयअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार साँझ पनि राष्ट्रपतिलाई भेटेका थिए...

जनता समाजवादीको दल दर्ता रोक्न निर्वाचन आयोगमा निवेदन

काठमाडौं, १४ वैशाख-नवगठित जनता समाजवादी पार्टीको दल दर्ता रोक्नका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । संविधानविपरीत दल दर्ता पक्रिया भएकाले रोक्नका लागि राष्ट्रिय युवा संघका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन पेस...

एसइईको कानुनी व्यवस्था परिवर्तन गरिँदै

काठमाडौं, ६ असार-माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानुनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान...

शिक्षादीप कलेज रोज्ने विद्यार्थीको भिड, ८ सयको कोटामा विज्ञान पढन २३ सय विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । मेडिकल, इन्जिनियरिङ र आइटिको क्षेत्रमा अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले शिक्षादीप कलेजले प्रत्येक वर्ष मेडिकल, इन्जिनियरिङ र आइटिको क्षेत्रमा विद्यार्थीहरूले...

घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालयमा धर्नामा

कास्की, १५ वैशाख-पोखरा महानगरपालिका–९, बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्बासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्