कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू, ‘प्रत्येक व्यक्ति सचेत भए मात्र दुर्घटना न्यूनिकरण’

 न्यूज विराट
कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू, ‘प्रत्येक व्यक्ति सचेत भए मात्र दुर्घटना न्यूनिकरण’

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा बिहीबार एक समारोहको बिच ट्राफिक सप्ताह सुरू भएको हो ।

उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे । सप्ताहको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनिकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तार दिनुपर्ने बताए । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढिरहेको उनले बताए । यसलाई नियन्त्रण गर्न यातायात व्यवसायीले पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।

कार्कीले दुर्घटनाको अवस्था भयावह भएको उल्लेख गर्दै यसका लागि हामी सबैको सामुहिक प्रतिवद्धताको आवश्यकता रहेको आंैल्याए । उनले दुर्घटनाबाट सयौंको संख्यामा मानिसहरुको मृत्यु भइरहेको र घाइते हजारौ भएको उल्लेख गर्दै यसको न्यूनिकरणको लागि चालक, सहचालक र व्यक्ति स्वयम सचेत र चनाखो हुनुपर्ने बताए ।

प्रदेश सरकारले ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न आवश्यक स्रोत साधन सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै उहाँले ट्राफिक प्रहरीको संख्या बढाउन पनि प्रहरी तयार हुनुपर्ने बिचार व्यक्त गरे । झापा, मोरङ र सुनसरीको कुनै निश्चित क्षेत्रमा नमूना ट्राफिक व्यवस्थापनमा नमूना सडक घोषणा गरेर कार्यक्रम गरेको खण्डमा सकात्मक प्रचार हुने र यसका लागि ट्राफिक प्रहरीले सरकारसँग समन्वय गरेर काम गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिए ।


ट्राफिक सप्ताहको समयलाई पुनः बिचार गरेर दशैं, तिहार जस्ता पर्व अघि अथवा वैशाखमा यो कार्यक्रम गर्न सुझाब दिदै मुख्यमन्त्री कार्कीले यसो गरेमा कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ट्राफिक सचेतना घर घरमा पुर्याउनुपर्नेमा जोड दिए । उनले ट्राफिक प्रहरीलाई आधुनिकीकरण गरेर लैजान सरकार लागि परेको बताए ।
कार्यक्रममा कोशी प्रदेशका डिआइजी चन्द्रकुवेर खापुङले प्रदेशमा सवारी दुर्घटना भयावह बन्दै गएको बताए । सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घनलगायत कारणले दुर्घटना भयावह बन्दै गएको उनले बताए । भयावह अवस्थामा रहेको दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको उनले बताए ।
प्रदेशमा आर्थिक बर्ष २०७५÷७६ मा ३७३ जनाले सवारी दर्घुटनामा परेर ज्यान गुमाएका छन् । २०७६÷७७ मा ३३२ जना २०७७÷७८ मा ४४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । गत वर्षमात्रै यस प्रदेशमा ३ हजार ८२० दुर्घटनामापरी ५३१ जनाको मृत्यु भएको उनले बताए । जसमा १ हजार १ सय १४ जना गम्भीर घाइेत र ५ हजार ३३५ जना समान्य भाइते भएका छन् । उनका अनुसार वर्षेनी ८० प्रतिशत दुर्घटना वृद्धि भएको उनले बताए । अधिकांश सवारी दुर्घटनाहरुमा मानवीय क्रुटि प्रमुख कारणको रुपमा रहेको उनले बताए । चालक र सडक प्रयोगकर्ताहरुले ट्राफिक नियमको पूर्ण पालना गरेको खण्डमा दुर्घटनामा न्यूनीकरण हुने उनले बताए । ‘दुर्घटनाको मानवीय कारणहरुको विश्लेषण गर्दा ५३ प्रतिशत दुर्घटना तीव ग्रतिका कारण देखिएको छ । १६ प्रतिशत दुर्घटना चालकको लापरबाही, १० प्रतिशत दुर्घटना चालकले मादक पदार्थको सेवन गरी सवारी चलाउँ र ७ प्रतिशत दुर्घटना चालक अनुमति पत्र नलिएर दुर्घटना भएको देखिएको छ,’ उनले भने, ‘१२ प्रतिशत दुर्घटना सडक प्रयोगकर्ताहरुले असावधानीपूर्वक सडक प्रयोग गरेको कारणले दुर्घटना भएको देखिएको छ । ’ यसरी भएको दुर्घटनालार्य नजिकबाट नियाल्दा ५७ प्रतिशत दुर्घटनामा मोटरसाइकल, १६ प्रतिशत दुर्घटना सिटी, इ रिक्सा तथा टेम्पो र ११ प्रतिशत दुर्घटनामा साना सवारी साधानहरुको संलग्नता रहेको एसपी पौडेलले बताए । ‘सवारी साधनका चालकहरु र सडक प्रयोगकर्ताले ट्राफिक नियमकोपालना नगर्नु कानुनत ः दण्डनीय कसुर हो भनि आत्मसात गरी ट्राफिक नियमको पालनामा पूर्ण प्रतिवद्धता हुन सकेको खण्डमा मात्र दुर्घटना न्यूनिकरणतर्फ आशतीत सफलता प्राप्त गर्न सकिन्छ,’ उनले भने ।

सप्ताहको पहिलो दिन विराटनगर बसपार्कबाट सचेतनामूलक ¥याली निकालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको स्थानीय संयोजत्नमा भएको निक्लिएको ¥याली महेन्द्र चोक हुदै सिटी प्यालेसमा पुगेर भव्य कार्यक्रम भएको थियो ।
ट्राफिक सप्ताह अन्र्तगत दोस्रो दिन तीव्रगति नियन्त्रण तथा पार्किङ निषेध, तेस्रो दिन सडक अनुशासन कार्यान्वयन तथा कारवाही गर्ने, चौथो दिन प्रशिक्षण दिने ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गरिने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।
अभियानको चौथा दिन सवारीको यान्त्रिक चेकजाँच तथा मापसे र लापसे चेकजाँच अभियानलाई तिव्रता दिने, पाँचौ दिन अनुमगन तथा कारवाही र अभियानको अन्तिम दिन अन्र्तक्रिया कार्यक्रम गर्दै समापन गरिने ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रचण्डसँग भेटेपछि माधवले निवासतिर बोलाए आफ्ना कार्यदल सदस्य

काठमाडौं, असार २६ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलमा रहेका आफ्ना पाँच नेतालाई निवासमा बोलाउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले निवासमै आएर अध्यष केपी ओलीसँग नमिल्न भन्दै धम्की दिएपछि नेता...

विश्वकपछि टी-२० को कप्तानी छोड्ने कोहलीको घोषणा

एजेन्सी, ३१ भदोै । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अक्टोबरमा दुबईमा हुने टी-२० विश्व कपपछि छोटो फर्म्याटको क्रिकेटमा भारतीय टोलीको कप्तानी छाड्ने निर्णय गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै कोहलीले यहाँसम्म आइपुग्नका लागि...

प्रदेश १ मा कोरोना परिक्षण व्यवस्थित बनाइने

विराटनगर, १ भदौ–प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाईने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आईतबार बसेको बैठकले कोरोना संक्रमणको दर बढेसँगै सिमित क्षमतालाई ध्यान दिँदै पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने...

फ्रान्सका पूर्वप्रधानमन्त्री र उनकी पत्नी भ्रष्टाचार मुद्दामा दोषी ठहर

पेरिस, १५ असार-फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ । पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली...

‘विराट एक्स्पो’ २०७६ को तयारी सुरु

विराटनगर, माघ २३–उद्योग संगठन मोरङको आयोजना र नोवेल मेडिकल कलेजको मुख्य प्रायोजनमा विराटनगरमा कृषि, औद्योगिक तथा व्यापार एक्स्पो २०७६ को आयोजना हुने भएको छ । २ फागुनदेखि ९ दिनसम्म आयोजना हुने उक्त महोत्सव विराटनगर– २,...

विराटनगर महानगरका वडामा एमालेको बर्चश्व

विराटनगर, ७ जेठ । विराटनगर महानरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की फराकिलो मतान्तरले विजयी भएका छन् । सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार मोयरमा कोइराला ८७१५ र उपमेयरमा कार्की...

‘जुु’मा थुन्ने गृहमन्त्रीको अभिव्यक्ति निरंकुश बन्ने दु:स्वप्न : भीम रावल

ओली समूहले नारायणहिटी अगाडि गरिको बृहतसभामा सम्बोधनका क्रममा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिलाई लिएर नेकपाका प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रतिक्रिया जनाएका छन् । गृहमन्त्री थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्ने दु:स्वप्ना देखिरहेको...

ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ

विराटनगर । ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ब्राउन सुगरसहित आज शनिबार विराटनगर १५ स्थित १ नम्बर ढाटबाट दुई जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरि ईटहरि नगरपालिका २...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्