एमालेमा विवाद : महानगर अध्यक्षसहित तीन जनालाई गरिएको कारवाही फिर्ता लिन माग
शनिबार, ०१ असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर ३ मा रहेको मानगढ खानेपानीको विषयमा नेकपा एमालेका विराटनगर महानगरपालिकाका अध्यक्षसहित तीन जना गरेको कारवाही फिर्ता लिन माग गरिएको छ । एमाले विराटनगर महानगरका १९ वटै कमिटीका अध्यक्ष, सचिव तथा इन्चार्जहरुले जिल्ला अध्यक्ष बाबुराम कार्कीलाई शनिबार ज्ञापन पत्र बुझाउँदै तत्काल कारवाही फिर्ता लिन माग राखेका हुन् । पार्टीको आधिकारिक निर्णय समेत नभएको विषयमा कामचलाउ जिल्ला संगठन समितिको अध्यक्ष कार्कीले जिल्ला कमिटीको बैठकमा निर्णय र माइन्यूट नै नभएको विषयमा विधान विपरित कारबाहीको चिठ्ठी दिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । उनीहरुले खानेपानी संस्थामा निर्वाचनको बहानामा एमालेलाई नै सिद्धाउने खेल भएको भन्दै उनीहरुले कारबाही फिर्ता गर्नु पर्ने माग गरे । ज्ञापन पत्र बुझाउँदै उनीहरुले पार्टीले स्थानीय कार्यकर्ताहरुको भावना विपरित निर्णय गर्दै पार्टी कै छवि धुमिल बनाउन खोजेको आरोप लागाए । नेकपा एमाले मोरङले नेकपा एमाले विराटनगर कमिटी अध्यक्ष सागर थापा, महानगर कमिटी कार्यालय सदस्य नवराज नेपाल र मानगढ खानेपानीको अध्यक्षका उम्मेदवार भएका एमाले वडा कमिटी ३ का अध्यक्ष लालमणि भट्टराईलाई कारबाही गरेको छ । यस्तै वडा नम्बर ३ का वडा सदस्य सुरज न्यौपाने र जिल्ला सदस्य मुकेश बुढाथोकीलाई स्पष्टिकरण सोधेको छ । पार्टीको निर्णय विपरित उम्मेदवार बनेको, उम्मेदवारको प्रचार प्रसार गरेको आरोप लगाउँदै उनीहरुलाई कारवाही गरेको हो । तर यो कारवाही विधान विपरित भएको भन्दै उनीहरुले एमाले जिल्ला कमिटीको ध्यानाकर्षण गराएका हुन् । १९ वटै वडाको तर्फबाट जारी गरिएको अपिलमा अमुक नेताको व्यक्तिगत कुन्ठा पुरा गर्न पार्टीको गरिमामय पदको दुरुपयोग भएको भन्दै नेकपा एमाले पार्टीलाई विराटनगर महानगरपालिका भित्र कमजोर बनाउन षड्यन्त्र गरिएको उल्लेख गरिएको छ । २४ घण्टा भित्र कारवाही फिर्ता नगरे हुने क्षति जिम्मा पार्टी जिल्ला कमिटीका नेतृत्वले लिनु पर्ने चेतावनी अपिलमा उल्लेख गरिएको छ । यस्तै पार्टी कार्यालय पाञ्चालीमा भेला भएका १९ वटै वडाका पदाधिकारी तथा अध्यक्षहरुले शुक्रबारे बसेको वडा कमिटी अध्यक्षको बैठकको निर्णयको माइन्यूट समेत हस्तान्तरण गरेका छन् ।
विराटनगर । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्व डिएपी कविन्द्र कुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन...
विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले...
महावीर पुनले आज काठमाडौं उपत्यकाका एम्बुलेन्स ड्राइभरहरुलाई निशुल्क पीपीई बितरण गर्ने भएका छन् ।एम्बुलेन्स ड्राइभरहरुले पीपीइको अभावमा एम्बुलेन्स चलाउन नमानेका खवर सार्वजनिक भएलगत्तै पुनले आफ्नो आबिष्कार केन्द्रबाट पीपीइ बितरण गर्ने जानकारी दिएका छन् । उनले...
विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट १ हजार ५ सय...
जनकपुर, माघ ४–सरकारी सवारी साधन मनपरि चलिरहेका अवस्थामा प्रदेश २ मा मन्त्रीकै गाडी ट्राफिक कारबाहीमा परेको छ । ट्राफिक नियम उल्लंघन गरेपछि प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको...
काठमाडौं, ३१ वैशाख-आज बिहान ११ बजे बाेलाइएकाे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । कोरोना संक्रमण बढेको र कतिपय स्थायी कमिटी सदस्यको पीसीआर टेस्ट हुन बाँकी रहेकोले आज...
एजेन्सी, असार ४-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारका लागि मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा पुनः रोक लगाएको छ । यसअघि द लानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ का बिरामीका लागि फाइदाजनक नरहेको...
सुनसरी, १० साउन-सरकारले लकडाउनलाई खुला गर्ने निर्णय गरेपनि इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य सङ्घ इनरुवा सुनसरीसहित सरोकारवालाको बैठकले इनरुवामा आजदेखि पुनः लकडाउन गर्ने निर्णय...