अत्याधुनिक भवनबाट विराट डाईग्नोष्टिक ल्याबको भरपर्दो सेवा, विरामीको विश्वास जित्दै
सोमबार, २८ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट सेवा सुचारू गरेको छ । ल्याबवको नयाँ बनाएको आधुनिक भवनको सोमबार उद्घाटन अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले अत्याधुनिक सुविका सम्पन्न भवनबाट आधुनिक उपकरणहरुबाट गुणस्तरीय सेवा दिएको बताए । नयाँ टेक्नोलोजी र अटोमेटिक मेसिनबाट ल्याब परीक्षण गरेर सेवा प्रदान गर्दै आएको उनले बताए ।
विराटको ल्याब आईएसओ र बायोर्याड सर्टिफाइड प्रयोगशाला हो । हस्पिटलको ल्याब अपग्रेड गरेर नयाँ एडभान्स टेक्नोलोजी ल्याएर सेवा सुरु गरिएको अध्यक्ष कार्कीले बताए । २०५० सालमा स्थापना भएको अस्पतालमा ५० करोड भन्दा बढी ल्याबमा लगानी रहेको उनले बताए ।
विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिका प्रशासन प्रमुख अमित कुसवाहाले बायोर्याड र आइएसओ सँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएका कारणले गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेको बताए । ‘विराटको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन् । धेरैमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ होला । तर, यहाँ डाक्टरले भेरिफाइ गर्छन् । हामीसँग प्याथोलोजिष्ट छन् । एक जना माइक्रोबायोलोजिष्ट सहितको ९० जनाको टिमले विराटको ‘बी क्याटेगोरी’ मा देशकै नमूना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता हात पारेको छ,’ कुसवाहाले भने ।
उच्च गुणस्तर कायम गरेकै कारण विराटको प्रयोगशालाबाट वार्षिक हजारौँले सेवा लिने गरेको वरिष्ठ प्याथोलोजिष्ट डा. श्रीपाद वालावलकरले बताए । ‘विराटले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ । अरुले सायदै गरेका होलान । यही कारण पनि हामीले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ । सेवाग्राहीको फिडब्याक पनि राम्रो छ र विरामीको भरोसा पनि बढेको छ,’ उनले भने ।
विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिका डाइरेक्टर तथा वरिष्ठ रेडियोलोजिष्ट डा.सुशिल तपरियाले आईएसओले बनाएको मापदण्डअनुसार विराटको ल्याब्रोटोरीमा काम गरेकोले गुणस्तरीय सेवा दिएको बताए । विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबमा नमूना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरु अन्तर्राष्ट्रिय स्तरका रहेको उनले बताए । पूर्वी नेपालमा पहिलो पटक विराटले स्वचालित एलर्जी परीक्षणको लागि अत्याधुनिक उपकरण पनि ल्याएको उनले बताए । अब रगतबाट एलर्जीको परिक्षण हुने उनको भनाई छ । यसअघि छालाबाट गरिन्थ्यो । ल्याबमा प्याथोलोजीको सम्पूर्ण सेवाहरु छन् । गुणस्तरीय सेवा दिने अल्ट्रासाउण्ड र इको रहेको अस्पतालले जनाएको छ ।
ब्रेस्ट क्यान्सर पत्ता लगाउने म्यामोग्राफी पनि यहाँ रहेको छ । त्यसको लागि नयाँ मेसिन ल्याएको छ । ६४ स्लाइस सिटी स्क्यान, १.५ टेस्लाको एमआरआइ, डिजिटल ए–क्सरे रहेको छ । ओपीजि र सेफ्लोमेट्रि उपकरण पनि आएको अस्पतालले बताएको छ । यस्तै इसिजी, इइजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, टिएमटी, एफएनएसीलगायतका उपकरणहरुबाट सेवा प्रदान गरिदै आएको छ । बोनडेनसिटी मेसिन पनि ल्याउने तयारी गरिएको छ ।
राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री पदका लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीले गरेको दाबी कीर्ते भएको बताएका छन् । शुक्रबार ट्वीट गर्दै अध्यक्ष थापाले दुवै दावी कीर्ते भएकाले त्यससलाई खारेज गरेर संविधान बमोजिम चुनाव घोषणा...
पोखरा, १६ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क...
विराटनगर । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सोमबार सम्पन्न भएको छ । ९ माघमा सुरू भएको स्पोर्ट्स मीट विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि...
एजेन्सी, बैशाख ८-युरोपका स्पेन, इटाली, फ्रान्स, जर्मनीमा पछिल्लो केही दिन कोरोना संक्रमण घट्दो क्रममा रहे पनि बेलायत र रसियामा भने तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र बेलायतमा ५ हजार ९ सय संक्रमित...
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा अब्बल सावित भएको विराटनगरको दुई कलेज मर्ज भएको छ ।विराटनगरस्थित लर्डबुद्ध कलेज र विराट क्षितिज कलेज मंगलबार बाट मर्ज भएको कलेजले जनाएको छ । शैक्षिक क्षेत्रमा इतिहास...
काठमाडौं, २९ वैशाख-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र...
काठमाडौं, २ माघ-पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार ५६७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल...
काठमाडौं, ६ मंसिर । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तले निर्वाचित कार्य समितिलाई वैधानिक काम गर्न बन्देज लगाएर नेपाल सरकारले एनआरएनएको स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको बताएका छन् । सरकारले निर्वाचित कार्य समितिलाई दीर्घकालिन महत्वका...