तेस्रो प्याब्सन कप : विराटनगरको ग्यालेक्सी, मदरल्याण्ड, दर्पन र मोर्डन एराको विजय सुरुवात

 न्यूज विराट
तेस्रो प्याब्सन कप : विराटनगरको ग्यालेक्सी, मदरल्याण्ड, दर्पन र मोर्डन एराको विजय सुरुवात

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार वटा विद्यालय विजय भएका छन् ।

प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्यालेक्सी, मदरल्याण्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुल विजय भएका हुन् ।

विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले अर्पन स्कुललाई १–० गोलले पराजित गर्यो । जितको लागि ग्यालेक्सीका एमडी मासुमले निर्णायक गोल गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए ।

त्यसैगरी दोस्रो खेलमा मदरल्याण्ड एकाडेमीले २–१ गोलले हरायो । जितको लागि मदरल्याण्डका खेमराज हमालले व्यक्तिगत दुई गोल गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा दर्पनले विराट शिक्षा स्कुललाई २–१ गोलले पराजित गर्यो । जितका लागि दर्पनका शुवास राजवंशी र आशन थापा मगरले गोल गरे । विराट शिक्षाको तर्फबाट सान्तवना गोल रन्जित दनवारले फर्काए ।
चौथो खेलमा मोर्डन एरा स्कुलले टाईब्रेकरमा बिकेभिएम स्कुललाई २ –१ गोलले निरास बनायो । टाईब्रेकरमा मोर्डन एराका अमन माझी र सुशान्त रोइलाले गोल गरे । बिकेभिएमको तर्फबाट डेनिस लामिछानेले मात्र गोल गरे । खेलको प्लेर अफ द म्याच मोर्डन एराका गोलकिपर रोनकराज धामी घोषित भए । निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

मंगलबार तीन खेल हुनेछ । पहिलो खेल गौतम बुद्ध मेमोरियल स्कुल र सप्तकोशी स्कुल, दोस्रो खेल विनायक बोर्डिङ स्कुल र गोदावरी स्कुल बीच हुनेछ भने तेस्रो खेल सेन्ट जोसेफ र देवकोटा स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए । असार ५ गते हुने प्रतियोगिताको फाइनलमा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् ।
प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न कबिर ५ लाख रुपैयाँ लाग्ने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । प्रतियोगिताको विभिन्न ८ वटा विधामा पुरस्कार वितरण गरिनेछ । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रममा बोल्दै उने खेल क्षेत्रको विकासमा स्कुल तहबाट गरिएको प्रतियोगिताले ठूलो सहयोग पुग्ने बताए ।

सम्बन्धित समाचार

परीक्षणको दायरा बढाउन माग गर्दा प्रहरीको लाठीचार्ज

पोखरा, २९ जेठ-पोखरामा युवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । लकडाउनको उल्लंघन गर्दै युवाले पोखराको राष्ट्र बैंक चोक र जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि प्रदर्शन गरेका हुन् । लकडाउनको उल्लंघन गर्दै प्रदर्शन...

बुबाले छोरीको र छोराले बुबाको हत्या गर्ने पक्राउ

काठमाडौं, ८ बैशाख-आफ्नै छोरीको हत्या गर्ने बुबा पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगंञ्ज महानगरपालिका–१ का २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह छन् । साहले ७ वर्षीया छोरी अंशु कुमारी सरार्फलाई गत चैत...

कोरोना महामारी : एकै दिनमा ६१ हजार संक्रमित, ४ हजारको मृत्युु

देखिएको करिव ४ महिना हुँदा समेत कोराना नियन्त्रणका अनेकौ प्रयासले अपेक्षित सफलता पाउन सकेका छैनन् ।अघिल्लो दुई महिनामा देखिएको संक्रमितको संख्या र मृत्यु भन्दा पछिल्लो २ दिनमा बढी छ । आजमात्रै कोरोनाको कारण विश्वभर करिव...

अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु, न्युयोर्कमा १ सयभन्दा कम मृत्यु

एजेन्सी, जेठ ११-अमेरिका कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा १ हजार १२७ जनाको मृत्यु भएको छ । यसका साथै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या हालसम्म ९८ हजार ६८३ पुगेको छ । सेन्टर फर...

प्रदेश १ का स्वास्थ्यमन्त्रीलाई पछि पार्दै आर्याल दोब्बर मतले अग्रता

विराटनगर । मोरङ क्षेत्र नं ५(२) प्रदेशतर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले फराकिलो मतअन्तरले अग्रता कायम गरेका छन् । अर्यालले २ हजार ५ सय ९५ मतले आग्रता लिएका हुन् । ९ हजार ५ सय...

आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन : आधारभूत वर्गको हितमा काम गर्नूस्

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले नवनियुक्त भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिएकी छन् । मन्त्रालयमा आयोजित आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो निर्देशन दिएकी...

लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग

विराटनगर, माघ २८–बालबालिकामाथि खासै चेकजाँच नहुने भएपछि लागुऔषध कारीबारीले बालिकालाई तस्करीका लागि प्रयोग गर्न थालेका छन् । सहजै आफूले भनेको ठाउँमा पुग्ने र प्रहरीले पनि बालबालिकामाथि निगरानी नगर्ने देखेपछि बालबालिकाको प्रयोग बढ्न थालेको हो ।...

चितवनकी कोरोना संक्रमितको चौथो रिपोर्ट पनि पोजिटिभ

चितवन, २२ वैशाख-पूर्वी चितवनकी कोरोना संक्रमित महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनसार हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट फेरि पनि पोजिटिभ देखिएको हो । कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्