हिमालय दर्शनका बिवेक सुवेदी भए देशभरीमा द्धितीय

 न्यूज विराट
हिमालय दर्शनका बिवेक सुवेदी भए देशभरीमा द्धितीय

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका बिवेक सुवेदी देशभरीमा द्धितीय भएका छन् । त्रिभूवन विश्व विद्यालयले लिएको परीक्षामा सुवेदी बीबीएस प्रथम वर्षको परीक्षामा द्धितीय भएका हुन् ।

सोमबार सार्वजानिक भएको नतिजा अनुसार सुवेदीले ८०.६० प्रतिशत ल्याएर देशभरीमा सुवेदी द्धितीय भएको हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले दाबी गरेका छन् । सुवेदी हिमालय दर्शन कलेजका २०७८ ब्याजका विद्यार्थी हुन् । टियूले गत वर्षको वैशाखमा परीक्षा लिएको थियो । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ घर भएका सुवेदी विराटनगरमा बस्दै आएका छन् । २० वर्षीय सुवेदीले कक्षा १२ विराटनगरस्थित शिक्षादीप कलेजबाट गरेका थिए । उनी निजामती कर्मचारी पनि हुन् ।
१९ वर्षको उमेरमा उनले पाँचौ तहमा नाम निकाल्न सफल भएका छन् । उनी अहिले विराटनगर महानगरपालिकामा कार्यरत छन् ।
बीबीएस प्रथम वर्षको परीक्षामा देशभरीमा द्धितीय भएपछि कलेजले उनलाई बुधबार सम्मान गरेको छ । कलेज परिसरमा उनलाई सम्मान गरेको हो । देशभरीमा द्धितीय भएपछि सुवेदीले यो सफलताको श्रेय कलेजलाई दिन चाहने बताए । ‘कलेजका शिक्षकहरूले राम्रोसँग पढाएको र मैले मेहनत गरेको कारणले अहिले यो सफलता मिलेको हो,’ सुवेदीले भने ।

सम्बन्धित समाचार

सेती अस्पतालको आइसोलसनमा राखिएका १ जनाको मृत्यु

कैलाली, १४ जेठ-कैलालीमा आइसोलेसनमा भर्ना भएका १ जनाको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका कैलालीका ५५ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी...

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ धरौटीमा रिहा

काठमाडौ, २१ माघ-ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा रिहा भएका छन् ।  बुधबार न्यायाधीशद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुललमानको संयुक्त इजलासले गुरुङसँग दुई करोड धरौटीमा छाड्ने आदेश दिएको...

मिस कोशीको फाइनल शनिबार, कसको शिरमा पहिरेला ताज ?

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना...

पाँचथरको मिक्लाजुङकी लावती पुग्छिन् कोशी प्रदेशमा लाग्ने हरेक एक्सपोमा

विराटनगर । कोशी प्रदेशमा लाग्ने हरेक महत्सव तथा एक्सपोमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनुकुमारी लावती किवीबाट बनेको परिकार लिएर पुग्ने गर्छिन् । लावतीको माङपाहाङ लावती कृषि उद्योगबाट बनेको किवीको जुसलगायतको पर्दशन गर्ने...

विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई ९ विकेटले हरायाे

आईसीसी महिला टी–ट्वान्टी विश्वकपकाे एसिया छनोटमा नेपालले कुवेतमाथि ९ विकेटकाे जित निकालेकाे छ । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्‍याे । नेपाललाई जिताउन इन्दु बर्माले १३, कप्तान रुविना...

विराट गोल्डकपको तयारी पुरा, बिजेतलाई २० लाख १५ हजार

विराटनगर । विराटनगरमा चैत ९ गतेदेखि सुरू हुने सातौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । विराटनगरस्थित सहिद मैदानमा सुरु हुने रात्रिकालीन विराट गोल्डकपको तयारी पुरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी...

अघिअघि टेलिकम, पछिपछि एनसेल

कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् । कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न...

बन्दाबन्दी खुकुलो बनाउन मोरङका दलहरुको सरकारलाई आग्रह

विराटनगर, जेठ २३–लामो समयदेखि जारी बन्दाबन्दीका कारण सवै क्षेत्र मारमा परेकाले त्यसको उचित विकल्प खोज्न सरकारलाई मोरङका दलहरुले आग्रह गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मोरङको कार्यालयमा अध्यक्ष मो. कादीरको अध्यक्षतामा सम्पन्न सर्वदलिय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्