रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री

 न्यूज विराट
रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् ।

विराटनगरमा आजबाट सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताएका हुन् ।

“वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदैछ,” प्रधानमन्त्री प्रचण्डले भने, “एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको छ ।”

दीगो विकासका लक्ष्यहरू तथा सरकारको अन्य नीति तथा योजनाले परिकल्पना गरेअनुरूप श्रम क्षेत्रमा पनि स्वास्थ्य र आरोग्यताका लागि काम गरी श्रमिकको हकहित संरक्षण गरिने बताउँदै प्रधानमन्त्रीले रेमिटेन्सबाट अर्थतन्त्रको उत्पादनशिलता बृद्धि गरी आन्तरिक रोजगारी बढाउन सरकार लागि परेको बताए । उनले सबै क्षेत्रको संयोजन गरी तत्कालका लागि सुरक्षित र उपलब्धिमूलक वैदेशिक रोजगारी र दीर्घकालीन रूपमा आन्तरिक रोजगारी बढाएर देशको समृद्धि र नागरिकको सन्तुष्टि बृद्धि गर्नुपर्नेमा जोड दिए ।

“सरकारले श्रमिकहरू समस्यामा परेपछि होइन, श्रममा प्रवेश गर्न चाहनेहरूको सीप तथा क्षमता अभिबृद्धि गरेर प्रतिस्पर्धी बनाउनेसमेत लक्ष्य राखेको छ,” प्रधानमन्त्रीले भने , “यसको कार्यान्वयनले श्रममा प्रवेश गर्न चाहने धेरै युवा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।” रोजगारीको सिर्जना र मर्यादित श्रम क्षेत्रको विकास गरेर समृद्धिको यात्रालाई तीव्रता दिन सकिने बताउँदै उहाँले त्यसका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास एवं सहकार्यका लागि अपिल गरे ।

‘श्रमाधान रोजगार मेला’ सरकारको अर्थपूर्ण कार्यक्रम भएको बताउँदै प्रधानमन्त्रीले श्रम र रोजगारीसँग सम्बन्धित सम्पूर्ण अवसर र समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने र नागरिकको रोजगारीको संवैधानिक हक प्रत्याभूत गर्न यसले विषेश भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत मुलुकभित्र रोजगारीका अवसर बृद्धि गर्न धेरै नयाँ कार्यक्रमहरू ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले रोजगार बैंकको अवधारणा, वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको उद्यम विकास, प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना, कृषि क्षेत्रको पुनरोत्थान, औद्योगिक विकास, सूचना प्रविधिको विकासलगायत कार्यक्रमबाट रोजगारी सिर्जना हुने बताए ।

नेपालमा उत्पादित वस्तुहरूको उपयोग र खपतका निम्ति प्रोत्साहन, ‘मेड इन नेपाल, मेक इन नेपाल’ को अवधारणा अगाडि बढाइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले डाटा सेन्टर तथा सूचना प्रविधिको विकासमा उच्च प्राथमिकता, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गरिने बताए ।

“स्टार्ट अप र नवप्रवर्तनका लागि इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना, स्टार्ट अप बोर्डको गठन र कोष स्थापना, सातै प्रदेशमा बिजिनेस इन्क्युवेसन सेण्टर सञ्चालन गरिनेछ”, प्रधानमन्त्रीले भने, “सार्वजनिक–निजी साझेदारीमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण, महिला उद्यमीद्वारा उत्पादित वस्तु बिक्री गर्न कोसेली घरको स्थापना र सञ्चालन, उद्योग र लगानीसँग सम्बन्धित कानुनमा परिमार्जन गरिनेछ ।”

प्रधानमन्त्री प्रचण्डले स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्यम व्यवसाय सञ्चालन, रैथाने कृषि बाली विकास, कृषि प्रदर्शन, साप्ताहिक मेला र हाट बजार सञ्चालन लगायतका धेरै कार्यक्रम आगामी वर्षको बजेटमा सम्बोधन गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार

प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण 

काठमाडौं, १५ जेठ-प्रदेश २ मा आज थप ७६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा टेकुमा गरिएको परीक्षणमा प्रदेश २ का ६ जिल्लामा थप ७६ जनामा कोरोना पोजिटिभ देखिएको हो । प्रयोगशालाका...

बाढीपहिरोले प्रदेश १ मा ५० जनाको मृत्यु

विराटनगर, ३ कात्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा बुधबार साँझसम्म ५० जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म बाढीपहिरोमा परेर पाँचथर २२ जना, इलाममा १३ धनकुटा ६, सुनसरीमा ५,...

चाडबाडमा सस्तो मूल्यमा सहजै खाद्यान्न उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं, १२ असोज । संसदीय समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरूलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले...

स्थानीय चुनावका लागि मतपत्र खरिद प्रक्रिया सुरु

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतपत्र खरिदको प्रक्रिया अघि बढाएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावका लागि मतपत्र खरिदको प्रक्रिया अघि बढाएको बताएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्माले मतपत्र...

ओलीको सनकले संविधान धरापमाः भीम आचार्य

विराटनगर, १४ पुस-प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै मंगलबार विराटनगरमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समुहले विराटनगरमा शक्ति प्रर्दशन गरेको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुह मोरङले संयुक्त शक्ति...

प्रदेश सरकारलाई २४ लाख बराबरको खाद्य सामाग्री हस्तान्तरण

विराटनगर, चैत २३–उद्योग संगठन र मोरङ व्यापार संघले प्रदेश–१ सरकारलाई २४ लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर संगठन र संघले आज संयुक्त रुपमा २४ लाख रुपैयाँ...

प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको छः मुख्यमन्त्री राई

विराटनगर, १५ मंसिर-प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । प्रदेश नं १ आइटिफ तेक्वाण्डो सङ्घको २० औं बार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित उत्कृष्ट महिला...

बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी लगभग नियन्त्रणमा

काठमाडौं, २३ साउन । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा गए रातिदेखि भएको आगलागी लगभग नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणमा लिनका लागि दमकल तथा हेलिकप्टरको प्रयोग गरिएको थियो । औद्यौगिक क्षेत्रका अध्यक्ष एन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्