‘श्रमाधान रोजगार मेला’ विराटनगरमा बुधबारदेखि, दुईदिनसम्म चल्ने मेलामा ५० स्टल रहने

 न्यूज विराट
‘श्रमाधान रोजगार मेला’ विराटनगरमा बुधबारदेखि, दुईदिनसम्म चल्ने मेलामा ५० स्टल रहने

विराटनगर । ‘श्रमाधान रोजगार मेला’ विराटनगरमा बुधबारदेखि सुरु हुने भएको छ । दुई दिनसम्म संचालन हुने उक्त मेला विराटनगरस्थित सिटी प्यालेसमा हुने भएको हो ।

दुई दिनसम्म संचालन हुने ‘श्रमाधान रोजगार मेला’ बिहीबारसम्म संचालन हुने विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

मेलामा ५० वटा स्टल रहने उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको उनले बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ सातै प्रदेशमा गर्नेछ । मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ । यस श्रमाधान रोजगार मेलामा रोजगार दिने र रोजगार पाउनेछन् ।

नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको हो । कोशी प्रदेशबाट सुरु हुने मेलाको भव्य कार्यक्रमबीच मंगलबार बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले उद्घाटन गर्नेछन् ।

कोशी प्रदेशमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयोजनमा हुने उक्त मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहनेतथा मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले पनि स्टल राख्नेछन् ।
युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्धन गरेर लैजानु हो । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ । ‘रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ ।

समग्रमा,नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्वपूर्ण भूमिका रहनेछ,’ उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राउतले भने, ‘ मेलामा श्रमिक तथा सरोकारवालाले रोजगारीसँग जोडिएका गुनासा पनि राख्न सक्नेछन् । मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने र अवसरको पहिचान कसरी गर्ने भन्ने विषयमा पर्याप्त जानकारी पाउन सक्नेछन् ।’
त्यस्तै रोजगारीका लागि आवश्यक सीपका बारेमा पनि मेलामा जानकारी गराइनेछ । सम्बन्धित निकायले रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा गुनासा सुनेर समाधानका उपाय निकाल्ने वातावरण पनि बन्नेछ ।

मेलाको उद्देश्य आन्तरिक रोजगारी प्रवर्धनसँगै वैदेशिक रोजगारी व्यवस्थित गर्नु पनि हो । वैदेशिक रोजगारीका सन्दर्भमा आवश्यक सूचना प्रवाह गर्ने तथा वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीलाई न्यूनीकरण गर्ने सन्दर्भमा पनि मेला फलदायी हुने बताइएकोछ । मेलामा वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष तथा विभिन्न म्यानपावर कम्पनीका छाता संगठनको सहभागितारहनेछ ।

सम्बन्धित समाचार

अमेरिकी डलरको भाउ नयाँ उचाइमा

काठमाडौं, जेठ २६ । नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री...

भारत पुगेर फर्केकालाई खाेज्दै प्रहरी, सप्तरीमा भेटिए १९ जना

प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केकाहरूकाे खोजी तीव्र पारिएको छ । यसै क्रममा साेमबार  सप्तरीमा आठ जना फेला परेका छन् । वीरगञ्जको एक मस्जिदमा मुस्लिम धर्मका ३ जना प्रचारकमा कोरोना भाइरस...

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित विराटनगरबाट एक किशोर पक्राउ

विराटनगर । स्रोत नखुले २२ लाख रुपैयाँसहित प्रहरीले विराटनगरबाट एक जना १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रदेश...

आज सहिद दिवस

काठमाडौं, १६ माघ-आज माघ १६ अर्थात् सहिद दिवस । सधैँझैँ यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्रका लागि प्राण आहुती दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद दिवस मनाइँदैछ । सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा,...

एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले दिए राजिनामा

विराटनगर । नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । पार्टीको जिल्ला समिति अध्यक्ष समक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट...

अब ५० हजारभन्दा कम रकम बैंकमा डिपोजिट गर्न नपाइने

वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्स संघले विद्युतीय कारोबालाई प्राथमिकता दिन सर्वसाधारणलाई आग्रह गरेक‍‍ो छ । नेपाल राष्ट्र बैंकले एक चाैथाइ कर्मचारी राखेर सेवा दिन निर्देशन गरेकोमा बैंकर्स संघले तोकिएका काममा मात्रै बैंक आउन भनेको हो ।...

कृषिमा आधरित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ संचालन हुँदै, छनौटको लागि आवेदन खुल्ला

विराटनगर । प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलरेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो ।...

सरकार जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छः मन्त्री राई

विराटनगर । सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ।जापान सरकारको दुई अर्व २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्