विराटनगर । कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरर्वड सिलवालले रिर्पोटिङमा गएका संचारकर्मी सोनुकुमार दासलाई दुर्व्यवहार गरेका छन् ।
सिलवालले आज साझमा अस्पताल परिसर भित्र संचारकर्मी दासलाई दुर्व्यवहार गरेका हुन् ।
विराटनगर – ६ घर भएकी ७२ वर्षीया समसा बेगमको शुक्रबार दिउँसो उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको थियो । विरामीका आफन्तहरुले उपचारमा ढिलासुस्ती र आइसियूमा नराखि उपचार गरेको कारणले विरामीको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गर्दै विरोध गरेका थिए । उक्त घटनाको रिपोर्टिङको लागि गएका संचारकर्मी दासलाई अध्यक्ष सिलवालले अपशब्द बोल्दै दुव्र्यवहार गरेका थिए ।