जेभियर्स स्कुलमा विद्यार्थीको नँया नेतृत्व चयन

 न्यूज विराट
जेभियर्स स्कुलमा विद्यार्थीको नँया नेतृत्व चयन

विराटनगर । बुढीगङ्गा गाँउपालिकाको टङ्किसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कुलमा शैक्षिक सत्र २०८१ का लागि विद्यार्थीको नँया नेतृत्व चयन भएको छ ।

कक्षा १० मा अध्ययनरत छात्रा अन्जली दास यस वर्ष विद्यालयको क्याप्टेन निर्वाचित भएकी छिन भने कक्षा १० मा अध्ययनरत छात्रा करूणा माझी र कक्षा ९ मा अध्ययनरत छात्रा शुभेच्छा बस्नेत भाइस–क्याप्टेन निर्वाचित भएका छन् ।
त्यसै गरि विद्यालयमा रहेका चारवटा सदनले पनि यस वर्ष नँया नेतृत्व पाएका छन् । सगरमाथा सदनको क्याप्टेनमा कुशल खत्री र मुस्कान भट्टराई अन्नपूर्ण सदनको क्याप्टेनमा आदित्य कार्की र सविता निरौला माछापुच्छ्रे सदनको क्यापटेनमा रोजन राई र उन्नतीकुमारी माझी र कञ्चनजंघा सदनको क्यापटेनमा मिलन राउत ओविस राई निर्वाचित भएका छन् ।

साथै कक्षा ९ मा अध्ययनरत छात्रा प्रेक्षा चौधरीको अध्यक्षतामा १३ सदस्यीय जेभियर्स बालक्लब गठन भएको छ । उक्त क्लबको उपाध्यक्षमा अंशु कार्की र अनिशा कटुवाल, सचिवमा क्रेन्सी बिक सह–सचिवमा सेमन्तक भण्डारी र कोषाध्यक्षमा सुनिता राउत चयन भएका छन् । जेभियर्स बाल क्लबले यो बर्षभित्र विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजना गरी विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने कार्य गर्दछ ।

आगामी शुक्रवार नव निर्वाचित नेतृत्वलाई सपथग्रहण तथा ब्याच बितरण र यो वर्ष भर्ना भएका नँया विद्यार्थीलाई स्वागत गरिने कार्यक्रम रहेको जानकारी उक्त विद्यालयका सह–प्रधानाध्यापक जनक  ढकालले बताए ।

सम्बन्धित समाचार

संस्कृति संरक्षणमा तेली समाजको जोड

विराटनगर । जातिय पहिचान र संस्कृतिको संरक्षण गर्न संगठित हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । तेली कल्याण समाज नेपाल विराटनगर १२ ले आउँदै गरेको दशै, तिहार, छठ पर्वलाई लक्षित गरेर शनिबार शुभकामना तथा...

पैसा फाल्ने महिलामा आरडीटी पोजिटिभ, उनीहरू बस्ने क्षेत्र सेनिटाइज गरियो

जनकपुर, ७ बैशाख-जनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई बिहानैदेखि सेनिटाइज गर्ने कार्य सुरु गरिएको छ । जनकपुरधाम ७ का वडाध्यक्ष...

फलामले घोचेर घाइते पारी टिपरले किचेर दीलिपको हत्या

जनकपुर, पुस २७–शुक्रबार बिहान हत्या गरिएका धनुषाका दिलीप भन्ने ओम प्रकाश महतोको हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले गएराति पत्रकार सम्मेलन गरी ४ जनालाई सार्वजनिक गरेको छ । दिलीप हत्या...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत ११–सुनसरी र मोरङका दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका–३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको...

देशका अधिकांश ठाउँमा वर्षा, सतर्कता अपनाउन अपिल

काठमाडौं, भदौ १३ । केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ।...

प्रदेश १ को प्रदेशसभा बैठक सुचारु, वातावरण संरक्षण विधेयक पेस

विराटनगर, माघ २८–३ दिनदेखि अवरूद्ध प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारदेखि सुचारू भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आइतबार, सोमबार र मंगलवार पनि केही बेर सदन अवरूद्ध गरेको थियो...

कांग्रेसको प्रदेश कोषाध्यक्षमा गुप्ता मनोनित

विराटनगर, ५ वैशाख । नेपाली कांग्रेस प्रदेश नं १ को कोषाध्यक्षमा राजेश गुप्ता चयन भएका छन । प्रदेश कार्यसम्पादन समितिको आइतबार बसेको वैठकले प्रदेश सदस्य समेत रहेका गुप्तालाइ कोषाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको उपसभापति रमेशजंग...

कपिलवस्तुका २ पत्रकारमा कोरोना संक्रमण

बुटवल, ९ जेठ-आज कोरोना संक्रमण पुष्टि कपिलवस्तुका ९ मध्ये २ जना पत्रकार रहेको खुलेको छ । उनीहरू वाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष रहेका कोरोना फोकलपर्सन कुमार थापाले जानकारी दिए । राष्ट्रिय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्