शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैनः मेयर कोइराला

 न्यूज विराट
शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैनः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो ।
विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप्त गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको औंल्याउनुभयो । उहाँले सैद्धान्तिक शिक्षालाई मात्रै जोड दिएका कारण बेरोजगारी समस्या बढ्दै गएको दाबी गर्नुभयो । ‘कलेजस्तरको पढाइ पूरा गरेपछि त्यो विद्यार्थीले रोजगारी पाउनुपर्छ । रोजगारी गर्न चाहँदैन भने आफैं स्वरोजगार हुने सीप र ज्ञान प्राप्त गरेको हुनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘किताबी ज्ञानसँगै बाहिरका व्यवहारिक ज्ञान पनि दिनुपर्छ । पढेर जागिर नै खानुपर्छ भन्ने पनि छैन । अन्य पेशा व्यवसाय गरेर आत्मनिर्भर पनि हुन सकिन्छ । अबको शिक्षा रोजगारमूलक हुनुपदर्छ ।’
विदेशतिर निश्चित उमेरसम्म मात्रै अभिभावकले छोराछोरीको दायित्व निर्वाह गर्ने गरेको स्मरण गर्नुभयो । ‘त्यसपछि छोराछोरी आफैंले जागिर गर्ने हो कि, व्यापार व्यवसाय गर्ने हो कि के गर्ने हो उनीहरु आफैंले डिसाइट गरेर आत्मनिर्भर हुनुपर्दछ,’ मेयर कोइरालाले थप्नुभयो, ‘किनभने उनीहरुले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षालाई जोड दिएका छन् । हामीकहाँ सैद्धान्तिक शिक्षालाई मात्रै जोड दिएका कारण हरेक वर्ष बेरोजगारी समस्या बढ्दै गएको छ ।’
अधिकांश शैक्षिक संस्थाले घोकन्ते शिक्षालाई मात्रै प्राथिमकता दिएको उहाँले बताउनुभयो । विद्यालयस्तरदेखि नै पाठ्यक्रममा आमूल परिवर्तन गर्नु जरुरी रहेको उहाँको कथन थियो । ‘किताबभन्दा बाहिर पनि अर्को संसार छ भनेर विद्यार्थीलाई बुझाउनु जरुरी छ । हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानभन्दा बाहिरको ज्ञान ग्रहण गर्न सहज हुने देखिन्छ । अझ विद्यार्थीको ज्ञानको भण्डारलाई थप फराकिलो बनाउनुका साथै बौद्धिकस्तरलाई पनि बढाउँछ,’ उहाँले भन्नुभयो ।
जुनियर जेसीजले विगत २८ वर्षदेखि टेष्टीटेष्टी विस्कुटको प्रायोजनमा प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल प्रथम, जनता मावि इटहरी द्वितीय र सगरमाथा स्कुल विराटनगरले तृतीय स्थान हासिल गरेका छन् । विजेता विद्यालयलाई प्रमुख अतिथिसमेत रहनुभएको मेयर कोइराला, काबरा ग्रुपका प्रबन्ध निर्देशक नवलकिशोर काबरा, श्याम काबरा, प्रतियोगिता सञ्चालक (क्वीज मास्टर) डा. सन्देशदास श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष गौरव कर्णलगायतले विजेयता स्कुललाई क्रमशः ११, ७ र ५ हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगिताको फाइनलमा ६ वटा विद्यालयबीच प्रतिस्पर्धा गराइएको कार्यक्रम संयोजक श्रीयम सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

काठमाडौं, १७ भदौ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् ।  अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर...

सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको बा ४ ख ७९८० नम्बरको टिपर सोलु...

उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले रामचन्द्र पौडेल नेतृत्वमा सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत भएको आरोप लगाएका छन् । आज विहान कांग्रेस संस्थापन नेता तथा पिता स्वर्गीय गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा...

सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको सकियो बयान

रुकुम, ४ असार-रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका-८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको ४ दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा...

विद्युत् प्राधिकरणमा चोरको आतंक, ट्रान्सफर्मरदेखि अर्थिङ तारसम्म चोरी

विराटनगर । मोरङको सुन्दरहरैंचामा विद्युत् ट्रान्सफर्मर चोरीको घटना सामाजिक सञ्जालमा ट्रोलको विषय बनेको छ । गत बुधबार राति चोरको समूहले सुन्दरहरैंचा जोगियारेस्थित ट्रान्सफर्मर नै चोरेर लगेपछि यो घटना सार्वजनिक चासोमा आएको हो ।प्रहरीका अनुसार चोरले...

‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं, ४ पुस । ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार...

अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

काठमाडौं, २० वैशाख-देशमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको...

प्रधानमन्त्री ओली फेरि शीतल निवासमा

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा सचिवालय बैठक बस्नु केही समयअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार साँझ पनि राष्ट्रपतिलाई भेटेका थिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्