स्थिर सरकार बिना मुलुकको आर्थिक विकास असम्भव : कोइराला

 न्यूज विराट
स्थिर सरकार बिना मुलुकको आर्थिक विकास असम्भव : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने बताएका छन् ।
मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्नेमा जोड दिए । उनले स्थिर सरकार नभएकै कारण सोचजस्तो मुलुकको विकास हुन नसकेको उनको तर्क थियो । अहिलेको निर्वाचन प्रणाली रहेसम्म स्थिर सरकार बन्न नसक्ने कोइरालाले बताए ।

“अहिलेको निर्वाचन प्रणाली रहेसम्म कुनै पनि दलले बहुमत ल्याउने अवस्था छैन । बहुमत नआउँदा अहिलेकै जस्तो सरकार बनाउने र गिराउने खेल चलिरहन्छ । जसले गर्दा मुलुकको विकासमा अवरोध पुग्दछ,” नेता कोइरालाले भने, “सरकार फेरिएपिच्छे ‘पोलिसी’ पनि फेरिन्छ । सरकारले आफ्नो अनुकूलको पोलिसी बनाउँदा समस्या आउँछ । अन्य देशमा सरकार परिवर्तन भए पनि पोलिसी भने एउटै हुने गरेको छ । जसले गर्दा सरकार फेरिँदा विकासमा खासै असर पर्दैन ।”


स्थिर सरकार बनाएर सुशासन दिन सकिए देशको विकासले गति लिने उनको दाबी थियो । देशको विकासका लागि संविधान संशोधन गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्नेमा कोइरालाले जोड दिए । कांग्रेस र एमाले एकठाउँमा नभिएसम्म संविधान संशोधन नहुने उनको विचार थियो । “अहिलेको संविधान संशोधन गर्न दुई तिहाई आवश्यक पर्छ । त्यो कांग्रेस र एमाले मिल्दा मात्रै सम्भव छ,” उनले थपे, “कांग्रेस र एमाले मिलेकै कारण संविधानसभाबाट संविधान जारी भयो । अब देशलाई केन्द्रबिन्दुमा राखेर दुईटा दल मिल्नुपर्छ । प्रधानमन्त्री को बन्छ भन्ने कुरा ठूलो होइन । देउवाजी, ओलीजी, माधवजी, प्रचण्डजी, झलनाथजी, बाबुरामजीहरू पटक–पटक प्रधानमन्त्री बन्नुभयो, आखिर उहाँहरूले के गर्नुभयो ? प्रधानमन्त्री को बन्ने भन्ने विषय गौण हो । दुई दल मिलेर देशलाई निकास दिनुको विकल्प छैन ।”

मुलुक आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक र सांस्कृतिक रुपमा कमजोर बन्दै गएको भन्दै नेता कोइरालाले चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले अधिकारसहितको संघीयता नभएकै कारण जनतामा प्रदेशप्रति वितृष्णा बढेर गएको बताए । उनले स्थिर सरकार बाउन निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिए । स्थिर सरकार नबनेकै कारण देशभित्र लगानी गर्न कोही पनि उत्सुक नभएको उनको भनाइ थियो । कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, नेकपा एमाले मोरङ क्षेत्र नम्बर ६ का अध्यक्ष मकर बुढाथोकी, बूढीगंगा गाउँपालिकाका पूर्वअध्यक्ष बालचन्द माझीलगायतले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

स्थानीय योगमाया कार्की र सोहार्द कार्कीले निःशुल्क रुपमा उपलब्ध गराएको ८ कठ्ठा २ धुर जग्गामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ । बहुवर्षीय योजनाअन्तर्गत ११ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन चार तलाको हुने प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपानेले जानकारी दिए । भवन निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सम्बन्धित समाचार

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो

एजेन्सी, फागुन १४–भारतको राजधानी नयाँ दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । हिंसामा सर्वसाधारणको मृत्यु भएपनि प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् ।...

लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन हुने भएको छ । आउँदो शनिबार विराटनगरको सेन्टर मल र इटहरीमा अडिसन हुने भएको हो । विराटनगरमा दिउँसो १ बजेदेखि...

प्रदेश १ मा आज ५७८ जना संक्रमित थपिए

विराटनगर, २५ वैशाख । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश...

नक्सा जारी गर्न प्रचण्ड–माधव नेपालको भुमिका महत्वपूर्णः मण्डल

विराटनगर, साउन १९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले भारतले अतिक्रमण गरेको लिपुलेक–लिम्पियाधुरासहितको भुभाग समेटेर नक्सा जारी गर्न अन्य नेताहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताएका छन् । प्रचण्ड पक्षिय नेताका रुपमा...

प्रदेश १ मा प्रदेशसभा बैठक फेरि सारियो, अर्को बैठक २ चैतमा

प्रदेश १ को प्रदेशसभा बैठक पुनः स्थगित गरिएको छ । ९ फागुनमा  मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएपछि सभामुख भण्डारीले भोलि २० फागुनमा बैठक बस्ने गरी मिति ताेकेका थिए ।  तर, राजनीतिक सहमतिका लागि भन्दै यसअघि ताेकिएकाे बैठक सारेर...

पशुपति गौशाला भत्काउन दिदैनौं : शंकरचार्य हेमानन्त गिरी

विराटनगर । प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्त गिरीले पशुपतिस्थित गौशाला र धर्मशाला भत्काउन नदिने बताएकी छिन् । पशुपति क्षेत्र विकास कोषले गौशाला र धर्मशाला भत्काउने प्रयास गरे देशभरीका इन्दुधर्मलम्बीहरू आन्दोलनमा उत्रिने उनले विराटनगरमा पत्रकार सम्मेलन...

चिनियाँ पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

 म्याग्दी, ६ वैशाख-कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका २ पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका...

तेस्रो प्याब्सन कप : गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ विजय

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका तीन स्कुल विजयी भएका छन् । विराटनगरको सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्