अपाङ्गता भएका व्यक्तिलाई समावेश गराउनुपर्नेमा जोड

 न्यूज विराट
अपाङ्गता भएका व्यक्तिलाई समावेश गराउनुपर्नेमा जोड

बावुराम मुडियारी
विराटनगर । अपाङ्गतमा भएका व्यक्तिहरूलाई राज्यको हरेक निकायमा समावेश गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेत्रहीन युवा संघ नेपाल मोरङले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । राज्यले बनाउने नीति निमार्ण प्रक्रिया अर्थपुर्ण, सहभागितात्मक र जनमुखी बनाउन अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गराउनुपर्नेमा उनीको भनाई छ ।
राज्यले बनाउने हरेक नीति निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने र निर्माण भएका ऐन, नियमको कार्यान्वयनमा सबैको साथ हुनुपर्ने उनीहरुले जोड दिए ।
कार्यक्रमको प्रशिक्षक नत्रहिन संघका केन्द्रीय सचिब तथा सहजकर्ता कलाधर भण्डारीले राज्यले बनाउने हरेक नीति निमार्णमा अपाङगता भएका व्यक्तिहरुलाई पनि सहभागिता गराउने खालको बाध्यकारी नियम बनाउनुपर्ने बताए । स्थानीय, प्रदेश र संघले बनाउने नीति निमार्णमा अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गरेर कानुन निमार्णले यस क्षेत्रका व्यक्तिहरुको पनि हकअधिकार स्थिापित हुने उनले बताए । अहिले बन्ने गरेको अपाङगता मैत्री संरचनाहरु नहुदाँ अपाङगता भएका व्यक्तिहरुको सहज पहुचमा पुग्न नसकेको उनले गुनासो गरे । ‘दिगो विकास लक्ष्यले हरेक कानुन र नियमले अपाङगता मैत्री संरचनाहरु बनाउनुपर्ने उल्लेख गरिएको छ । तर, यहाँको सरकारी संरचनाहरू पनि अपाङगता मैत्री भएको छैन । जसले गर्दा अपाङगता भएका व्यक्तिहरुको सरकारी कार्यालयमहरुमा सहज रुपमा पहुच पुग्न सकेको छैन,’ उनले भने ।
कार्यक्रममा बोल्दै नेत्रहीन युवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले राजनैतिक दलले अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गरेर नीति निमार्ण बनाउनुपर्ने बताए । ‘अहिले राज्यले बनाउने हरेक निती निमार्णमा अपाङगता भएका व्यक्तिहरुलाई उपेक्षा गरेको छ,’ उनले भने, ‘अब बनाउने नीति निमार्णहरु अपाङगता मैत्री हुनुपर्दछ ।’
कार्यक्रममा जनप्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधी, मानवअधिकारकर्मी र सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

वीरगञ्जको मेयरमा एमालेबाट विजय सराबगी सिफारिस

वीरगञ्ज, ३० चैत । नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले महानगर कमिटीको बैठकले सरावगीलाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सरावगी वीरगञ्जका वर्तमान मेयर हुन्...

प्रेस यूनियन स्थापना दिवसः अग्रज पाँच सञ्चारकर्मी सम्मान

मोरङ,१० जेठ । नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा आज विराटनगरमा तीन दशकभन्दा वढी कार्य गर्ने पाँच जना संचारकर्मीहरुलाई सम्मान गरिएको छ। युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने सञ्चारकर्मीहरु गोविन्द...

प्रधानमन्त्री भन्छन् : कोरोना फैलिएको देख्दादेख्दै लकडाउन खोल्ने कुरै हुँदैन

काठमाडौं, २९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्समार्फत कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी लिएका छन् । सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म संचालन भइएको भर्चुअल छलफलका...

माधव समुहबारे निर्णय लिन एमालेले बालायो स्थायी कमिटी बैठक, सातै प्रदेशका अध्यक्षलाई पनि डाकियो

काठमाडौं, साउन २१ । नेकपा एमालेले माधव नेपाल समुहको रणनीतिबारे स्पष्ट धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाएको छ । माधव समूहले पार्टीको लेटरप्याड दुरुपयोग गरी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेले स्थायी कमिटी...

भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गरिने

निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सूक्ष्म अनुगमनको व्यवस्था गरेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र त्यसका उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता र कानुनविपरीतका गतिविधि हुन...

बालिका बलात्कार आरोपमा २ युवक पक्राउ

कैलाली, ५ असार-कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।प्रहरीले गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका-४ बस्ने १९ वर्षका का नवीन सावद र सोही ठाउँका...

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ खेल इतिहास

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको उपाधि भिडन्त नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । आज दुवै...

नेताहरूबीच मन नमिल्दा पार्टी फुट्छ : प्रधानमन्त्री ओली

काठमाडाैं, १० वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले फुट्नै लागेका पार्टीलाई कानुनले नरोक्ने बताएका छन् । बुधबार बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीहरू कानुन हेरेर फुट्ने नभई मन नमिल्दा फुट्ने बताएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्