कटहरी १ नम्बर वडा कार्यालय आफ्नै भवनमा, छिटो र क्षरितो सेवा सुरु गर्न जोड

 न्यूज विराट
कटहरी १ नम्बर वडा कार्यालय आफ्नै भवनमा, छिटो र क्षरितो सेवा सुरु गर्न जोड

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । ७२ लाख २० हजार ३८६ रुपैयाँ लागतमा निमार्ण भएको भवन आइतबारबाट आफ्नै नवनिर्मित भवनबाट सेवा सुरू गरेको हो ।

नवनिर्मित भवनको उद्घाटन कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गरे । २०७९ मंसिर १५ गते सम्झौता भएर विराटनगर ८ मा रहेको टोनिका कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएर काम सुरु गरेको छ । नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष चौधरीले कटहरी गाउँपालिका भित्र ६ नम्बर वडा बाहेक सबै नयाँ वडा कार्यालयबाट सेवा प्रराम्भ भएको बताए । यसअघि पाँच वटा वडा कार्यालयको नयाँ प्रशासनिक भवन निमार्ण भएर सेवा सुचारु हुँदै आएको छ । वडा भित्र सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रभाह गरिनुपर्ने अध्यक्ष चौधरीले बताए । स्थानीय तहलाई २२ वटा अधिकार दिएको जानकारी गराउँदै अध्यक्ष चौधरीले सेवाग्राहीलाई छिटो र क्षरितो तरिकाले सेवा प्रभाह गरेर मन जित्नुपर्नेमा जोड दिए । उनले कटहरी गाउँपालिका भित्र सार्वजानिक जग्गा हडप्ने काम भएकाले यसको संरक्षण गर्नुपर्ने बताए ।


कार्यक्रममा कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साह, कटहरी १ का वडाअध्यक्ष हरी नारयण राजवंशीलगायतको उपस्तिथी रहेको थियो ।

सम्बन्धित समाचार

उमेश विश्वकर्माको ‘चर्तिकला’:फर्जि साधारणसभाबाट विधानसमेत संशोधन

विराटनगर, असार ९। आर्थिक अनियमितता, किर्ते, फर्जि साधारणसभा, कर छलि लगाययतको आरोपमा मुछिएका विराटनगर स्थित मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा फेरी अर्को खुलासा भएको छ । विश्वकर्माले बहुमत साधारण...

सप्तरीमा खाद्यान्‍न भन्दै मदिरा ओसार्ने पक्राउ

सप्तरी, ५ वैशाख-लकडाउन र सीमा नाका बन्द गरेर देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सप्तरीमा भने लागुऔषध र मदिरा कारोबारी सक्रिय भएका छन् । अत्यावश्यक वस्तुका नाममा प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्याक्टरमा मदिरा ओसार्ने महादेवा...

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो

काठमाडौं, १० जेठ-नेपालमा थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतलामा गरिएको पछिल्लो परीक्षण विवरणअनुसार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं, २१ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठकमा लकडाउनबारे समीक्षा र संसद अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताइएको छ । केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका थिए...

८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौं, ३० साउन-नेपालभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्‌काे पहुँच पुगेको छ भने सबैभन्दा  कम कर्णाली प्रदेशमा छ...

संसदीय कामकारबाहीमा विभेद देखिनु हुँदैनः कानुनमन्त्री

काठमाडौं, १२ मंसिर-कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले संसदीय कामकारबाहीमा विभेद यथावत् रहेको संकेत गरेकी छन् ।  संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन...

३० भदौभित्र स्थानीय तहका रिक्त पदाधिकारीको विवरण पठाउन निर्देशन

काठमाडौं, २६ भदौ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले  समितिलाई पत्र लेख्दै यही ३० भदौभित्र आफू मातहतका...

नागरिकता विधेयक दोस्रोपटक निर्णयार्थ प्रस्तुत

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता सम्वन्धी विधेयक दोस्रोपटक जस्ताको तस्तै पारित गर्न संसदमा प्रस्ताव पेश गरेका छन् । तर, प्रतिपक्षी दल एमालेले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएका सुझावहरु सम्वोधन नगरेको भन्दै विरोध जनाएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्