करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा कटहरीको जोड

 न्यूज विराट
करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा कटहरीको जोड

विराटनगर । सरकारले लगाउने कर वैज्ञानिक ढङ्गबाट समायोजन गरिनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।

मोरङको कटहरी गाउँपालिकाले बिहीबार आयोजना गरेको राजस्व सम्भाव्यता अध्ययन परामर्श कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका हुन् ।

उनीहरुले प्रदेश र स्थानीय सरकारले वृद्धि गरेको करले सर्वसाधारण मारमा परेकोले करको दर नभई दायरा बढाउनुपर्ने बताए । करलाई वैज्ञानिक र व्यवहारिक बनाउनु पर्ने माग गरे ।

कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले करको दायरा बढाउन सचेतनामुलक शिक्षा जरुरी रहेको बताए । कटहरी गाउँपालिका भित्र वैज्ञानिक र व्यवहारिक कर निर्धारण गरेर दायरालाई फराकिलो बनाएर अगाडी बढाउने उनले बताए । त्यसैको लागि राजस्व सम्भयाव्यता अध्ययन परामर्श कार्यक्रम राखिएको उनले बताए । कटहरी गाउँपालिका भित्र १ सय बढी ठूला साना उद्योग धन्दा रहेको जानकारी दिदै अध्यक्ष चौधरीले सबैलाई गाउँपालिकामा सुचिकृत गर्न आग्रह गरे । ‘कटहरी गाउँपालिका भित्र रहेका साना ठूला व्यापार व्यवसाय संचालन गर्ने पसलदेखि उद्योगहरु पालिका भित्र दर्ता प्रक्रिया पुरा गरि आउने क्रमम बढेको छ,’ उनले भने, ‘स्थानीय पालिकाले लगाउने कर वैज्ञानिक र व्यहारिक बनाएर लैजाने फेरी पनि प्रतिवद्धता जाहेर गर्दछु ।’ उनले कर तिर्न योग्य बनाउन लागि परेको पनि बताए ।

नेपाल उद्योग वाणिज्य महाससंघ कटहरी गाउँपालिका अध्यक्ष अरविन्द्र्र साहले कर तिर्दा जनताले गर्व गर्ने वातावरणमा मात्रै करको भ्याली हुने भन्दै कटहरीले व्यवहारिक कर लागू गर्नुपर्ने सुझाब दिए ।
कटहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ६ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्ने अनुमान गरेको छ । चैतसम्ममा करिब ३ करोड बढी राजस्व संकलन भएको कटहरी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मनोज कुमार साहले जानकारी दिए ।
राजस्व सम्भाव्यता अध्ययन परामर्श कार्यक्रममा सरोकारवाहरुले दिएको सुझाबलाई कार्यन्वयन गरेर लैजाने कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बताइन् । उनको नेतृत्वमा राजस्व परामर्श समिति रहेको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेश : भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथग्रहण सर्यो, आज पाँच बजे गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सत्ता गठबन्धनदल भित्र भागबन्डा मिलाउनको लागि सारिएको छ । यसअघि आज १० बजे हुने भनिएको शपथग्रहण कार्यक्रम आज साझ ५ बजेसम्का लागि सारिएको हो । थापालाई...

मोरङ कारागारमा बन्दीको शंकास्पद मृत्यु प्रकरण, चार सदस्यीय छानविन समिति गठन

विराटनगर । मोरङ जिल्ला कारागारमा एक जना बन्दीको शंकास्पद मृत्यु भएको घटनामा छानविन समिति गठन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार यादवको नेतृत्वमा चार सदस्यीय छानविन समिति बुधबार गठन भएको हो ।...

विराटनगरमा ७५ सहित प्रदेश १ मा ३३७ जनामा कोरोना संक्रमण

विराटनगर, २१ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

पढाईप्रति अभिरूची बढाउन शिक्षादीप कलेजद्धारा विद्यार्थीलाई ‘मोटिभेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरूलाई मोटिभेसन तालिम दिएको छ । एसईई दिएर बसेका विद्यार्थीहरूको लागि कलेजले आइतबार मोटिभेसन कार्यक्रम आयोजना गरिएको हो । एइइको परीक्षा दिएर बसेका करिब पाँच सय बढी विद्यार्थीहरूलाई दुई समूह...

अर्किड स्कुलमा एसईई दिइएका विद्यार्थीहरुलाई भव्य विदाई

विराटनगर । विराटनगर १० स्थित अर्किड स्कुलले एसईई परीक्षा दिइसकेका ३९ जना विद्यार्थीहरुलाई आइतबार एक भव्य समारोहको आयोजना गरी विदाई गरेको छ।स्कुलका प्रिन्सिपल सिएम श्रेष्ठका अनुसार विराटनगरको श्रीकृष्ण पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वर्षभरि विभिन्न विधामा...

सिरहाका ७ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

सिरहा, १९ भदौ-आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका ७  स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्योल बढेको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी १० असाभित्रै बजेट ल्याइसक्न...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, भाेलि पनि सुनुवाइ

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा बिहीबारकाे सुनुवाइ सकिएको छ । याे मुद्दामा शुक्रबार पुनः सुनुवाइ हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेकाे सुनुवाइमा बिहीबार रिट निवेदकतर्फका...

विराटनगर रोडशेष चोकबाट ३७ लाख मुल्य बराबरको अवैध सामान बरामद

विराटनगर, १५ भदौ । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्