जातीय विभेद गर्ने डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही गर्न मुक्ति समाजको माग
शुक्रबार, ३० चैत, २०८०,
न्यूज विराट
विराटनगर । जातीय विभेद गर्ने हल्दीबारी गाँउपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही गर्न नेपाल उत्पीडित जातीय मुक्ति समाजले माग गरेको छ ।
शुक्रबार मुक्ति समाज नेपालका अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले विज्ञप्ती जारी गर्दै गिरीलाई तत्काल पक्राउ गरि कारबाही गर्न माग गरेका हुन् । गिरीले गत चैत १८ गते मुक्ति समाजका केन्द्रीय कमिटी सचिव समेत रहेका सामाजिक अभियान्ता एवम् जिल्ला समन्वय समिति झापाका निवर्तमान प्रमुख सोम पोर्तेललाई फोन गर्दै जातीय तथा अन्य छुवाछूत तथा भेदभाव ( कसुर र सजाय) ऐन २०६८ आकर्षित हुनेगरि गाली गलौज गरेका थिए ।
सामाजिक एवम् राजनीति आन्दोलनका अगुवा पोर्तेलले आफूमाथि भएको दुर्व्यवहारविरुद्ध चैत्र २८ गते नै इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडमा उजुरी दिएका थिए । तर, प्रहरीले गिरीलाई अझैसम्म पक्राउ नगरेको भन्दै अध्यक्ष विश्वकर्माले विज्ञप्तीमार्फत गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले पिडक गिरीलाई तत्काल पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । ‘सामाजिक एवम् राजनीति आन्दोलनको अगुवा व्यक्तिमाथि समेत विभेदपूर्ण अभिव्यक्ति दिने नीज डम्बर गिरीविरुद्ध २०८० चैत्र २८ गते नै इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडमा उजुरी दिइएको छ।’ अध्यक्ष विश्वकर्माद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ,‘उजुरी दिएको २ दिन वित्दा समेत सम्बन्धीत निकायले पक्राउ गरि कारबाही प्रक्रिया अघि नबढाएकोप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकषर्ण भएको छ । अभियुक्तलाई तत्काल कानुनी दायरामा ल्याई कार्वाही अघि बढाउन हामी सम्वन्धीत निकायको ध्यानाकषर्ण गराउछौ ।’
यस्तै मुक्ति समाज विभिन्न जिल्ला कमिटी र दलित अधिकारका क्षेत्रमा क्रियाशिल विभिन्न संघ संगठनहरुले समेत गिरीलाई यथासिघ्र पक्राउ गरि कानुनी कारबाही प्रकृया अघि बढाउन माग गरेका छन् ।
मुक्ति समाज जिल्ला कमिटी झापाका अध्यक्ष तिलक गजमेर, मोरङ जिल्ला कमिटी अध्यक्ष किशोर विश्वकर्माले विज्ञप्ती जारी गर्दै तत्काल पिडकलाई पक्राउ गरि कारबाही प्रकृया अघि नबढाए कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
त्यसैगरी नेपाल दलित संघ झापाका सभापति दल बहादुर विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष सुर्यबहादुर विश्वकर्मा (सुरेश), कोशी प्रदेश सदस्य कुमार ठटाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन झापाका अध्यक्ष रमेश बिश्वकर्मा, दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्मा र ओरिफ नेपालको उपाध्यक्ष निरु परियारलगायत विभिन्न संघ संगठनहरुले समेत विज्ञप्ति जारी गर्दै गिरीलाई कारबाहीको माग गरेका छन् ।
एजेन्सी, ४ असोज । विराट कोहलीले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १४औं सिजन सकिएपछि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने बताएका छन् । युएईमा आईपीएल २०२१ को सेकेण्ड लेग सुरु भएको दिन कोहलीले कप्तानी पद...
काठमाडाैं, ७ वैशाख-अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले बजार व्यवस्थित भएको दाबी गरेका छन् । उनले आइतबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको छलफलमा यस्तो बताएका हुन् । बजारमा कालो बजारी हुन्छ कि भन्ने शंका गरिएको अवस्थामा...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...
विराटनगर । मोरङ प्रहरीले मोटरसाईकल चोरी नियन्त्रण विशेष अपरेसन अन्तर्गत चोरीका मुख्य गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुई जना भारती नागरीक पनि रहेका छन् । मोरङ र सप्तरी जिल्लाका विभिन्न स्थानहरूबाट...
विराटनगर । विराटनगर महानगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ ।बुधबार महानगर परिसरमा आयोजित कार्यक्रममा उन्नत जातको गहुँको बिउ वितरण गरिएको हो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत...
धनुषा, कात्तिक २४ । धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनु भयो । दुर्घटनामा...
धनुषा, १४ वैशाख-प्रदेश–२ का ८ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ ।नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडीसीटीबाट आएका प्राविधिक टोलीले स्वाब सङ्कलन सुरु...
काठमाडौं, ३१ जेठ-सुदूरपश्चिममा शनिबार एकै दिन थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।...