सुनसरीको इनरुवामा गोली प्रहार गरी लुटपाट गर्ने दुई जना पक्राउ

 न्यूज विराट
सुनसरीको इनरुवामा गोली प्रहार गरी लुटपाट गर्ने दुई जना पक्राउ

विराटनगर । सुनसरीको इनरुवामा गोली प्रहार गरेर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने सुनसरी भोक्राहा नगरसिंह ५ का उमेश मुखिया र सोही ठाउँका उमेश र ढिगा भन्ने इब्रान मन्सुरी मियाँलाई पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

लुटपाटमा संलग्न एक जना फरार रहेका छन् । उनको खोजी कार्य सुनसरी प्रहरीले तिव्र बनाएको एसपी रेग्मीले बताए । प्रहरीले लुटपाटन प्रयोग भएको मोटसाइकल र १ लाख २ हजार रुपैयाँ पनि बरामद गरेको छ ।
बुधबार दिउँसा हरिनगरा गाउँपालिका–२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद दिउँसो २ः१५ बजेतिर लुटिएको प्रहरीले जनाएको छ । इनरुवा नगरपालिका–९ र हरिनगरा–३ को सिमानास्थित नहर नजिकको एकान्त स्थानमा लुटपाट गरेका थिए ।

अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कँदै थिए । तेही क्रममा गोली प्रहार गरेर उनीहरुले अन्सरीको रकम लुटपाट गरेका थिए ।

लुटेरा समूहले एक राउन्ड हवाइ फायर गरेर रकम लुटेको प्रहरीले बताएको छ । लुटपाटमा आएको तीन जना मध्ये इभ्रानले मोटसाइकल चलाएका थिए भने उमेशबीचमा र फरार भएका व्यक्ति पछाडी बसेका थिए । लुटपाटमा प्रयोग भएको हतियार प्रहरीले फेला पारेको छैन । फरार भएका व्यक्तिले हतियार लिएर गएकाले उनको खोजी कार्य प्रहरीले तिब्र बनाएको हो ।

सम्बन्धित समाचार

एमबिबिएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ८ जना विद्यार्थीलाई ग्रिनल्याण्डको सम्मान

विराटनगर । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यर्थाीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा आज एक कार्यक्रमको बीच ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । कलेजका...

कोरोनाबाट भारतमा ४ सय २९ जनाको मृत्यु, ३ दिनमै ९० जनाले गुमाए ज्यान

एजेन्सी, बैशाख ४-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो क्रममा छ। यहाँ संक्रकणका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आजसम्म ४ सय २९ पुगेको छ...

कोशीमा गठबन्धनले दाबी गर्नुअघि नै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण, सभामुखलाई गणना नगर्न दबाब

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत सावित गर्ने प्रयत्न भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ । एमाले दलको तर्फबाट हिक्मतकुमार कार्कीले आज प्रदेश...

प्रदेश १ मा संक्रमितको संख्या ५३३ पुग्यो

विराटनगर, असार १३–प्रदेश नं. १ मा शनिबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङको बुढीगंगा गाउँपालिकाका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ...

किड्स भिलेजमा ‘स्पोर्ट्स मिट’ , एक दर्जन खेल समावेश

विराटनगर । विराटनगर महानगरपालिका–५ कृषिभवन र मुनालपथमा अवस्थित किड्स भिलेज स्कुलमा चार दिने स्पोर्ट्स मिट सम्पन्न भएको छ । गत आइतबारदेखि सुरु भएको स्पोर्ट्स मिट बुधबार समापन भएको हो ।विद्यालयले स्थापनाकालदेखि नियमित रूपमा आयोजना गर्दै...

पहिचानवादीको आन्दोलन रोक्न विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर...

मेरो अर्जुनदृष्टि कृषि क्षेत्रमा बिग्रिएका व्यवस्था फेर्न केन्द्रितः भुसाल

बुटवल,  २९ कात्तिक-कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा बिग्रिएको व्यवस्था फेर्न आफू अर्जुनदृष्टिका साथ लागेको बताएका छन् ।  मुलुकको कृषि व्यवस्था लामो समय अस्तव्यस्त हुँदा मुलुक गरिब बनेको भन्दै त्यसलाई फेर्न आफ्नो...

ह्युमनिटी फाउन्डेसन मोरङमा गठन, अध्यक्षमा दिपेन राय

विराटरनगर । लामो समय देखि आर्थिक अवस्था नाजुक रहेको परिवारको हकहितका काम गर्दे सिमानकृत समुदायलाई राजनीति मुलधारमा ल्याउन सक्रिय रहेको ह्युमनिटि फाउन्डेनको नँया जिल्ला कार्यसमिति गठन गरेको छ ।फाउन्डेशनको संस्थापक अध्यक्ष सलिम अन्सारीको प्रमुख आतिथ्यमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्