विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. मा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । स्कुल परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो । विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौसम्मका विद्यार्थीहरुद्वारा निर्मित चित्रकला तथा हस्तकलाका सामग्रीहरुको प्रर्दशन गरिएको थियो । उपस्थित अभिभावकहरुले आ–आफ्ना नानीहरुको सर्वाङ्गीण विकाशका लागि विद्यालयले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । सो अवसरमा प्रदर्शनीमा सहभागीहरु मध्येलाई चार समूहमा विभाजन गरी प्रत्येक समुहबाट उत्कृष्ट प्रथम, द्घितीय र तृतीय हुने विद्यार्थीहरुका रचनालाई स्कुलका प्रिन्सिपल मणि राज भट्टराईले वार्षिक पुरस्कार वितरण कार्यक्रमका दिन प्रमाणपत्र र पुरस्कार दिने घोषणा गरे । आउँदो शैक्षिक सत्र २०८१ को पठनपाठन २०८१ बैशाख ३ गते देखि सुरु हुने समेत उनले जानकारी दिए । यही चैत्र २६ गते सोमबारका दिन शैक्षिक सत्र २०८० को बार्षिक परीक्षाफल वितरण स्कुलले गरेको छ ।
काठमाडौं, ३ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्व्यवहार गर्ने १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको वाराणसी (बनारस) प्रहरीका अनुसार पक्राउ पर्नेमा सन्तोष पाण्डे रहेका छन् । विश्व...
विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम,...
विराटनगर । नेकपा एमाले र राप्रपाको कोशी प्रदेशसभाको आजको बैठक बहिष्कार गरेपछि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध गरेपछि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो ।...
विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...
विराटनगर, २१ माघ । वेरोजगार युवायुवतीलाई रोजगार उपलव्ध गराउन आजदेखि कर्मशिल डट कम (karmashil.com)अनलाईन पोर्टल सञ्चालनमा आएको छ । उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाद्वारा संयुक्त रुपमा संचालित पोर्टलले प्रदेश १ का उद्यमी व्यवसायीहरुलाई आवश्यक...
विराटनगर । नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि मोरङ जिल्लाले पनि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट काँग्रेस क्षेत्र नं. ४ को...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको आज घटनास्थलमै मृत्यु...
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आज विभागीय टिम त्रिभूवन आर्मी क्लब र न्यूरोड टिम एनआरटी फुटबल क्लब काठमाण्डौंबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट ५ः ४५ बजे सुरू हुने रात्रीकालिन...