थारु कल्याणकारिणीमा विवाद, ‘विश्वास नेतृत्वको समूहले गरेको काम मान्य हुदैन’ : अध्यक्ष थारु
बिहिबार, २२ चैत, २०८०,
न्यूज विराट
विराटनगर । थारु कल्याणकारिणी सभाको केन्द्रीय कमिटिको नीति निर्देशन बेगार एकपक्षीय तरिकाले गरेको निर्वाचनमाबाट निर्वाचित भएको कार्यसमितिले मान्यता नपाउने बताएका छन् ।
केन्द्रीय कार्यालयको पत्रको अवज्ञा गर्दै निलम्बित निर्वाचन अधिकृतले गरेको निर्वाचनबाट निर्वाचित भएका प्रदिप कुमार विश्वास नेतृत्वको समितिले गरेको काम कारवाहीले कुनै पनि मान्यता नपाउने थारु कल्याणकारिणी सभा मोरङका सभाति प्रदिप कुमार भगत थारुले बताएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग राख्दै अध्यक्ष थारुले अघोषित अवैधानिक कार्य समितिलाई थाकसको भवनमा कुनै पनि गतिविधी नर्गन र मुठभेटको स्थिती सृजना हुन सक्ने भएकोले आवश्यक सहकार्य गरी शान्ति सुरक्षाको व्यवस्था गरी दिन माग गरेका छन् । १६ चैतमा थाकस मोरङका सभापति प्रदिपक कुमार भगत थारुले प्रशासनलाई पत्र लेख्दै यस्तो माग राखेका हुन् । थारु कल्याणकारिणी सभा केन्द्रिय कार्यालयले निर्वाचन अधिकृत जयराम पंजियारलाई एक पक्षीय रुपमा निर्वाचन गर्न लागेपछि कारवाही स्वरुप निलम्बन गरेको थियो । केन्द्रको पत्रलाई वेवास्था गर्दै पन्जियारले विधि र विधान विपरित एकपक्षीय रुपमा १५ चैतमा निर्वाचन गराएको थियो । उक्त एकपक्षिय निर्वाचनबाट प्रदिप कुमार विश्वासलाई अध्यक्षमा निर्वाचित गराएको थियो । केन्द्रीय कार्यालयले प्रदिप कुमार भगत थारुको नेतृत्वको जिल्ला कार्य समितिलाई जिम्मेवारी तोकिएकोमा एउटै संस्थामा सामानन्तर रुपमा अर्को कार्य समिति हुन नसक्ने अध्यक्ष थारुले बताए । ‘एकपक्षीय निर्वाचन गराएकोे अघोषित अवैधानिक कार्य समितिलाई थाकसको भवनमा यस्तो खालको कुनै गतिविधि गर्न अधिकार छैन,’ सभापति थारुले भने, ‘बल प्रयोग गरे मुठभेटको स्थिती सृजना हुन सक्ने भएकोले आवश्यक सहकार्य गरी शान्ति सुरक्षाको व्यवस्था गरी दिनु हुन हामीले प्रशासनमा पत्र पठाएको हो ।’
काठमाडौं, १२ असोज । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताएका छन् । गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको उनले आरोप लगाए ।...
बाँके, १० जेठ-बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका १ संक्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर-३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टाइनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै गएराती फरार भएका १ जनालाई...
विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...
विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन...
विराटनगर, २५ कात्तिक–प्रदेश १ मा मंगलबार ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय १०, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको...
काठमाडौं, २० पुस । राष्ट्रियसभा सदस्यमा रिक्त हुने १९ सिटको उम्मेदवारी मनोनयन आज हुँदैछ ।आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन...
विराटनगर, १ असोज । कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले १० दिन निषेधाज्ञा थप गरेको छ । खुकुलो प्रावधानसहित प्रशासनले शुक्रबारदेखि आगामी १० असोजसम्म निषेधाज्ञा थप गरेको हो ।
काठमाडौं १८ कात्तिक-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीले नेकपाभित्र देखिएको विवादका विषयमा चासो राख्दै उपाध्यक्ष गौतमलाई शीतल निवास बोलाएकी हुन्।...