विराट गोल्डकप, थिम्पुलाई पराजित गर्दै घरेलु टिम सांग्रीला सेमिफाइनलमा
शनिबार, १७ चैत, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउतले लगानी गरेको घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई ३–२ गोलले हराउँदै सांग्रीला अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।
जितसँगै सांग्रीलाले सोमबार हुने विभागीय टिम सशस्त्र प्रहरी बल र चर्च ब्वाइज युनाईटेडबीच हुने बिजेता टिमसँग खेल्नेछ ।
जितको लागि सांग्रीलाको तर्फबाट आशीष चापागाई, सुशिल राई र विदेशी खेलाडी स्याङले गोल गरे । आरटिएफसीको तर्फबाट सोरब दोर्जे दुई गोल फर्काए पनि त्यो पर्याप्त भएन ।
खेल सुरु भएको २६ औं मिनेटमा बिवेक पौडेलले प्रहार गरेको कर्नर बललाई आशिष चापागाइले हेडमार्फत आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । सांग्रीलाले अग्रता लिएको सात मिनेट बित्न नपाउँदै ३३ औं मिनेटमा सुशिल राईले हेडमार्फत उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । मौसम लिम्बुले मध्यभागबाट निकालिदिएको पास सुशिलले सदुपयोग गर्दै गोल गरे । घरेलु दर्शकको साथ पाएको सांग्रीलाले दोस्रो हाफको ५० औं मिनेटमा विदेशी खेलाडी स्याङले विजय गोल गरे । आरटिएफसीका गोल किपर डेन्डुप अगाडी बढेपछि विदेशी खेलाडी स्याङले बायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो । आरटिएफसीको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । लगातार पाएको सुन्दर अवसर आरटिएफसीका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिदा क्वाटरफाइनलबाट घर फर्किन बाध्य भयो । हारपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले पाएको अवसर चुकाउँदा नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताए ।
६५ औं र ७४ औ मिनेटमा आरटिएसफीका सोरब दोर्जेले दुई गोल फर्काए । केल्जाङ जिग्मेंले प्रहार सांग्रीलाको गोलकिपर विशाल सुनारले पन्च गरेको बल रिबाउन्ड भएर फर्किएपछि सोरब दोर्जेले गोल गरेका थिए । ७४ औं मिनेटमा आरटिएसफीका जिङग्माले निकालिएको पास सदुपयोग गर्दै सोरबले गोल गरी ३–२ गोलको स्थीतिमा ल्याएर टिमको हौसला बढाए ।
१३ औं मिनेटमा आरटिएफसीका जिङग्माले निकालिएको क्रस पासलाई केन्जुङको कडा प्रहार बाहिरियो । त्यसलगतै केल्जाङ जिग्मेंले डिबक्स भित्रबाट गरेको प्रहार सांग्रीलाको गोलकिपर विसाल सुनारले उत्कृष्ट बचाए । २४ औं मिनेटमा डिबक्स नजिकबाट किन्ले गेतसनको कडा प्रहरा बाहिरियो । सांग्रीलाका गोलकिपर बिसाल सुनारले प्रभावकारी भूमिका निभाए । उनले आधा दर्जन बढी आरटिएफीको पोस्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई अन्तिम चारको यात्रा गराए । जितपछि प्रतिक्रिया दिदै सांग्रीला फुटबल क्बलका प्रशिक्षक रानु राना मगरले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेको कारणले सेमिफाइनमा पुगेको बताए । ‘सेमिफाइनलमा अहिलेको सेटमा केही खेलाडी थप हुनेछ,’ उनले भने ।
सांग्रीलाको सुनिल खड्काले ६० औं मिनेटमा वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके । उनले डिबक्स भित्रबाट गरेको प्रहार डेन्डुपले बिफल पारिदिए । सुमन लिम्बुले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी स्याङले गोल गर्नबाट चुके । ७८ औं मिनेटमा केन्जुङको डिबक्स भित्रबाट गरेको कडा प्रहार गोल गर्न चुक्दा बराबारीमा ल्याउन सकेनन ।
खेलको प्लेयर अफ द म्याच सांग्रीलाको महेन्द्र कार्की घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । आइतबारको खेल एनआरटी फुटबल क्बल काठमाण्डौ र सिकिम डे«गान भारतबीच हुनेछ ।
एजवेन्सी, साउन १९-कोरोना भाइरसका कारण करिब ५ महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदै छन् । युरोपेली मुलुकहरूमा कोरोना भाइरसको महामारी तीव्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा...
विराटनगर, २३ असोज–सुनसरीको धरास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार इटहरी–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२...
विराटनगर र महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँ तह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना शुरु भएको छ। विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा आज भएको...
विराटनगर, ३ पुस । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगरले २०० जनालाई भिष्ठान्न भोजन गराएको छ । क्लबले ‘भोकालाई खाना देउ’ अभियान अन्तर्गत विराटनगरस्थित विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत २०० सय...
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एकै दिन ५९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । मंगलबार अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।...
विराटनगर । दुई जना पूर्वप्रहरी मिलरे विराटनगरमा लुटपाट धन्दा चलाउने गरेको पाइएको छ । लुटिएको रकमसहित घटनामा संलग्न दुई जना पुर्वप्रहरीलाई मोरङ प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । प्रहरीले लुटपाटमा संलग्न विराटनगर...
विराटनगर, २७ साउन–विराटनगर १४ को विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ । करिव ७ वर्षदेखि प्रयोग विहिन बन्दै आएको भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो । व्यवस्थापन...
काठमाडौं, माघ २९ । केही दिनदेखि पुनः कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि कोरिया सरकारले नेपाललगायत अरु देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायतका देशबाट श्रमिक...