विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज भएको खेलमा न्यूरोड टिम एनआरटी फुटबल क्लब काठमाण्डौंले सुरुवाती अग्रता कायम गरेको छ ।
विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट सुरु भएको रात्रीकालिन गोल्डकपको दोस्रो दिन विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई १–० गोलले पहिलो हाफमा एनआरटीले सुरुवाती अग्रता लिएको हो ।
एनआरटीका विदेशी खेलाडी रिचार्डले पहिलो हाफको २६ औं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाएका छन् । अफेजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारलले जाली चुमेको थियो ।
आर्मीले खेल सुरु भएको ६ मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका दिनेश हेमजङको कडा प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले उत्कृष्ट बचाए । आर्मीका कप्तान भरत खवासले १३ औं मिनेटमा ३० यार्डदेखिको कडा प्रहार पनि एनआरटीका किपर गच्छदारले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए । त्यसलगतै दिनेशले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन । १६ औं मिनेटमा एनआरटीका जय गुरुङले आर्मीका डिफेन्डरलाई क्रस गरेर पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्न चुेक ।
४० औ मिनेटमा जय गुरुङले निकालिदिएको वान भर्सेस वानको प्रहार एनआरटीका रिचार्डले गोल गने अवसर गुमाएका थिए । त्यसलगतै उनको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले डिफ्लेक्ट हुँदै बाहिरियो ।
बलको कर्नर प्रहारमा रिचार्डको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।